साप्ताहिक अर्थसंक्षेप : आयो मौद्रिक नीति, डुब्दै खराब कर्जा लुकाएका बैंक, अर्थतन्त्र ४ खर्बले बढ्यो र रसुवागढीमा बाढीले अर्बौँको क्षति | Khabarhub Khabarhub

साप्ताहिक अर्थसंक्षेप : आयो मौद्रिक नीति, डुब्दै खराब कर्जा लुकाएका बैंक, अर्थतन्त्र ४ खर्बले बढ्यो र रसुवागढीमा बाढीले अर्बौँको क्षति


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

यस्तो छ आगामी मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले घरजग्गा र शेयर कारोबारमा केही लचक प्रावधान अपनाउँदै नयाँ मौद्रिक नीति जारी गरेका हुन्‌ ।

मौद्रिक नीतिको विशेषता : शेयर कारोबारीदेखि घरकर्जा लिनेसम्मलाई राहत

एकल शेयर खरिद कर्जाको सीमा २५ करोड पुग्यो

दुई विज्ञलाई प्रश्न : मौद्रिक नीति कस्तो आयो ?

सम्पत्ति शुद्धीकरण मामिलामा खैरो सूचीबाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने

लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने

अब विदेश जाँदा तीन हजार अमेरिकी डलर साट्न पाइने

ब्याजदरका दुवै करिडोर घट्यो, विज्ञ भन्छन्- अब ब्याजदर घट्छ

घर कर्जाको सीमा बढ्यो, घर कर्जा अनुपात ८० प्रतिशत

आर्थिक वर्षभर अर्थमन्त्री पौडेलले के गरे ? यस्तो छ २३ दाबी

वर्तमान सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत असार ३१ गते चौथोपटक मुलुकको ढुकुटीको तालाचाबी जिम्मा लिए ।

आठौँपटक मन्त्री भएर सत्तालाभ लिइरहेका पौडेलले पछिल्लो कार्यकाल चालु आर्थिक वर्ष सुरु हुनुभन्दा ठीक एक दिन अघि थालेका थिए ।

यसबीच मन्त्री पौडेलले अर्थमन्त्रीको हैसियतमा पूर्ववर्ती सरकारले ल्याएको बजेट आकार संशोधन गरे । आगामी आर्थिक वर्षका लागि बजेट ल्याए । पूर्वसहमति बमोजिम सत्ता गठबन्धन टिकिरहे अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट पनि अन्त्यसम्म नै कार्यान्वयन गर्नेछन्‌ ।

चालु आर्थिक वर्षको बजेटको आकार फेर्ने र नयाँ बजेट ल्याउने बाहेक मन्त्री पौडेलले के गरे त ? आफैँले संशोधन गरेको बजेट कार्यान्वयनमा पनि उल्लेख्य उपलब्धि नभेटेका अर्थमन्त्री पौडेलले आर्थिक वर्षभर गरेको काम भन्दै २३ बुँदे फेहरिस्त प्रस्तुत गरेका छन्‌ ।

विद्युत् खपत बढाउन ईभीको करलाई स्थिर राखेका हौँ : अर्थमन्त्री पौडेल

सुदूरपश्चिममा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

कर्णालीमा ६४.८२ प्रतिशत बजेट खर्च

खराब कर्जा लुकाएका केही बैङ्क डुब्दैछन् ?

संसदको अर्थ समिति बैठकमा बुधबार राष्ट्रिय योजना आयोगका पूर्व–उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपाल राष्ट्र बैङ्कका पूर्व–कार्यकारी निर्देशक नरबहादुर थापाले तयारी सहितको विशेष प्रस्तुती राखे ।

प्रस्तुती क्रममा नेपाल राष्ट्र बैङ्कका पूर्व–कार्यकारी निर्देशक थापाले बैङ्कहरूले वास्तविक खराब कर्जा लुकाएको बताए । साथै, अहिले बैङ्कहरूले देखाएको भन्दा धेरै खराब कर्जा बैङ्कहरूमा रहेको उनको प्रस्तुतीमा उल्लेख थियो ।

थापाले खराब कर्जा बढी भएका कारण नै तरलता हुँदाहुँदै पनि बैङ्कले लगानी गर्न नसकेको बताए । उनले वीन्डो ड्रेसिङ गरेर खराब कर्जा लुकाइएकाले अहिले देखाइएको विवरण झुठ भएको समेत तर्क गरे ।

‘बैङ्कको पुँजीकोष नै पुगेन, बाहिर पाँच प्रतिशत एनपीएल (निष्क्रिय कर्जा) देखाइएको छ, तर वीन्डो ड्रेसिङबाट यो लुकाइएको हो, देखाइएको एनपीएलको विवरण फेक (नक्कली) हो’, थापाले समितिको बैठकमा भने, ‘राष्ट्र बैङ्कलाई १४/१५ प्रतिशत जति एनपीएल रहेको थाहा छ, त्यहीकारण बैङ्कहरूले अधिक तरलता हुँदाहुँदै कर्जा दिन सकिरहेका छैनन् ।

लिलामी प्रक्रियामा स्थानीय तहले सहयोग गरेनन् : बैंक तथा वित्तीय संस्था

‘नयाँ स्टक एक्सचेन्ज जनता ठग्ने तरिका, अहिलेकै धितोपत्र बोर्ड सुधारौँ’

कुकुरले खाने नेपाली छुर्पीले पिट्दैछ अमेरिकी बजार

नेपाली समाजमा छुर्पी भन्नासाथ चौँरी गाईको दुधबाट बनाएको मानिसले खाने दुग्धपरिकार ठानिन्छ । पहाडी र हिमाली भेगमा पुग्दा आफन्त वा साथीभाइलाई छुर्पी सौगात ल्याइदिने गरिएको छ ।

स्वदेशकै मौलिक उत्पादन भएकाले पनि छुर्पी नेपालीको स्वादमा गढेको छ । तर, अब नेपालको मौलिक छुर्पी नेपालमा मात्र होइन, विश्व बजारमा समेत पुग्न थालेको छ ।

तर, नेपालबाट निर्यात हुने छुर्पी विदेशीले अक्सर खाँदैनन् । बरु जनावरको पोषक खाद्यान्नका रूपमा प्रयोग गर्छन् । नेपाली छुर्पीले विदेशमा जनावरको खानाको परिचय बनाएको छ । नेपालबाट निर्यात हुने अधिकांश छुर्पी मुख्यतः कुकुरलाई खुवाउन प्रयोग हुने गर्छ ।

नेपालीले मौलिक तरिकाले बनाउँदै गरेको छुर्पीले पछिल्ला वर्षमा अमेरिका, क्यानडा र जापान जस्ता देशहरूमा बजार पाइरहेको छ । पछिल्लो समय छुर्पी निर्यात पनि ह्वात्तै बढेको छ ।

मुलुकको अर्थतन्त्र चालु वर्षमा ४ खर्बले बढ्यो, पुग्यो ६१ खर्ब

असार २४ गतेसम्म सरकारलाई साढे तीन खर्ब घाटा

चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकार झण्डै साढे तीन खर्ब घाटामा पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २४ गते साँझसम्म सरकारको आम्दानीभन्दा खर्च तीन खर्ब ४६ अर्ब ७० करोड ४९ लाख रुपैयाँले बढी भएको हो ।

असार २४ गतेसम्म सरकारले ऋण बाहेक ११ खर्ब १९ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ भने १४ खर्ब ६६ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको सुरुवाती बजेटमार्फत चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा असार २४ गतेसम्म जम्मा ७६.१ प्रतिशत मात्रै आम्दानी गर्न सफल भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो व्यापार (तस्बिरहरू)

धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन

१ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्राको सञ्चिति २६ खर्ब नजिक

चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म नेपालमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा १५.५ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४४३ अर्ब १० करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४,५२,३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,०८,०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,२१,३५६ र २,६१,२१० रहेको थियो ।

केरा गाउँ ‘बाँस्टारी’ : कृषक भन्छन्- आम्दानी राम्रो हुँदैछ

विदेशी मुद्राको सञ्चिति २६ खर्ब नजिक

रेमिट्यान्सको आप्रवाहमा भएको वृद्धिसँगै जेठ मसान्तसम्म कुल विदेशी मुद्राको सञ्चितिमा पनि वृद्धि भएको छ । राष्ट्र बैंककाअनुसार समीक्षा अवधिसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी विनिमय सञ्चितिमा २५.९ प्रतिशतले वृद्धि भएर २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको हो ।

मुद्रास्फिति ५ प्रतिशतमा राखिने : मौद्रिक नीति

रसुवागढीमा २५ वटा कन्टेनर बगे, सयौँ व्यवसायीको अर्बौँको क्षति

रसुवागढी नाकामा आएको बाढीका कारण सयौँ व्यवसायीको अर्बौँ मूल्य बराबरको सामग्रीमा क्षति पुगेको छ । बाढीले ईभी बाहेक तीन दर्जन धेरै सवारी साधन बगाउँदा ठूलो क्षति भएको व्यवसायीले बताएका छन् ।

नेपाल ट्रान्स हिमालय बोर्डर कमर्स एसोसिएसनका अध्यक्ष रामहरि कार्कीले पछिल्लो जानकारीअनुसार २५ वटा कन्टेनर र ईभी बाहेक अन्य १० वटा मालवाहक सवारी साधन बाढीले बगाएको बताए । ‘सबै सामग्री ल्याएका भन्सार जाँचपास भएका सवारी साधन थिए, अहिले १२ वटा भन्सार यार्डमा पनि छन्’, अध्यक्ष कार्कीले भने ।

बाढी आएपछि २० जना जति सवारी साधनमा काम गर्ने ड्राइभर लगायतका कर्मचारी पारीपट्टी रहेको उनले बताए । अहिले भन्सार यार्डमा रहेका सवारी साधन पनि बग्ने वा नबग्ने एकिनका साथ भन्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

रसुवा प्रशासन भन्छ- चीनसँगको सम्पर्क टुट्यो, तीन प्रहरीसहित १८ को अवस्था पत्ता लाग्न सकेन

खल्बलिँदै बजेट चक्र, धरापमा आवधिक लक्ष्य

सामान्य आर्थिक हैसियतको निम्नमध्यमवर्गीय एउटा परिवारले दैनिक, मासिक र वार्षिक आय–व्ययको मोटामोटी आकलन पहिले नै गरेको हुन्छ ।

घरमुलीको आयमै निर्भर हुने त्यस्तो परिवारले गर्ने आम्दानी र खर्चको आकलन मोटामोटी मिल्छ पनि ! आउने र जाने धनको हिसाबमा गोलमाल हुँदा त्यस्तो परिवारको आर्थिक र्‍याङठ्याङ नै बिग्रन्छ ।

परिवार र समाजपछिको वृहत्तर इकाइ मानिने राज्यका हकमा वार्षिक बजेट नै आय–व्ययको अनुमान हो । हजारौँ कर्मचारी, सयौँ अर्थशास्त्री र विशेषज्ञ, नेतागण र प्रमाणपत्रधारी कार्यकर्ता सल्लाहकारले घेरिएको सरकारले ल्याउने बजेट सटिक नै हुनुपर्ने हो । कम्तिमा बजेट आकारका हकमा भए पनि ! किनकि बजेट आकार नै सरकारका लक्ष्य र नागरिक आकाङ्क्षा पूरा गर्ने स्रोत हुन् ।

जतिसुकै ठूलो आकारको बजेट ल्याए पनि सरकारले वर्षेनी ८० प्रतिशत हाराहारीमात्र खर्च गर्न सकेको देखिन्छ । अझ विकासका लागि महत्वपूर्ण मानिने पुँजीगत बजेट खर्चमा त बित्याँस नै पार्ने गरेको छ ।

औषतमा हेर्दा पछिल्ला वर्षमा पुँजीगत विनियोजन ६० प्रतिशत हाराहारीमात्र खर्चन सकेको छ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा ७६.४९ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ भएको तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजनमध्ये असार २१ सम्म ४७.७६ प्रतिशत (एक खर्ब ६८ अर्ब तीन करोड ५८ लाख रुपैयाँ) मात्र खर्चिएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ०३ बजे

धरान पुगेर मेयर हर्कले भने- ‘भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएँ’

काठमाडौं – धरान उपमहानगरका मेयर हर्क साम्पाङले देशको नेतृत्वको जिम्मेवारी

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा