आजका समाचार : अध्यादेशबारे छलफल गर्न कार्यदल बन्ने, अर्थमन्त्री र मेयर आचार्य घाइते र तीन इजरायली बन्धक रिहा | Khabarhub Khabarhub

आजका समाचार : अध्यादेशबारे छलफल गर्न कार्यदल बन्ने, अर्थमन्त्री र मेयर आचार्य घाइते र तीन इजरायली बन्धक रिहा


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

भूमिसम्बन्धी अध्यादेशबारे छलफल गर्न कार्यदल गठन गरिने
भूमिसम्बन्धी अध्यादेशबारे छलफल गर्न सरकारले कार्यदल गठन गर्ने निर्णय गरेको छ । सत्तारूढ दलहरूले नै भूमिसम्बन्धी अध्यादेशलाई समर्थन गर्न नसकिने अडान लिएपछि सरकारले छलफल गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तापक्षीय दलहरूका शीर्ष नेताको बैठकमा भूमिसम्बन्धी अध्यादेशमाथि छलफलका लागि कार्यदल गठन गरेर प्रतिस्थापनको रूपमा ल्याउने सहमति जुटेको छ ।

भूमिसम्बन्धी अध्यदेश बाहेकका अन्य पाँच अध्यादेशहरू छिटोभन्दा छिटो संसदमा निर्णयार्थ पेस गरिने पनि सत्तापक्षीय दलहरूबिच सहमति बनेको सत्ता साझेदार जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।

राष्ट्रियसभामा संसदीय अंकगणितको सुनिश्चितता नदेखिएपछि सरकारले संघीय संसदका दुवै सदनमा अध्यादेशहरू निर्णयार्थ पेस गर्न सकेको छैन । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए ।

१५ औँ महाधिवेशन ०८२ मा सम्भव छैन : प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी : प्रवक्ता महत

देशको बिग्रँदो अवस्था सुधार्न नयाँ सरकार गठन भएको हो : अर्थमन्त्री

तीनै तहका सरकार अधिकार सम्पन्न बनाउँछौँ : उपप्रधानमन्त्री सिंह

सहमतिमै अध्यादेश पारित हुन्छ : महासचिव पोखरेल

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा जलन, उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने
कास्कीमा ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन क्रममा चरम लापरवाही गर्दा जलन खेपेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको शरीर ६ प्रतिशतसम्म जलेको छ ।

मन्त्री र मेयरद्वयको उपचार गरिरहेको कीर्तिपुर अस्पतालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्ने सम्भावना रहेको पनि जानकारी दिएको छ ।

पौडेल र आचार्यलाई अस्पतालले हाल सघन उपचार कक्षमा राखेर उपचार सेवा दिइरहेको छ । उनीहरूको उपचारमा प्रा.डा‍. बीडी झा, डा. प्रवीण गिरी, प्रा.डा. शङ्करमान राई, डा. विशाल कार्की, डा. मनिष यादव, डा. प्रयुष अर्याल, रिना गौतम, तृष्णा महर्जन र निर्मला कुँवर लगायतको चिकित्सक टोली खटिएको छ ।

अति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पोमा भ्रमण वर्षको लोगो झुण्ड्याएर आकाशतिर उडाउन लाग्दा मन्त्री पौडेल र मेयर आचार्य जलनमा परेका थिए । स्पार्क मेसिनले फालिरहेको आगोको झिल्कोमाथि नचाउँदा बेलुन बिस्फोट भएको थियो । बेलुनको तीव्र गतिको ज्वाला मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै परेको थियो ।

चरम लापरबाही गर्दा दुर्घटनामा परे मन्त्री र मेयर (तस्बिरहरू)

उपप्रधानमन्त्री पौडेल थप उपचार निम्ति कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना

पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगियो

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइयो, कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुने

प्रचण्डको आरोप-ओली शक्तिमा पुग्नेवित्तिकै संविधान च्यात्न खोज्नुहुन्छ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा पुग्दा संविधान च्यात्न खोज्ने नेताका रूपमा चित्रित गरेका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा पुगेर पूर्वप्रधानमन्त्री प्रचण्डले उनलाई सत्तामा पुग्दा संविधान च्यात्न खोज्ने नेताका रूपमा चित्रण गरेका हुन् ।

‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, त्यो संविधान च्यात्न खोज्नुहुन्छ,’ शनिबार माओवादीको दमक नगर समितिको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘किनकी यो संविधान उहाँलाई मन परेको छैन ।’

प्रचण्डले प्रधानमन्त्री ओलीलाई संघीयता र उत्पीडित समुदायले संविधानमार्फत् पाएको अधिकार मन नपरेकोसमेत टिप्पणी गरे ।

