आजका समाचार : २५ दिनमै ढल्यो मधेश सरकार, सरकारका कमजोरी देखाइदिन व्यवसायीलाई गृहमन्त्रीको आग्रह र अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता असफल | Khabarhub Khabarhub

आजका समाचार : २५ दिनमै ढल्यो मधेश सरकार, सरकारका कमजोरी देखाइदिन व्यवसायीलाई गृहमन्त्रीको आग्रह र अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता असफल


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

जेन-जी आन्दोलनले सुशासनको लक्ष्मण रेखा कोरेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनले देशमा सुशासनको लक्ष्मण रेखा कोरेको बताएकी छन् । शुक्रबार उद्योग तथा वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

कार्यक्रममा उनले उद्योगीव्यवसायीको समस्या सम्बोधनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताइन् ।

‘यो आन्दोलन आर्थिक, सामाजिक, राजनैतिक सबै क्षेत्रको सुधारका लागि भएको थियो । कानुनको शासन र आम सर्वसाधारण तथा व्यवसायीको सुरक्षाका लागि सरकारले कुनै कमजोरी गर्दैन, आन्दोलनपछि उच्छृङ्खल समुहले इमानदार व्यवसायीलाई प्रताडित बनाए त्यो सरकारलाई स्वीकार्य छैन् । यि चुनौती सामना गर्न सरकारले प्रष्ट योजना बनाएको छ,’ उनले भनिन् ।

राजनैतिक आवरणमा भएका लुट र व्यवसायीमाथि सिर्जना गराइएका गलत भाष्य चिर्न सरकारले प्रयास गर्ने उनले बताइन् । उद्योगीको मनोबल नउठेसम्म देशको अर्थव्यवस्था पनि नउठ्ने हुँदा तत्काल समाधान खोज्ने उनले बताइन् ।

व्यवसायीलाई गृहमन्त्रीले भने- अहिले मन्त्रीलाई रिझ्याउन आवश्यक छैन 

विद्युत प्राधिकरणको स्पष्टीकरण- विद्युत आयात सम्झौताबारे भ्रामक प्रचारमा नपर्नुहोस्

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ : अध्यक्ष ढकाल

३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । केही समयअघि उनले सभामुख रामचन्द्र मण्डल समक्ष राजीनामा बुझाएका हुन् ।

आज प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको थियो । यसका लागि आज प्रदेशसभा बैठक पनि डाकिएको थियो ।

यद्यपि विश्वासको मत नपाउने देखिएपछि उनी प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।

प्रत्यक्ष निर्वाचित कार्यकारीले स्थायित्व दिन्छ भन्नु भ्रममात्रै : लीलामणि पौडेल 

‘नेताहरू खराब र भ्रष्ट भए भनेर मात्रै हुँदैन, चुनावबाट बिदा गर्न सक्नुपर्छ’ 

राजावादीको प्रदर्शन, गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नारा

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

मधेशका प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा दले कालो मोसो

मधेशका एक जना प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा कालो मोसो दलेका छन् । प्रदेशसभाको बैठक चलिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला उनले मोसो दलेका हुन् ।

उनले दल र नेताहरु अनैतिक बन्दै गएको भन्दै आलोचना समेत गरे ।

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ

गुठीचौरद्वारा एक वर्षमा ३३ लाख राजस्व संकलन

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति
मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि ८०१ रोपनी जग्गा प्राप्त भएको छ । शीतोष्ण फलफूल तथा स्याउको उत्पादन दीर्घकालसम्म सुनिश्चित राख्ने उद्देश्यले सेटलाइट कृषि फार्मको अवधारणा अघि सारिएको हो । जग्गा प्राप्तिसँगै सेटलाइट कृषि फार्मको गुरुयोजना अघि बढाउन बाटो खुलेको छ ।

सरकारी जग्गा दर्ता, उपयोग तथा भाडामा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति–२०७९ मा भएको व्यवस्थाअनुरूपका मुस्ताङको घमीमा सेटलाइट फार्म स्थापनाका लागि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा जग्गा प्राप्ति भएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।

केन्द्रले सेटलाइट फार्म स्थापनाका लागि सरोकारवाला निकायसँग दुई वर्षअघि प्रक्रिया अघि बढाएकोमा शुक्रबार मात्रै केन्द्रको नाममा जग्गा प्राप्ति प्रक्रिया टुङ्गिएको केन्द्र प्रमुख आत्रेयले बताए।

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल
अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति वार्ता पुनः असफल भएको पुष्टि गर्दै इस्लामाबादको ‘गैरजिम्मेवारपूर्ण र असहयोगी व्यवहार’ लाई मुख्य कारण ठहर गरेको छ ।

काबुलले वार्ता असफल भएपछि दुवै देशबीच पुनः हिंसा भड्किने डर व्यक्त गरेको छ । दक्षिण एसियाली छिमेकी दुवै मुलुकबीच गत अक्टोबर १९ मा कतारमा युद्धविरामका लागि प्रारम्भिक सहमति भएको थियो । उक्त समझदारीलाई अन्तिम रूप दिन दुई देशका प्रतिनिधिहरूले बिहीबार टर्कीमा भेट गरेका थिए । तर लामो समयदेखि सुरक्षा विषयमा मात्र केन्द्रित रहँदै आएको वार्ताको ठोस विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।

‘वार्ताका क्रममा पाकिस्तानी प्रतिनिधिहरूले आफ्नो सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि थोपर्ने प्रयास गरेका थिए, तर न त आफ्नै सुरक्षा सुनिश्चित गर्न चाहेका थिए, न त अफगान सुरक्षाबारे कुनै स्पष्ट दृष्टिकोण दिएका थिए’, तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत लेख्दै भने, ‘पाकिस्तानी टोलीको गैरजिम्मेवार र असहयोगी मनोवृत्तिका कारण वार्ता कुनै परिणाममा पुग्न सकेन ।’

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

भगवान बुद्धका पवित्र अवशेष भुटानको यात्रामा

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

पाकिस्तानमा अफगान नागरिकको तिव्र पक्राउ जारी

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु























प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : ०९ बजे

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।