आजका समाचार : भारतको पक्षमा उभियो नेपाल, फेरि जुट्दै राजावादी र रोकिएन भारत-पाकिस्तान तनाव | Khabarhub Khabarhub

आजका समाचार : भारतको पक्षमा उभियो नेपाल, फेरि जुट्दै राजावादी र रोकिएन भारत-पाकिस्तान तनाव


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

भारत–पाकिस्तान तनाव : नेपाल भारतको पक्षमा उभियो
भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा रहेको जनाएको छ ।

भातरको पहलगाममा गत २२ अप्रिलका दिन एक जना नेपाली नागरिकको समेत ज्यान जानेगरी भएको आतंककारी आक्रमणसँगै भारत र पाकिस्तानबीच जारी तनावप्रति सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ । यस दुःखद घडिमा नेपाल भारतको साथमा रहेको सरकारको भनाइ छ ।

नेपाल सबै किसिमका आतंकवादको विपक्षमा रहेको उल्लेख गर्दै सरकारले उक्त आक्रमणको पनि तत्काल र स्पष्टसँग निन्दा गरेको स्मरण गरेको छ । नेपाल सबै किसिमका आतंकवादविरुद्ध लड्न सदैव तत्पर रहेको पनि सरकारले जनाएको छ ।

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो

एमालेलाई राष्ट्रिय शक्ति बनाउन युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल

नेपालबाट भारत छिर्न लागेका चारजना चिनियाँ रक्सौल नाकामा पक्राउ

प्रधानमन्त्रीले भने- गोलघरको चिसो भुइँमा यातना दिँदा मेरो मिर्गौला फेल भयो

नेपाल प्रकोप-विपदका दृष्टिले उच्च जोखिममा छ : मन्त्री अधिकारी

रेशमबारे गृहमन्त्रीको जवाफ- अदालतको पत्रअनुसार पक्राउ गरिएको हो, पूर्वाग्रह राखिएको छैन
गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी पक्राउ प्रकरणमा सरकारले पूर्वाग्रह नराखेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यसअघि अदालतबाट भएको पत्राचारको कार्यान्वयन गरेझैँ उक्त दिन पनि पत्र पाप्त भएपछि चौधरीलाई पक्राउ गरिएको उनले बताए ।

‘यसअघि सम्मानित अदालतबाट हुनेगरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सही नियतले कानुन कार्यान्वयन गर्ने मनशायबाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको निवेदन गर्न चाहन्छु ।’

‘नीति तथा कार्यक्रम संशोधनीय दस्तावेज हो, सकारात्मक सुझाव समेटौँ’

नीति तथा कार्यक्रम राष्ट्रको समस्या समाधान गर्नेतर्फ देखिएन : अर्जुननरसिंह केसी

भारत-पाकिस्तान द्वन्द्वबारे सांसदले मागे सरकारको धारणा

क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्छौँ : मनिष झा

आशा गरेअनुसार नीति, कार्यक्रम आएन : सांसद परियार


कुष्ठरोग निवारणलाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा बिहीबार आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनुलाई सफलताको सूचकका रूपमा लिन सकिने भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म आफूहरू सन्तुष्ट नहुने बताए ।

सातौँ पटक म्याद थप्न रवीन्द्र मिश्रलाई लगियो अदालत

प्राप्त उपलब्धि जोगाउन सबै संवेदनशील हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

उत्पादन र उत्पादकत्व वृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न आग्रह 

 माओवादीकै पदाधिकारी विभाजित : देव गुरुङले भारतको विरोध गर्दा, समर्थनमा उभिए जनार्दन
नेपालका दुई छिमेकी मुलुकबीचको कलहका बाछिटा यहाँका राजनीतिक दलहरूमा पनि देखिन थालेको छ । जनस्तरमै भारत र पाकिस्तानको पक्षमा मत अभिव्यक्त गर्ने क्रम बढिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रमा दुई छिमेकीको विवादमा मत बाझेको हो ।

माओवादीभित्रै दुईजना पदाधिकारी एकजना भारतको पक्षमा उभिँदा अर्काले पाकिस्तानमाथि मंगलबार राति भएको हवाई आक्रमणको विरोध गरेका छ्न ।

भारतले पाकिस्तानका कम्तीमा ९ स्थानमा गरेको हवाई आक्रमणलाई लिएर माओवादीका पदाधिकारीबीच जनस्तरमै देखिने गरी मत बाझिएको हो ।

माओवादी महासचिव देवप्रसाद गुरुङले अहिले भारतले पाकिस्तानमाथि गरिरहेको आक्रम न्यायोचित मान्न नसकिने टिप्पणी गर्दा उपमहासचिव जनार्दनले गत अप्रिल २२ तारखिमा कश्मीरको पहलगाममा पाकिस्तानबाटै हमला गराइएको संकेत गरेका छन् ।

विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छ : वर्षमान 

राजावादीहरूको सामूहिक आन्दोलन घोषणा सभा

थाती रहेका ऐन, कानुन बनाउने बेला यही हो : एनपी साउद

बाल पोषणभत्ता बढाउन सरोकारवालाको माग 

उत्पादन र उत्पादकत्व वृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न आग्रह

नेपालबाट भारत छिर्न लागेका चारजना चिनियाँ रक्सौल नाकामा पक्राउ
पाकिस्तानमा मंगलबार राति भारतले आक्रमण गरेपछि नेपाल(भारत सीमाक्षेत्रमा सुरक्षा कडा बनाइएको छ ।

सुरक्षा निगरानीका क्रममा नेपालको वीरगञ्जसँगैको रक्सौल मैत्री पुलनजिक चारजना चिनियाँ पक्राउ परेका छन् । नेपालबाट रक्सौल सीमाको बाटो हुँदै अवैध रूपमा भारत प्रवेश गर्न खोजिरहेका चारजना चिनियाँ नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी) ले रक्सौल मैत्री पुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजना चिनियाँ नागरिकले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका एसएसबीले जनाएको छ । नीहरू हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषामा बोल्न जान्ने रहेको भारतीय सुरक्षा निकायले जनाएको छ।

भारतीय सुरक्षा निकायले ती चिनियाँहरूको सम्बन्ध पाकिस्तानसँग रहेको आरोप लगाएका छन् । उनीहरू पाकिस्तानमा रहेका एक व्यक्तिसँग कुराकानी गरिरहेको अवस्थामा भेटिएका दाबी एसएसबीको छ। 

बीपी स्मृति अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना 

फेरि जुट्न थाले चैत १५ मा धक्का व्यहोरेका राजावादी (तस्बिरहरू)

साढे दुई करोड अनलाइन ठगी आरोपमा सात जना पक्राउ

गण्डकीका १५ पुस्तकालयलाई सरकारको अनुदान

४० दिनदेखि सडकमै लघुवित्तपीडित (तस्बिरहरू)

कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने

भारत र पाकिस्तानको तनाव रोक्न ट्रम्प तयार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन्। बुधबार ओभल अफिसमा ट्रम्पले सो कुरा बताएका हुन्।

यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि दक्षिण एसियामा आएको यो संकटपूर्ण अवस्थाको समाधान गर्नका लागि दुवै पक्षसँग वार्ता भइरहेको जनाएका छन्।

पाकिस्तानकी चर्चित महिला शिक्षा अभियन्ता माला युु्फजाईले पनि युद्ध दुवै देशका लागि हानिकारक भएकाले शान्तिको प्रयास गर्नु जरुरी भएको प्रतिक्रिया दिएकी छिन्।

एक दिन अघि भारतले पाकिस्तानमा प्रहार गरेको हवाई आक्रमणमा ३१ जनाको ज्यान गएको छ। पाकिस्तानको पक्षबाट भएको गोला बारुद बाट पनि काश्मीरमा १५ जनाको ज्यान गइसकेको छ।

रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागू

फ्रान्सेली स्रोतको दाबी : पाकिस्तानले भारतको ‘कम्तीमा एउटा’ रफायल खसाल्यो

भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीको दाबी

‘अपरेसन सिन्दुर’ का दिन बिहारमा जन्मेकी शिशुको नाम राखियो सिन्दुरी

अपरेसन सिन्दुरपछि भारत पाकिस्तानबीच आणविक युद्ध होला ? ग्रह गोचर यसो भन्छन्

पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी

अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

१५ शहरलाई लक्षित गरी पाकिस्तानले हानेका ड्रोन र क्षेप्यास्त्र निस्तेज, लाहोरको हवाई रक्षा प्रणाली पनि ध्वस्त : भारतीय रक्षा मन्त्रालय

भारतले इजरायली ड्रोन हान्यो : पाकिस्तानी सेना

कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ

पाकिस्तानमाथि आक्रमणको कथावस्तुमा सिनेमा बनाउन ‘अपरेशन सिन्दुर’ ट्रेडमार्क लिने होड

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

गाजामा नरसंहार अन्त्य गर्न राष्ट्रसङ्घीय विज्ञहरूको आह्वान
























प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ७ : ४० बजे

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

काठमाडौं – गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ

भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, अधिकांश सीमावर्ती क्षेत्रमा ‘ब्ल्याक आउट’

नयाँदिल्ली – पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार राति ड्रोन र

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर

लुम्बिनी – राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व

पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण

काठमाडौं – पाकिस्तानले भारतको जम्मू र पठानकोटमा ड्रोन आक्रमण गरेको

लेबनानको नबातियामा इजरायली हवाई आक्रमणः एक जनाको मृत्यु, आठ घाइते

बेइरुत – लेबनानको दक्षिणी शहर नबातियामा बिहीबार इजरायली हवाई आक्रमणमा