आजका समाचार : एमाले बहुमतको सरकार खोज्दै ओली, सगरमाथा बेसक्याम्पमा विशेष संवाद र दश प्यालेस्टिनी रिहा | Khabarhub Khabarhub

आजका समाचार : एमाले बहुमतको सरकार खोज्दै ओली, सगरमाथा बेसक्याम्पमा विशेष संवाद र दश प्यालेस्टिनी रिहा


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सुशासन र विकासलाई तीव्रता दिन एमाले बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकारका चाहिने बताएका हुन् ।

‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौँ । अब त्यो भ्रममा रहनु हुँदैन । साना साना स्वार्थ लिएकाहरूले हामी विरुद्ध भ्रम फिँजाएका छन् । त्यस्तो भ्रममा पर्नु हुँदैन । एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरूले साथ दिनुपर्छ ।’, ओलीले भने, ‘म युवाहरूलाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नुस् भनेर उल्काउन चाहन्नँ । आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ । मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन् । रहर लागेर तुरुन्तै डाक्टर, इन्जिनियर हुँदैनन् । मेहनत र समय आवश्यक हुन्छ । यो वास्तविकता तपाईँहरूले बुझ्नुपर्छ ।’

वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता

अहिले कुनै प्रकारको प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री
प्रधानमन्त्रीसँग जापानका परराष्ट्र उपमन्त्रीको भेट

हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छ : वनमन्त्री शाही

परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेकका महासचिवको भेट 

वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट, दुई देशबीच साझेदारीबारे छलफल

जबजकै कारण एमाले निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल

मदन भण्डारी हत्या प्रकरणका अपराधीलाई नाङ्गेझार पार्नुपर्छ : माधव नेपाल

धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली

कांग्रेस पार्टी ठूलो भए पनि बहुमत नहुँदा मिलेर सरकार बनाउनुपर्‍यो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।

उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको बताए । सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसद्‌मा रहेको जिकिर गरे । उनले २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरू भएको उल्लेख गर्दै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताए ।

वीरगंजमा जसपा नेपालको खबरदारी सभा, परिसंघद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

‘लेख्ने एउटा गर्ने अर्को’ परम्पराबाट मूक्त हुन अर्थमन्त्रीलाई योगेश भट्टराईको २४ बुँदे सुझाव

बाजुरा एमालेको घोषणा : विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा वृहत एकता 

डोटीबाट प्रचण्डले भने- जनबलले माओवादी तीनपटक सत्तामा पुगेको हो

बाटो मर्मत तथा पुनर्निर्माणमा जापानले सहयोग गर्ने 

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिएकाले गभर्नर नियुक्तिमा चलखेल भयो : नेता कोइराला

विश्वप्रकाशको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजनमा आज सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षाका विषयमा विशेष संवाद सम्पन्न भएको छ ।

सो संवादमा गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डे सगरमाथामा बेसक्याम्प पुगेका थिए । विशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यहरू बारे स्थानीयका तर्फबाट आरोही बाबू शेर्पाले वाचन गरेका थिए ।

लुक्लादेखी ५ दिन लगातार पदयात्रा गरेर सगरमाथा बेसक्याम्प पुगेका महामन्त्री शर्माले हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराए ।

१६ बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताए । पर्यटन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

सगरमाथा संवाद : स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

दासढुङ्गामा मदनआश्रित स्मृतिसभा

सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण

जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

टुँडिखेलमा साकेला नाचको रौनक
किराँत राईहरूले काठमाडौंको टुँडिखेलमा साकेला नाचेर उँभौली मनाएका छन् । यही साता बुद्ध पूर्णिमाको दिन परेको उँभौलीको साकेला नाच आज नाचिएको हो ।

किराँतहरूको देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव) को उत्पत्तिसँगै यो चाड मानिँदै आएको विश्वास छ । बाली लगाउने समयमा प्रशस्त वर्षा होस्, दैवी प्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधी नलागोस्, सुखशान्ति छाओस् भनेर उँभौली मनाइन्छ ।

स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ

प्राधिकरणले सूचनाबिना विद्युत् लाइन छाड्दा करेन्ट लागेर एक मजदुरको मृत्यु

लहानको पशुपति माविमा करोडौँ भ्रष्टाचार, अख्तियारले थाल्यो छानबिन

ड्युटी समयमा मापसे गर्ने मदन भण्डारी अस्पताल उर्लाबारीका दुई कर्मचारी निलम्बित

अनियमितता गर्ने १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार

नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक (तस्बिरहरू)

सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

चट्याङले कटहरका रुखमा दन्किएको आगो ४० घण्टापछि नियन्त्रण (भिडियो)

ट्रम्पलाई मेजमानी गर्न खाडी देशबीच होडबाजी, यस्तो छ रकमी विदेश नीतिको सौदाबाजी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खाडी क्षेत्रका तीन मुलुकको भ्रमण सकेर स्वदेश फर्केका छन् । चारदिने भ्रमणका लागि राष्ट्रपति ट्रम्प गत मंगलरबार साउदी अरब पुगेका थिए । उनी शुक्रबार यूएईबाट अमेरिका प्रस्थान गरेका हुन् । यसबीचमा उनी कतार पनि पुगेका थिए ।

खाडीका धनाढ्य मुलुकमा रहँदा ट्रम्पले दशौँ खर्ब डलर (दशौँ निल नेपाली रुपैयाँ) बराबरका सम्झौतामा पनि हस्ताक्षर गरे । अमेरिकी व्यवसायिक प्रतिनिधिमण्डलको जम्बो टोली लिएर राष्ट्रपति ट्रम्प खाडी भ्रमणमा निस्केका थिए । उनको प्रतिनिधिमण्डलमा विश्वकै धनकुबेर इलोन मस्क, न्भिडिया कम्पनीका प्रमुख कार्यकारी जेसन हुवाङ, ब्लाकस्टोन समूहका स्टेफन स्वार्जमान, सिटीग्रुपका जेन फ्रेजरलगायत थिए ।

समग्रमा व्यापारिक हिसाबले ट्रम्पको मध्यपूर्व भ्रमण सन्तोषजनक नै भएको जानकारहरु बताउँछन् । ‘पछिल्ला चार दिन निकै गजब भयो ।’ ट्रम्पले बिहीबार यूएईको दरबारमा भनेका थिए । घर फर्किने बेला शुक्रबार राष्ट्रपतीय विमान एअरफोर्स वानमा उनले भनेका थिए, ‘हाम्रो देशलाई देखाइएको सम्मान अविश्वसनीय थियो । कसैले त्यसो गरेको थिएन । कसैले त्यस्तो राम्रो गरेको थिएन ।’

रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति

इजरायलको आक्रमण : गाजामा ११५ जना मारिए

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु

इजरायलद्वारा दश जना प्यालेस्टिनी रिहा




















 



प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ७ : ४६ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल जेठ ४ गते आइतबार। जेठ

आज २०८२ साल जेठ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ४ गते आइतबार। जेठ

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न