हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चरमन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट गरे ।
सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको मितिमा व्यापक जनसहभागितासहित स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गबाट निर्वाचन गराउने हो भन्दै उनले निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलगायत सम्बद्ध पक्षसँग अनुरोध गरे ।
विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल
जेन-जी आन्दोलनका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्छौँ : जगदिश खरेल
उपचारपछि शीतल निवास फर्किए राष्ट्रपति पौडेल
इजरायल पुगेको सम्झिँदै एनपी साउदले भने- विपिन सुरक्षित फर्किने आशा अझै जीवित छ
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
गगनको सन्देश : देउवा, ओली र दाहाललाई बिदा गरौँ, तपाईंहरू अब ‘नो मोर’ भनौँ
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेताहरुलाई विदाई गर्न आह्वान गरेका छन् । उनले सम्वादको नयाँ वातावरण बनाउनपनि अपिल गरेका छन् ।
आइतबार एक भिडिओ सन्देश जारी गर्दै उनले अब शीर्ष नेतालाई बिदा गर्नै पर्ने बताएका हुन् ।

नेपाली राजनीतिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १० वर्षयता सत्ताको म्युजिकल चेयर चलिरहेको बताउँदै उनले उनीहरूलाई बिदा गर्नै पर्ने मत राखेका हुन् ।
थापाले २०८२ भदौ २५ गतेपछि र भदौ २२ गतेअघिको नेपाल एउटै नरहेको पनि टिप्पणी गरेका छन् । सभापति देउवालाई यत्रो पर्दा संवेदना नराखेको भनेर पार्टीकै साथीहरूले कुरा उठाएकोमा उनले त्यस्तो नगरेको बताए ।
देश बचाउन जनता जाग्नुपर्छः अध्यक्ष केसी
आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्छ : अध्यक्ष यादव
ओली अल्पमतमा परेपछि लालबाबुको व्यङ्ग्य- संकटको बेला परिवार एक हुनुपर्छ
ललितपुर र काठमाडौँ प्रहरीमा बालेन्द्र-सुधनविरुद्ध नेविसंघले दियो उजुरी
हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह
प्रचण्डको सचिवालयको चुनौती- निवासबाट ट्रकमा दुई करोड रुपैयाँ लगेको पुष्टि गर्नू
क्षतिग्रस्त पुलबाट जोखिम मोलेरै यात्रा गर्न बाध्य इलामवासी
मेची राजमार्गको विकल्पमा इलाम–तिल्केनी–बञ्जवेदी–नामसालिङ–नयाँबजार हुँदै फिक्कल निस्कने सडकखण्ड प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
प्रशासनले आइतबार सूचना जारी गर्दै अस्थायी रूपमा उक्त खण्ड प्रयोग गर्न सकिने जनाएको हो ।

भू–संरचनागत जोखिमका कारण माइखोलास्थित राजदुवाली खण्ड भने तत्कालका लागि सुचारु गर्न सक्ने अवस्था नरहेको सूचनामा उल्लेख गरिएको छ ।
इलाम नगरपालिकाका स्थानीय निरज खडेगीका अनुसार दशैं मनाउन आएका यात्रुहरूसमेत अलपत्र परेका कारण हाललाई क्षतिग्रस्त पुल फिलिङ गरेर साना सवारी मात्रै सुचारु गर्न सकिएको हो ।
‘इलाम नगरपालिकाको ८ नम्बर वाडको तिल्लेनी हुँदै माइखोला बञ्जदेवीको आंशिक क्षतिग्रस्त ढलान पुलको पिल्लरमा फिलिङ गरेर अड्किएका साना सवारी सुचारु गर्ने हो, यो खण्डबाट सूर्योदय नगरपालिका फिदिम मेची राजमार्ग जोडिन्छ,’ उनले बताए ।
ललितपुर महानगरले बनाउने भयो साइकल गुडाउने आकाशे पुल
बाढीले महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट
पोखरामा यसवर्ष धानको उत्पादन बढ्ने
भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले महरालाई भेपमा सुन लुकाएर ल्याएको प्रकरणमा सीआईबीले पक्राउ गरेको पुष्टि खबरहबसँग गरेका छन् ।
यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर बयान दिएका थिए ।
फोन गरेर बोलाउँदा नगएका महरालाई लिन घरमै पुगेको थियो सीआईबी
अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप
सार्वजनिक भयो नयाँ बन्धकको सूची : विपिन जोशी जीवित
गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको सार्वजनिक भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम समेटिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो ।
यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख थियो । वाशिङ्टन पोस्टसँगै टाइम्स अफ इजरायल, एपीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।
अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप
राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ । ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गरे ।

उनले नोभेम्बर १ देखि लागू हुने गरी नयाँ करहरू थप्ने र ‘महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा नियन्त्रण लगाउने निर्णयसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आगामी भेट रद्द गर्ने धम्की पनि दिएका छन् ।
आइतबार चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको उक्त कर धमकीलाई ‘दोहोरो मापदण्डको स्पष्ट उदाहरण’ भन्दै कडा प्रतिक्रिया जनाएको छ । मन्त्रालयले वासिङ्टनले सेप्टेम्बरदेखि नै बेइजिङविरुद्ध आर्थिक दबाबका कदमहरू चालेको स्मरण गराउँदै भनेको छ, “हरेक पटक उच्च करको धम्की दिनु चीनसँग व्यवहार गर्ने सही उपाय होइन ।”
टेनेसीको विस्फोटक कारखानामा भीषण विस्फोट, १६ जनाको मृत्यु
बढ्दै पाक-अफगान तनाव : सिमानामा ५८ सैनिक मारिएको दाबी
हमासले युद्धपछिको गाजामा शासनमा भाग नलिने
इजिप्टमा सडक दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित
आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर ६ को खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

ओमनमा भएको खेलमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनायो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २० रन बनाए ।
प्रतिक्रिया