जसपाका पूर्वप्रदेश अध्यक्ष प्रवीण चाम्लिङ माओवादी प्रवेश

आइतबार लुम्बिनी प्रदेशसभाको नवौँ बैठक बस्ने

माओवादीप्रति आकर्षणको लहर सुरु भएको छ : प्रचण्ड

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै छ : प्रचण्ड

कर्णालीमा महिला समानुपातिक सांसद मात्रै, प्रत्यक्षतर्फ टिकट दिदैँन राजनीतिक दल

‘सङ्घीय शासन प्रणालीको अभ्यासमा देखिएका चुनौती पन्छाउँदै जानुपर्छ’

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर
नेपालको राजधानी काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार काठमाडौं उपत्यका शनिबार बेलुकी विश्वै प्रदूषित शहर बनेको हो ।

यतिखेर काठमाडौंको औषत वायु गुणस्तर सूचक (एक्यूआई) १७५ छ, जुन अस्वस्थकर अवस्था हो । ललितपुरको जावलाखेलको एक्यूआई २१३ पुगेको छ । त्यहाँको वायु प्रदूषण अवस्था अति अस्वस्थकर हो ।

विश्वमा उच्च वायु प्रदूषण भएका शहरको सूचीमा काठमाडौंपछि अफ्रिकी मुलुक कङ्गोको राजधानी किन्सासा दोस्रो स्थानमा छ ।

त्यसपछि क्रमशः चीनको वुहान, चीनकै साङ्घाइ, उज्वेकिस्तानको तासकन्द, म्यानमारको याङ्गुन, भियतनामको हनोइ, भारतको दिल्ली, बङ्गलादेशको ढाका र चीनको ह्वाङ्जावोले प्रदूषणको शीर्ष १० स्थानमा रेकर्ड राखेका छन्‌ ।

काठमाडौं उपत्यकाका हकमा वर्षा गराउने मनसुनी वायु सेप्टेम्बर अन्तिम साता बङ्गालको खाडीतर्फ फर्किएपछि प्रदूषक सवारीसाधन, हावाहुरीले उडाउने धुलो र पश्चिमी चिसोरसुख्खा वायुका कारण वायुमण्डलमा प्रदूषणको तह लाग्ने गर्छ ।

लेबनानमा कार्यरत शान्ति सैनिकमाथि आक्रमण

वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो

नागरिक सेवामा समर्पित हुनुपर्नेमा प्रदेश प्रमुखको जोड

प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा रामनारायण निर्वाचित

आइतबार लुम्बिनी प्रदेशसभाको नवौँ बैठक बस्ने

सुदूरपश्चिममा संसदीय समितिका चारै जना सभापति निर्विरोध

युरोपप्रति अमेरिकी उपराष्ट्रपतिको आक्रामक अभिव्यक्ति
‘अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जर्मनीको म्युनिखमा भएको सुरक्षा सम्मेलनमा युरोपेली देशप्रति आक्रामक अभिव्यक्ति दिएका छन्। उनले अहिले रुस र चीन भन्दा बढी अमेरिकालाई युरोपेली देशबाट चुनौती भएको बताए।

जर्मनीको म्युनिखमा भएको सुरक्षा सम्मेलनमा धारणा राख्र्द अमेरिकी उपराष्ट्रपति जेडी भान्स। तस्बिरः रोयटर्स

उनले आप्रवासी नीति र प्रजातान्त्रिक मूल्यमा युरोपेली कमजोर भएको आरोप लगाएका हुन्। धेरै देशमा वाक स्वतन्त्रतामामाथि बन्देज लगाएर प्रजातान्त्रिक मूल्य र मान्यताको विरुद्धमा अङ्कुश लगाइएको आरोप उनको छ।

रोमानियाको अदालतले निर्वाचनको बदर गर्नु तथा जर्मनीमा अति दक्षिण पन्थीलाई अन्य दल मिलेर निषेध गर्नु लगायतका विषयलाई प्रजातन्त्र माथिको प्रहार भनेका छन्।

हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो

अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

फिलिपिन्समा डेङ्गुको प्रकोप

अमेरिका र रूसबीच आर्थिक साझेदारी हुने, उच्चस्तरीय वार्ता टोली खटाइयो

इजरायलद्वारा प्यालेस्टाइनी कैदीहरू रिहा

अमेरिकासँग राष्ट्रपति जेलेन्स्कीले मागे युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’

पाकिस्तानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ घाइते

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : ४२ बजे

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौं उपत्यकासहित

नेपाल म्याराथनः सात दिन, सातै प्रदेश, सात म्याराथन

कास्की – नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले

गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात

गोरखा – गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको छ ।

इटहरी गोल्डकपः युकेएफसी सेमिफाइनलमा प्रवेश

सुनसरी – राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै

दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

पर्वत – बिहादी गाउँपालिका–१ बाच्छामा आज दिउँसो भएको जिप दुर्घटनामा