आजका समाचार : ‘कुलिङ पिरियड’मा चलखेल भएको विधेयक नै अलपत्र, सक्रिय हुन विद्या भण्डारीले खोलिन् कार्यालय र अमेरिकासँग नझुक्ने मोदीको अडान | Khabarhub Khabarhub

आजका समाचार : ‘कुलिङ पिरियड’मा चलखेल भएको विधेयक नै अलपत्र, सक्रिय हुन विद्या भण्डारीले खोलिन् कार्यालय र अमेरिकासँग नझुक्ने मोदीको अडान


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

‘कुलिङ पिरियड’मा चलखेल भएको विधेयक नै ‘कुलिङ’मा
 निजामती कर्मचारीका लागि ‘कुलिङ पिरियड’ (विश्राम अवधि) व्यवस्था गरी प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० यतिखेर माथिल्लो सदन राष्ट्रिय सभामा छ ।

सेवानिवृत्त कर्मचारी राजनीतिक नियुक्ति र दाताको जागिरमा कुदिहाल्ने प्रवृत्ति रोक्न प्रस्ताव गरिएको ‘कुलिङ पिरियड’मा छेडखानी गरेर प्रतिनिधि सभाबाट पास भएको विधेयकमाथि अहिले राष्ट्रिय सभाको विधायन समितिमा छलफल भइरहेको हो ।

राष्ट्रिय सभामा उक्त विधेयक गएको असार १८ गते टेबुल भएको थियो । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सङ्घीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए ।

सङ्घीय संसद्का प्रवक्ता एवम् सहसचिव एकराम गिरीले विधेयक अहिले विधायन समितिमा रहेको जानकारी दिए । ‘विधेयक अहिले राष्ट्रिय सभाबाट संशोधनसहित ‘कम्पायल’ भएर विधायन समितिमा गएको छ,’ उनले खबरहबसँग भने ।

रामहरि खतिवडालाई प्रचण्डले भने- पदमा बस्ने अधिकार छैन, राजीनामा दिनुस्

‘संविधानले तोकेको समयभित्रै कांग्रेस महाधिवेशन हुन्छ’

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिम्बुननको भेट

प्रधानमन्त्री ओलीलाई निम्तो दिन आउँदै भारतीय विदेश सचिव मिस्री

आयोगको राजनीतिक दल स्वःमूल्याङ्कन कार्यविधिमा एमाले पनि असहमत

एमाले शीर्ष नेताद्वारा महाधिवेशनस्थल अवलोकन

राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति विश्वप्रकाशको विमति

प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्

शिक्षा समितिको बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच चर्काचर्की

ओली र एमाले निर्णयलाई चुनौती दिने बौद्धिक परिषद्का यी १२ प्रश्न

प्रमुख सत्तारुढ नेकपा (एमाले) को गत साउन ५-६ गतेको केन्द्रीय कमिटीको निर्णयलाई चुनौती दिने गरी मत सर्वेक्षण थालिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहज बनाउन दुई कार्यकाल र ७० वर्षे प्रावधान हटाइसकेको अवस्थामा एमालेको जनवर्गीय संगठन नेपाल बौद्धिक परिषद्ले नयाँ बहस थालेको हो ।

आगामी भदौ २०-२२ मा ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको एजेन्डाका रुपमा यी विषयलाई लैजाने निर्णय भइसकेको अवस्थामा नेपाल बौद्धिक परिषद्ले केन्द्रीय कमिटीको निर्णयमाथि प्रश्न उठाउने गरि परिषद्ले सर्वेक्षणमार्फत् राय लिएको हो ।

साउन ५-६ को बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) लाई चुनौती दिँदै परिषद्ले ‘सर्वेक्षण’ थालिएको हो ।

एमालेभित्रै केन्द्रीय कमिटीको निर्णयलाई चुनौती, दुई कार्यकाल र ७० वर्षे रोक्ने निर्णयविरूद्ध नयाँ बहस

मदनले ०४८ को चुनाव प्रचारका लागि प्रयोग गरेकै घरमा विद्याले खोलिन् सम्पर्क कार्यालय

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

पाँच वर्षभित्र प्रत्येक नागरिकमा विपद् पूर्वसूचना प्रदान गरिनेछ : गृहमन्त्री 

एमाले महासचिव पोखरेलले किन उठाए मुख्य दलमा नेतृत्वको प्रसङ्ग ?

विद्या भण्डारीलाई रोक्दाको असर तलैसम्म, वडाध्यक्षले भने- भंगाल जाँदा पनि धम्की दिन थाले

रविलाई भेटेपछि बाबुरामले भने- जमानत दिएर थुनाबाहिर बसेर मुद्दा लड्न दिनुपर्छ
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराईले रवि लामिछानेलाई जमानत दिएर थुनाबाहिर बसेर मुद्दा लड्न दिनुपर्ने बताएका छन् । बिहीबार भैरहवा कारागारमा लामिछानेसँग भेट गरेर बाहिरिने क्रममा भट्टराईले जनताको प्रतिनिधि भएको व्यक्तिलाई बाहिर जमानतमा रहेर मुद्दा लड्न दिने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

सांसदलाई थुनामा राख्दा जनतालाई अन्याय हुने भएकाले कसैमाथि पनि राजनीतिक ढङ्गले अन्याय हुन नहुने उनको भनाइ छ ।उनले रवि लामिछानेलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको भन्दै कसैलाई पनि सूचनाबाट वञ्चित गर्न नहुने बताए ।भैरहवा कारागारमा लामिछानेलाई राखेको ठाउँ पनि आफूलाई उचित नलागेको उनले बताए ।

जलवायु वित्त परिचालनको कार्यविधिको मस्यौदा तयार

पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गा उपयोगबारे विवरण उपलब्ध गराउन निर्देशन

शिक्षक महासंघले भाद्रबाट फेरि आन्दोलन गर्ने

दशौं खेलकुदको मिति तोक्न खेलकुदमन्त्रीसँग मुख्यमन्त्री कँडेलको माग

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न नौ जनाले दिए आवेदन 

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस

गृह श्रमिकलाई कानुनी मान्यता दिने सरकारको तयारी

नेपाल सरकारले पहिलो पटक गृह श्रमिकलाई औपचारिक श्रमिकका रूपमा कानुनी मान्यता दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको निर्देशनमा मन्त्रालयले आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाएको हो । मन्त्री भण्डारीले हालसम्म अनौपचारिक क्षेत्रमा रहेका गृह श्रमिकलाई औपचारिक श्रम प्रणालीमा ल्याउनु अत्यावश्यक रहेको धारणा व्यक्त गर्दै, त्यसअनुसार कानुनी आधार तयार गर्न प्रक्रिया थालिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार यो प्रक्रिया अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धी १८९ अनुसार अगाडि बढाइएको हो। नेपाल यस अभिसन्धीका पक्षधर भएको हुनाले गृह श्रमिकलाई कानुनी रूपमा मान्यता दिने व्यवस्था गर्न कानुन तयारी भइरहेको छ ।

यद्यपि, श्रम ऐन २०७४ मा घरायसी श्रमिकसम्बन्धी विषय उल्लेख भए पनि समयसापेक्ष परिमार्जन आवश्यक ठहर गर्दै गृह श्रमिकको परिभाषा स्पष्ट गरी कानुनी रूपमा समेट्ने गरी ऐन संशोधन प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी

पर्सामा अनुदानको मलले माग पूरा गर्न मुस्किल

ठुला ठेक्का भदौभित्र लगाउन कर्णाली प्रदेश सरकारको निर्देशन

पर्वतमा एक वर्षमा ४५ किलोमिटर ग्रामीण सडक कालोपत्र

नीति अभावले करोडौँको काठ वनमै कुहिँदै

देशका प्रमुख राजमार्ग ११ ठाउँमा अवरुद्ध, १३१ स्थानमा एकतर्फी

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय गाभिएपछि म्याग्दीमा समस्या

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

ट्रम्पले धम्की दिँदै कर थोपरेपछि मोदीले अजित डोभाललाई पठाए रूस
अमेरिका र भारतबीच बढ्दो तनावबीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल मस्को पुगेका छन् । भारतविरुद्ध अमेरिकी कदमको रुसले कडा प्रतिवाद गरिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले डोभाललाई मस्को पठाएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी, भारतीय वस्तुमा चर्को कर र कडा टिप्पणीबीचमा डोभाल रूस भ्रमणमा गएका हुन् । उनको यो भ्रमण रणनीतिक र राजनीतिक दुवै हिसाबले चर्चामा छ ।

उनको यो भ्रमण डोनाल्ड ट्रम्पले रुसी तेल र हतियार खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरिरहेका बेला भएको हो ।

ट्रम्पले युक्रेन युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिइरहेका छन् । उता भारतलाई रुसबाट टाढिन पनि चेतावनी दिइरहेका छन् । यो अवस्थामा मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल मस्को जानु संयोगभन्दा बढी रणनीतिक जवाफका रुपमा व्याख्या गरिएको छ।

ट्रम्पका भन्सार शुल्क लागू हुँदा आर्थिक पीडा बढ्दै

भारतीय किसानको हितविपरीत सम्झौता गर्दिनँ, जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु : मोदी

भैंसीको शिकार गर्न पुगेका अमेरिकी करोडपतिको भैंसीले नै हानेर ज्यान गयो

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास

ट्रम्पसँग कुरा गरेर आफ्नै अपमान गर्दिनँ : लुला

म्यान्माका पूर्वराष्ट्रपति मिन्ट स्वेको निधन

























प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ८ : ०२ बजे

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा

सात वर्षपछि चीन जाँदै मोदी, एशियाका दुई शक्ति मिल्ने सम्भावना कति ?

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदैछन् । अमेरिकी

सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए

बाजुरा – बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली