आजका समाचार : देशभर गाईजात्रा, ओली, देउवा र दाहालले सन्न्यास लिनुपर्ने गगनको भनाइ, एकता गर्न नेता फकाउँदै नारायणकाजी र वरिष्ठ चिनियाँ कूटनीतिज्ञ लिउ जियानचाओ हिरासतमा | Khabarhub Khabarhub

आजका समाचार : देशभर गाईजात्रा, ओली, देउवा र दाहालले सन्न्यास लिनुपर्ने गगनको भनाइ, एकता गर्न नेता फकाउँदै नारायणकाजी र वरिष्ठ चिनियाँ कूटनीतिज्ञ लिउ जियानचाओ हिरासतमा


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

केपी, शेरबहादुर र प्रचण्डले राजनीतिबाट सन्न्यास लिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजका दिनमा तीन ठूला दलका प्रमुख नेताहरूले सन्न्यास लिए आफू सबैभन्दा बढी खुसी हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘युवासँग जनप्रतिनिधि, युवा र गगन’ नामक कार्यक्रममा बोल्दै महामन्त्री थापाले तीन नेताले राजनीतिबाट सन्न्यास लिनुपर्ने बताएका हुन् ।

‘म के कुरामा सहमत छु भने नेपालको राजनीतिक दलका नेतृत्वसँगको यति ठूलो वितृष्णा छ, त्यो वितृष्णाले गर्दा आमरूपमा दलसँगै सबै मानिसलाई रिस उठेको छ,’ थापाले कार्यक्रममा भने, ‘खासगरी युवाहरूलाई बढी रिस उठेको छ।’

उनले अहिले चलिरहेको गाईजात्रा कार्यक्रमको प्रसंग झिक्दै ‘नेपालमा तीनटा नेताहरूको कार्यालय बन्द गर्‍यो भने अहिलेको समस्याको समाधान हुन्छ’ भनेर व्यंग्य गरेको सुनेको पनि बताए ।

मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

भौतिक मन्त्रालयद्वारा रुग्ण ठेक्का व्यवस्थापनबारे छलफल

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ : सभापति देउवा

भूमि विधेयकका संशोधित दफा अध्ययन गर्न सांसदलाई दुई दिनको समय

भूमिसम्बन्धी विधेयकको प्रतिवेदन समितिमा पेस

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्नेछ : प्रधानमन्त्री 

नारायणकाजीले एकताको कुरा झिकेपछि झलनाथले भने : दुई दलमात्रै होइन, सबै कम्युनिस्ट मिल्नुपर्छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको कलहबीच सम्मानित नेता झलनाथ खनालसँग नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइतबार भेटवार्ता गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका थिए । शनिबार मात्रै सम्मानित नेता खनाल र अध्यक्ष नेपालबीच पछिल्लो समय देखि‌एको विवादबारे आलोकनगरमा वार्ता भएको थियो ।

दुई नेताबीच पार्टीमै संकट ल्याउने गरि संघर्ष चलिरहँदा पछिल्लो समय वाम एकता गर्न खोजिरहेका श्रेष्ठले डल्लुस्थित निवासमा पुगेर खनालसँग लामो संवाद गरेका हुन् ।

भेटवार्ताका क्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको विग्रहबारे र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बाउने उपायबारे कुराकानी भएको सम्मानित नेता खनालको सचिवालयले जनाएको छ।

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

प्रचण्डले भने- सरकारमा जाने विषय प्राथमिकतामा छैन

निर्धारित समयमै रङ्गशाला निर्माण हुनुपर्छ : प्रचण्ड

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : उपमहासचिव ज्ञवाली

शिक्षा विधेयकले बढ्दो विवाद : सरकारी शिक्षकपछि निजी विद्यालय सञ्चालक पनि आन्दोलनमा उत्रिने 

रुपन्देही ३ मा उपनिर्वाचन : सबै आकांक्षीसँग रास्वपाले गर्‍यो छलफल, यसरी छानिनेछ उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीसँग आइतबारदेखि छलफल थालेको छ।

रास्वपाले आइतबार केन्द्रीय कार्यालय बनस्थलीमा उम्मेदवारका आकांक्षीसँग छलफल थालेको हो । आइबार ‘घण्टी घर’ मा आकांक्षीहरूसँग छलफल थालेको रास्वपाले अब त्यही आधारमा अन्तिम सूची निकाल्ने भएको छ । यो छलफलपछि रास्वपाले उम्मेदवारको अन्तिम सूची प्रकाशन तयारी गरेको छ ।

रास्वपाका सह-महामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यको उपस्थितिमा ती आकांक्षीसँग आइतबार घण्टीघरमा छलफल भएको हो । छलफलमा केन्द्रीय कोषाध्यक्ष लीमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक पनि सहभागी थिए ।

२०७९ को निर्वाचनमा विजयी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको अवस्थामा कात्तिक १७ गतेका लागि उपनिर्वाचन मिति तोकिएको हो ।

इजरायल-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने राजदूत आरीबासको प्रतिबद्धता

शैलुङमा फस्टाउँदो होटल व्यवसाय (तस्बिरहरू)

आर्यघाटमा जलिरहेको शवबाट हड्डी र मासुको भाग बिक्री, अघोरीहरूसँग मिलेमतोको आशंका

जनकपुरमा रेल र कार ठोक्किए

कैलाली कारागारमा तीन दिनपछि पसे सुरक्षाकर्मी, कैदीबन्दीको गणना गरिँदै

कैलाली कारागारस्थित कैदीबन्दी रहेको स्थानमा तीन दिनपछि सुरक्षाकर्मी प्रवेश गरेका छन् ।

शुक्रबार राति एकजनाको ज्यान जाने गरि भएको झडपपछि अवस्था शान्त नहुँदा सुरक्षाकर्मी पस्न सकेका थिएनन् । तीन दिनसम्म कैदीबन्दीको कब्जामा रहेको कारागारमा आइतबार बल्ल नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पसेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियार लिएर कारागारभित्र छिरेका छन्। उनीहरूका साथमा राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि छ ।

शुक्रबार राति भएकव हिंसात्मक झडपका क्रममा शुक्रबार राति एकजनाको ज्यान जाँदा अरू ४९ जना घाइते भएका थिए ।

रौतहटबाट पाँच करोड ७४ लाख बराबरको सामान बरामद

सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्यायो ‘गुनासो व्यवस्थापन केन्द्र’

रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ

कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित

वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति

कामपाद्वारा पानीको जारको अनुगमन, एक हप्तामै २७१ जार नष्ट

भक्तपुरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू)

भक्तपुरको नेवार समुदायले हर्षोल्लासपूर्वक गाईजात्रा मनाएको छ।

हरिया बाँसका चार टुक्रालाई आयातकार आकार दिई कपडाले बाँधेर त्यसमा गाई र मृत सदस्यको तस्बिर राखी छाता ओढाएर तहामचा निकालिने गरिन्छ ।

तहामचालाई नगर परिक्रमा गराउने क्रममा घिन्ताङघिसी नाच देखाउने गरिन्छ । घिन्ताङघिसी नाच गाईजात्रा पर्वको मुख्य आकर्षण हो। बालबालिकादेखि वृद्धसम्म आपसमा लट्ठी ठोकाएर घिन्ताङघिसी नाचमा रमाउने गर्दछन् ।

भक्तपुर नगर क्षेत्रमा गाईजात्रा अवलोकन गर्न दर्शकको उल्लेख्य भीड लाग्ने गर्दछ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको गाईजात्रा (तस्बिरहरू)

वसन्तपुरमा यसरी मनाइयो गाइजात्रा (तस्बिरहरू)

कीर्तिपुरमा सागल र कुतुसाले निकालेको सापारु (तस्बिरहरू)

काठमाडौं उपत्यकामा गाईजात्राको राैनक (तस्बिरहरू)

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

वरिष्ठ चिनियाँ कूटनीतिज्ञ लिउ जियानचाओ हिरासतमा

भावी विदेशमन्त्रीका लागि दावेदार मानिएका एक वरिष्ठ चिनियाँ कूटनीतिज्ञ पक्राउ परेका छन् । सत्तारूढ कम्युनिस्ट पार्टीअन्तर्गतको विभागका प्रमुख लिउ जियानचाओलाई अधिकारीहरूले सोधपुछका लागि हिरासतमा लिएको वाल स्ट्रिट जर्नलले आइतबार रिपोर्ट गरेको छ ।

उनलाई जुलाईको अन्त्यमा विदेशको कार्य भ्रमणबाट बेइजिङ फर्केपछि ‘लगिएको’, यस मामिलासँग परिचित व्यक्तिहरूका अनुसार रिपोर्टमा उल्लेख छ ।

उनको हिरासतको कारण निर्धारण गर्न नसकिएको रिपोर्टमा जनाइएको छ । चिनियाँ विदेश मन्त्रालयले उक्त रिपोर्टको पुष्टि गर्न एएफपीले गरेको अनुरोधको तुरून्त जवाफ दिएको छैन ।

एकसठ्ठी वर्षीय लिउले यसअघि फिलिपिन्स र इन्डोनेसियाका लागि राजदूत र विदेश मन्त्रालयका प्रवक्तासहित प्रमुख कूटनीतिक भूमिकामा काम गरिसकेका छन् ।

पाकिस्तानका ६ लडाकु विमान खसालेको भारतको दाबी

भारतीय सेनाको अर्को दाबी, अपरेशन सिन्दूर’मा ५ पाकिस्तानी लडाकु जहाज खसाल्यौँ

ट्रम्पको प्रस्तावबारे जेलेन्स्कीको अडान- युक्रेनी भूमि रूसलाई दिने सर्तमा युद्धविराम सम्भव छैन

गाजा कब्जा गर्ने इजरायली निर्णयपछि बस्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक

इजरालयद्वारा ‘प्यालेस्टिनी पेले’को हत्या, मोहम्मद सालाहले उठाए युईएफएमाथि गम्भीर प्रश्न

बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि रुसमाथि थप ‘दबाब’ दिन युरोपेली नेताहरूको आग्रह

गाजा कब्जा योजनाविरुद्ध इजरायलमा व्यापक प्रदर्शन

अमेरिका र मेक्सिको विवाद, सियनबोम भन्छिन्- विदेशी सेना स्वीकार्य छैन

यौन अपराधमा दोषी देखिएपछि अष्ट्रेलियाका एक सांसदले दिए राजिनामा

युक्रेन वार्ताअघि बेलायत र अमेरिकी उच्च अधिकारीको छलफल

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ११ बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका