सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन शीर्ष तीन दलको बैठक
प्रमुख तीन ठूला दलहरूका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले राजा ल्याउने नाममा भइरहेको आन्दोलनलाई गैरराजनीतिक, हिंस्रक र आपराधिक गतिविधिको संज्ञा दिएको छ।
स्रोतका अनुसार बैठकले अहिले प्राप्त संघीय गणतन्त्रसहितको व्यवस्था जोगाउन तीनै नेता एकै ठाउँ उभिने निष्कर्ष पनि निकालेको छ ।

‘संघीय गणतन्त्र जोगाउन एक ठाउँमा उभिने सहमति तीन नेताबीच भएको छ’ स्रोतले भन्यो, ‘पूर्वराजावादीको आन्दोलन हिंस्रक, गैरराजनीतिक र आपराधिक रहेको ठहर पनि गरेको छ ।’
यस बैठकले व्यवस्थाविरोधी कुनै पनि गतिविधिविरूद्ध एकजुट भएर उभिने पनि निष्कर्ष पनि निकालेको छ । यो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । त्यसैगरी गृहमन्त्री रमेश लेखक र एमाले नेता अग्नि खरेल पनि बैठकमा सहभागी थिए ।
तीनकुने घटनामा पक्राउ परेकाहरूको बयान : लहैलहैमा आन्दोलनमा लागियो
नेपाल बारमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण
गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ : शशांक कोइराला
लोकतान्त्रिक चरित्र जोगाउन, कांग्रेस विधान अनुसार अघि बढ्नुपर्छ : नैनसिंह महर
‘प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक’
कांग्रेस एमालेलाई सरकार असफल बनाउने छुट छैन : पूर्वमन्त्री गिरी
युएनस्केपको अध्यक्षता गर्न परराष्ट्रमन्त्री राणा बैंकक जाँदै
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन आवश्यक : सभामुख घिमिरे
योगेश भट्टराईलाई सुरक्षा दिन शौचालयमा थुनियो, सामाजिक सञ्जालमा भाइरल
नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई सुरक्षा दिन प्रहरीले शौचालयमा थुनेको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ ।
शुक्रबार कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटनका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका उनलाई ‘नो केबलकार’ समूहले घेरा हालेका थिए ।

नेता भट्टराई सिंढी चढेर शौचालय प्रवेश गरेका थिए । त्यसपछि उनीविरुद्ध नाराबाजी सुरु भएको स्थानीयले बताएका छन् । आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएका थिए ।
ताप्लेजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार नेता भट्टराई आफैं शौचालय गएका थिए । प्रहरी निरीक्षक बस्नेतले भने, ‘भाइरल भएजस्तो केही पनि होइन, माननीयज्यूलाई पिसाब लागेर शौचालय जानुभएको थियो ।’
एमालेको जरा अभियानमा ८० वर्षमाथिका ६८ ज्येष्ठ नागरिक सम्मानित
योगेश भट्टराईलाई सुरक्षा दिन शौचालयमा थुनियो, सामाजिक सञ्जालमा भाइरल
ताप्लेजुङ घटनाबारे योगेश भट्टराईले भने- मलाई कुनै दुःख छैन
देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन दिदैनौँ : प्रचण्ड
८४ अभियानमा पूर्वउपराष्ट्रपति पुन : ‘पार्टीमा फर्कन संवैधानिक अड्चन छैन’
वैदेशिक रोजगारका ठगले सरकारकै मिलेमतोमा लुट मच्चाए : प्रभु साह
सत्तासाझेदारीमा कुनै समस्या छैन : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटमा उनले सत्तासाझेदारीमा दुवै दलबीच सौहार्द्रपूर्ण सम्बन्ध रहेको स्पष्ट पारे ।
सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ(ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’

उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरुचाएका बताए। लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चारमाध्यम हुने गरेका दृष्टान्त प्रस्तुत गरे।
मुलुकमा सात दशकको अन्तरालमा सात वटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उनले वर्तमान संविधानलाई पनि निष्क्रिय हुन नदिइने प्रतिबद्धता व्यक्त गरे साथै गृहमन्त्रीले कमीकमजोरीबाट सिक्ने र पुनः त्यस्तो हुन नदिनेतर्फ सचेत रहनुपर्ने विचार व्यक्त गरे।
पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका : मन्त्री पाण्डे
स्थानीय निकायबीच समन्वय हुनुपर्छ : चिरीबाबु महर्जन
तातोपानी नाका व्यवस्थित बनाउन परराष्ट्रमन्त्रीको निर्देशन
शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री
नेता केसीको टिप्पणी- सरकारले विद्यार्थीमाथि अपराध गरिरहेको छ
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार भएको आशङ्का
भारतीय युवाको प्रेम प्रस्ताव स्वीकार नगर्दा बुटवलकी टीका विष्ट छेत्रीलाई गोली प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा पसल गर्दै आएकी २९ वर्षीय विष्टले प्रेम प्रस्ताव स्वीकार नगरेकै कारण भारतीय नागरिक आलम अन्सारीले गोली प्रहार गरेको हुन सक्ने प्रहरीलाई बताएकी छन् ।

गोली प्रहार गर्ने व्यक्तिले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेका कारण पनि प्रहरीले आलममाथि शङ्का गरेको छ । केही दिनअघि उक्त व्यक्तिसँग घाइँते विष्टको भनाभन भएको स्थानीयको भनाइ छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवलको बुद्धनगरमा होटेल सञ्चालन गर्दै आएकी विष्टको ढाडमा गोली लागेको छ ।
कालीकोटमा नेपाली हाते कागज उत्पादन
वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन
मानव कल्याणमा समर्पित हुन आवश्यक : प्रेम रावत
वीरगञ्ज महानगरमा डुबान रोक्न नाला सफाइ
नौ महिनामा तीन खर्ब ६६ अर्ब ऋण उठाइयो
मध्यपहाडी लोकमार्ग : क्षतिग्रस्त पुलको चाँडो मर्मत गर्न आवश्यक
भिटामिन-ए र जुकाको औषधि खुवाउन सुरु
शान्तिकोट आधारभूत विद्यालयका प्रधानाध्यापक मृत भेटिए
मन्दिरको गेट निर्माणका क्रममा एकको मृत्यु
नाइजेरियामा गोठाला र किसानको द्वन्द्व चर्किँदै, पछिल्लो हिंसामा १७ जना मारिए
अफ्रिकी मुलुक नाइजेरियामा गाइवस्तु पालेर गुजारा गर्ने गोठाला र खेती गरेर गुजारा गर्ने किसान समुदायबीचको द्वन्द्व चर्किँदै गएको छ । हालै नाइजेरियाको बेनुइ राज्यमा दुई समुदायबीच झडप हुँदा १७ जना मारिएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार बेनुइमा गोठालो समुदायले किसान समुदायलाई निशाना बनाएर आक्रमण गर्दा हताहती भएको हो । घटनामा अरु कैयाै घाइते भएका छन् ।

सुरुमा गोठाला समुदायमा आबद्ध बन्दुकधारीको समूहले बेनुइको उकुम क्षेत्रस्थित ग्बागिर गाउँमा गोली हानी ५ किसानको हत्या गरेका थिए । पछि बन्दुकधारीको अर्को समूहले ७० किलोमिटर टाढा रहेको लोगो क्षेत्रमा आक्रमण गरी १२ जनाको ज्यान लिएका थिए ।
पछिल्ला केही वर्षयता उर्वर भूमि रहेको उत्तर–मध्य नाइजेरियामा हुँदै आएका हिंसाका कारण खाद्य आपूर्तिमा बाधा उत्पन्न भएको छ । दुई दिनअघि मात्रै बेनुइ राज्यको ओतुक्पो क्षेत्रमा बन्दुकधारीले गाउँमा आक्रमण गर्दा ११ जनाले ज्यान गुमाएका थिए । त्यसअघि गत साता छिमेकी प्लेटु राज्यमा भएको अर्को आक्रमणमा ५० जनाको मुत्यु भएको थियो ।
गाजामा इजरायली हमला : ९० जनाभन्दा बढीको मृत्यु
कङ्गोमा डुङ्गामा आगलागी हुँदा १ सय ४३ जनाको मृत्यु
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
इरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार
लिबियामा बारुदी सुरुङ हटाउन थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक : राष्ट्रसंघ
चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता, ‘शेइयान–२७’ उपग्रह प्रक्षेपण
प्रतिक्रिया