आजका समाचार : ट्रम्पको आदेशले एमसीसी पनि रोकियो, भारतीय कलेजमा नेपालीमाथि ज्यादतीले हंगामा र वार्तामा बस्दै अमेरिका-रुस | Khabarhub Khabarhub

आजका समाचार : ट्रम्पको आदेशले एमसीसी पनि रोकियो, भारतीय कलेजमा नेपालीमाथि ज्यादतीले हंगामा र वार्तामा बस्दै अमेरिका-रुस


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संस्कृत विश्वविद्यालय जग्गा खोजबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सो समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरूको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुपर्ने कदमका विषयमा सुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुझाएका हुन् ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को गत असार २० गतेको निर्णयबाट उच्च अदालतका पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो ।

युएसएडपछि नेपालमा एमसीसीका परियोजना पनि रोकिए

प्रधानमन्त्री ओलीप्रति भीम रावलका १५ टिप्पणी

नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य छैन : एनपी साउद

कुलमानले भने- जलविद्युत कम्पनीको आईपीओ रोक्नु दुखद्

प्राविधिक शिक्षामा ध्यान दिन आवश्यक : महासचिव पोखरेल

जापान नेपालको विकास साझेदार: सभामुख घिमिरे

संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग

सरकारले ल्याएका अध्यादेशको विपक्षमा मतदान गर्छौँ : प्रकाश ज्वाला

चन्द्र भण्डारीले भने- यदि सरकार छौ भने जहाज पठाएर ओडिशाबाट विद्यार्थी फर्काऊ, अनि वार्ता गरौँला

सोविता र सुमनाले बोल्न नदिएको भन्दै गरेको प्रचारप्रति सभामुखको असन्तुष्टि

प्रतिपक्षीलाई कांग्रेसले भन्यो- सबै कुराको विरोध मात्रै नगरौँ, सविंधान पनि हेरौँ
नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशका विषयमा अनावश्यक विरोध नगर्न विपक्षी दललाई आग्रह गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसद नचलेका बेला अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार रहेको बताए । उनले अध्यादेशको विरोधका लागि विरोध नगर्न आग्रह गरेका हुन् ।

अध्यादेशलाई सधैं विरोध गर्ने हो भने त्यसला ल्याउन पाउने संविधानमा भएको व्यवस्था हटाउन पनि उनले सुझाव दिएका छन् ।उनले अध्यादेश संसद्‍बाट अघि बढेपछि मात्रै विधेयकको रुप लिने भन्दै संसद् छलेर अध्यादेश ल्यायो भन्न नमिल्ने तर्क गरे ।

सभामुखले बोल्न दिँदा संसद्‍‍मा गयल देखिइन् सुमना श्रेष्ठ

किसानका उपज आफूखुसी बिक्रीवितरण गर्न पाउनुपर्ने माग

अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ स् सांसद थापा

संसद्मा राजेन्द्र लिङदेनले भने-छिमेकीले नेपाललाई हेर्ने दृष्टिकोण तल्लो स्तरको भयो

कुलमानबारे ऊर्जामन्त्री-सरकारलाई टेर्न छाडे, अब लगाम लगाउने बेला भयो

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराँती

‘छिमेकी देशमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भयो, चौकीदारले पनि हेप्न थाले’

इमानको राजनीति आवश्यक छ : सांसद शाही

संसद्मा उर्जामन्त्रीको चुनौती- पदीय मर्यादाविपरीत र गैरकानुनी काम गरेको भए पद छाड्न तयार छु

भारतमा मृत भेटिएकी प्रकृतिलाई न्याय माग गर्दै विद्यार्थीको प्रदर्शन
भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्‍यालीसँगै हस्ताक्षर संकलन गरेका छन्।

नेविसंघ पुल्चोकले आयोजना गरेको विरोध र्‍यालीमा क्याम्पसका विद्यार्थीहरू सहभागी भएका हुन् । पुल्चोक क्याम्पसबाट सुरु गरी लबिम मल हुँदै हरिहर भवनबाट पुनस् पुल्चोक क्याम्पस डिन कार्यलयमा आएर र्याली सकिएको थियो । त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर संकलनमा क्याम्पसमा उपलब्ध धेरै विद्यार्थीहरुको उपस्थिति रह्यो।

पुल्चोकका विद्यार्थीले ‘प्रकृतीलाई न्याय दे ’ ‘निष्पक्ष छानबिन गर’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका हुन् ।

‘प्रकृति लम्सालले न्याय पाउन् र यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि हामीले विरोध प्रदर्शन गरेका हौँ १” नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसका इकाई सभापति विक्रम भण्डारी भन्छन् १ अन्य विद्यार्थीहरूले पनि आफूहरू प्रकृतिको न्यायको लागि उपस्थित भएको जनाए।

डोनाल्ड ट्रम्पविरुद्ध दूतावास घेर्न पुगे गोविन्द केसी

प्रकृतिका पिता भन्छन्-छोरीमाथि ‘ह्यारेसमेन्ट’र ‘ब्ल्याकमेल’ गरिएको रहेछ, न्याय चाहियो

नेपाल प्रहरीको टोली दिल्लीबाट पुग्यो ओडिसास्थित केआईआईटी विश्वविद्यालय

भारतमा प्रकृतिको शंकास्पद मृत्यु : काठमाडौंमा विरोध प्रदर्शन (तस्बिरहरू)

नेपाली छात्रा मृत्यु प्रकरण : भारतीय युवा अद्विक श्रीवास्तव हिरासतमा, चारजना सुरक्षागार्ड पक्राउ

भारतलाई सरकारको चेतावनी-केआईआईटी प्रकरणमा निष्पक्ष छानबिन र कारबाही नभए ओडिसाको एनओसी रोक्छौँ

नेपाली विद्यार्थीबारे दार्जीलिङका सांसद विष्टले भने-ओडिसा घटना जघन्य, दोषीमाथि कारबाही होस्

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। बिबिसीका अनुसार विमान पल्टिदाँ तीन गम्भीर घाइते भएका छन्। क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते भएका हुन् ।

विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार घाइते तीन जनाको अवस्था गम्भीर छ । घाइते एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेको बिबिसीले जनाएको छ ।

डेल्टा एयरलाइन्सको ४८१९ नम्बर विमान स्थानीय समय अनुसार पौने ३ मा अवतरण भएको हो । सो घटनाको कारण अझै पत्ता लागेको छैन । विमानलमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए ।

दुर्घटनाग्रस्त विमानमा २२ जना क्यानडाका र अन्य विदेशी यात्रु सवार भएको समाचारमा उल्लेख छ ।

ट्रम्प र मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

भारतमा कतारका राजा, मध्यराति एयरपोर्ट पुगेर मोदीले गरे स्वागत

लेबनानबाट इजरायली सेनाको फिर्तीको समयसीमा सकियो

कजाकस्तानमा खानी भत्किँदा ७ जनाको मृत्यु

अमेरिकी राष्ट्रपति ट्रम्पका दूत युक्रेन जाँदै

ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ७ : ५९ बजे

परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि

अण्डाको मूल्य बढ्यो

चितवन – आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ

बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं – बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्धः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण