आजका समाचार : निर्वाचनबाट नभाग्न दलहरूलाई प्रधानमन्त्रीको चेतावनी, एमाले र जेन-जी भिड्दा बारामा तनाव, सुदूरपश्चिमसँग काठमाडौं पराजित र चीनद्वारा तीन नयाँ उपग्रह प्रक्षेपण « Khabarhub

आजका समाचार : निर्वाचनबाट नभाग्न दलहरूलाई प्रधानमन्त्रीको चेतावनी, एमाले र जेन-जी भिड्दा बारामा तनाव, सुदूरपश्चिमसँग काठमाडौं पराजित र चीनद्वारा तीन नयाँ उपग्रह प्रक्षेपण


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एमालेलाई प्रधानमन्त्रीको चेतावनी : निर्वाचनबाट भाग्ने कोसिस नगर्नू, देशले अर्को अस्थिरता थेग्दैन

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई स्पष्ट र कडा सन्देश दिएकी छन्।

बुधबार सिंहदरबारमा राजनीतिक दलहरूका प्रतिनिधिसँग बोल्दै उनले संसद् पुनःस्थापनाको माग, निर्वाचन बहिष्कारजस्ता गतिविधिले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने चेतावनी दिइन्।

कार्यक्रममा मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू र सञ्चारकर्मीहरू उपस्थित थिए। प्रधानमन्त्री कार्कीले आफ्नो सरकार युवा पुस्ताको आन्दोलन र भ्रष्टाचारविरुद्ध उठेको असन्तुष्टिको आधारमा बनेको भन्दै देशलाई संवैधानिक निकास दिन निर्वाचन अनिवार्य भएको दोहोर्‍याइन्। ‘लोकतन्त्रमा विश्वास गर्नेका लागि निर्वाचनबाट भाग्ने विकल्प छैन,’ उनले भनिन्।

दलहरूलाई प्रधानमन्त्रीका ७ सन्देश : चुनावमा भाग नलिए लोकतान्त्रिक जिम्मेवारीबाट भागेको मानिनेछ

वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी

‘हेट स्पीच’ र उत्तेजक अभिव्यक्ति रोक्न नेताहरूलाई प्रधानमन्त्री कार्कीको चेतावनी

सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

अर्थमन्त्रीले भने- कर प्रशासनलाई व्यापक सुधार गर्ने दिशामा सरकार अघि बढेको छ

हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्व तयारी 

भीमार्जुनले भने : नेताहरूलाई जनतामाझ जान नदिएर चुनाव हुन सक्दैन

पुराना गाडीलाई विद्युतीय रुपान्तरणका लागि अनुमति दिने तयारीमा सरकार

शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा प्रदर्शन, काठमाडौंमै रोकियो बुद्धको जहाज

नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत बारा जान खोज्दा सिमरा विमानस्थलमा तनाव भएको छ। एमालेको कार्यक्रममा सहभागी हुन बारा पुग्ने थाहा पाएपछि त्यहाँस्थित एउटा समूहले जेन(जीका नाममा तोडफो र प्रदर्शन गरेको हो ।

जेन-जीका नाममा उत्रिएको यो समूहले एमालेको कार्यक्रम बिथोल्ने गरी विमानस्थलमै प्रदर्शन गरेको छ। विमानस्थलमा खटिएको प्रहरी र जेन-जीका नाममा उत्रिएको उक्त समूहबीच झडपसमेत भएको छ ।

सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको छ । बस्नेत र पोखरेल सवार भएर सिमरा जान लागेको जहाज काठमाडौंमै रोकेर यात्रुलाई प्रतिक्षालयति लगिएको एकजना यात्रु राजक कुइँकेलले बताएका छन् ।

‘सिमरा विमानस्थलमा प्रदर्शन गरेको खबर आएको छ। त्यसपछि हामीलाई नउडाई विमानबाट उतारिएको छ’, कुइँकेलले भने, ‘अहिले हामीलाई बुद्धको

एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन : सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू

निष्पक्ष र चुस्तदुरुस्त ढङ्गबाट सेवा प्रवाह गर्न स्थानीय जनप्रतिनिधिहरूलाई ओलीको निर्देशन

ओलीले सरकारलाई भने- बोल्दैमा कसैलाई थुन्न पाइँदैन, दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नू 

बारामा रोकिएन एमालेको कार्यक्रम, महेश बस्नेतले भने- सरकार र विपक्षीहरू आत्तिएका छन् 

‘जेन-जी’का नाममा सिमरा विमानस्थल तोडफोड गर्नेहरू अपराधी र राष्ट्रविरोधी हुन् : ओली

जेन-जीका संयोजकको जिकिर : एमालेलाई रोक्न खोजेको होइन, कुटपिट भएपछि प्रतिकार गर्‍यौँ

सिमरा घटनाबारे गृहले भन्यो : अवस्था सामान्य हुँदैछ, दलहरूले कार्यक्रम गर्दा प्रशासनलाई जानकारी दिनू

तनावग्रस्त बारा, यस्तो देखियो दिनभरको दृश्य (तस्बिरहरू)

एमाले नेता रोकिएकोबारे रास्वपाले भन्यो : निर्वाचन गर्ने भए राजनीतिक दलले कार्यक्रम गर्न पाउनुपर्छ

नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत बारा जिल्लामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सिमरा हुँदै आउने क्रममा बुधबार दिउँसो तनाव उत्पन्न भएको छ।

सिमरा विमानस्थलमा जेन–जीको नाम लिएर एक समूहले तोडफोड तथा प्रदर्शन गरेपछि स्थिति केही समय नियन्त्रणबहिर पुगेको थियो। प्रदर्शनकारी र प्रहरीले एकअर्कामाथि ढुंगामुढा र धकेलाहेले गर्दै झडपसमेत भयो।

झडपकै बीच काठमाडौंबाट सिमरा उड्न लागेको बुद्ध एयरको जहाज पनि केही समय रोक्नु परेको थियो। सुरक्षाको संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२स्३० बजेदेखि बेलुका ८ बजेसम्म जीतपुरसिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गर्‍यो।

यही घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। रास्वपा प्रवक्ता मनिष झाले एमाले नेताहरूलाई रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै राजनीतिक दललाई गतिविधि गर्न पाउनुपर्ने बताए।

सुदननिकट भोजपुका ६ माओवादी नेताहरू जोडिए प्रगतिशील अभियानमा

पदमुक्त भए मधेश प्रदेशसभाका सभामुख मण्डल

एमाले नेताहरूलाई रोकेपछि सरकारलाई विश्वप्रकाशको प्रश्न : यसरी बन्छ चुनावको वातावरण ?

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

‘समयमै सडक निर्माण नभएका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा छौँ’

सुदूरपश्चिमले बलिङमा लय समात्दा काठमाडौं २९ रनले पराजित

नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सको लयको लयको बलिङले काठमाडौं गुर्खाज २९ रनले पराजित भएको छ । कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनायो ।

सुदूरपश्चिमले यस सिजनको पहिलो खेलमा जित नेकालेको छ । काठमाडौंले भने यस सिजनमा एक हार र एक जिते निकालेको छ । उद्घाटन खेलमा काठमाडौंले जनकपुर बोल्टसलाई पराजित गरेको थियो ।

काठमाडौंलाई लक्ष्य अगावै रोक्न सुदूरपश्चिमका हेमन्त धामीले महत्त्वपूर्ण दुई विकेट लिए । उनले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको विकेट लिए । हेमन्तले बेनलाई दोस्रो ओभरको पहिलो बल र भीमलाई तीन ओभरको चौथो बलमा आउट गरे ।

सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौं संकटतिर

सुरूमै धर्मरायो काठमाडौं, ४० रन नजोड्दै गुमायो तीन विकेट

हर्मितले ब्याटिङ उकास्दा सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य

सुदूरपश्चिमलाई संकटबाट उद्धार गरेर आउट भए हर्मित सिंह

तस्बिरमा हेर्नुहोस् काठमाडौं र सुदूरपश्चिमको प्रतिस्पर्धा 

काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन

करणको धारिलो बलिङले सुरूमै धर्मरायो सुदूरपश्चिम, ४ रन बनाउँदा खस्यो ३ विकेट

पहिलो ओभरमै सुदूरपश्चिमका दुवै ओपनर आउट, रनको खाता खोल्न पाएनन्

काठमाण्डु र सुदूरपश्चिम भिड्दै : करण र दीपेन्द्रको कुन टिम कति बलियो ?

बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि पुनः प्रभावित भएको छ ।

नुवाकोटको ककनी र धादिङको धुनबेँसीस्थित बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको अवरोधका कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडीलाई काठमाडौँ फिर्ता पठाइएको हो ।

फोहर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्नेलगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले गत कात्तिक दोस्रो साता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए ।

फोहर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गत कात्तिक १६ गते पुगेका सहरी विकासमन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयनको चरणमा लैजान जनाएको प्रतिबद्धता पूरा नभएको भन्दै पुनः आजदेखि अवरोध गरिएको धुनबेँसी नगरपालिका–१ का स्थानीय निराञ्जन सञ्जेलले बताए।

अरनिको राजमार्ग : धुलिखेल–खावा सडक पुनःविस्तार गर्न सम्झौता

फेरि रोकिए बञ्चरेडाँडामा फोहोर बोकेका गाडी (तस्बिरहरू)

मेरो नाम जोडिँदा पसलमा आगो लगाइयो : शान्ता चौधरी 

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

एमसीसी नेपाल कम्प्याक्टका लागि अमेरिकाले ५० मिलियन अमेरिकी डलर थप्ने

दक्षिणपश्चिमी जापानमा भीषण आगलागी स् १७० घर नष्ट, सयौँ विस्थापित

दक्षिणपश्चिमी जापानको एक बस्तीमा भीषण आगलागी हुँदा १७० घर जलेर नष्ट भएका छन् । आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

जापानको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार १७० घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन् । साथै, ७० वर्ष उमेरका एक पुरुष बेपत्ता भएपछि उद्धार टोली थप सतर्कताका साथ खोजीकार्यमा जुटिरहेको जनाइएको छ ।

आगलागी मंगलबार साँझ ओइटा सहरको माछा मार्ने बन्दरगाह नजिकै सुरु भएको थियो । तीव्र हावाका कारण आगो तीव्र गतिमा फैलिँदै वरपरका घरहरू र नजिकको जंगलमा समेत पुगेको थियो । ओइटा दक्षिणी मुख्य टापु क्युशोमा अवस्थित सहर हो । यहाँ यो दुर्लभ स्तरको आगलागीले स्थानीयहरूलाई गम्भीर विपत्तिमा पारेको छ ।

गाजामा २१९ उपचार केन्द्र सञ्चालन, राहत तथा खोप अभियान द्रुतगतिमा

भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु

चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु

म्यान्मामा अनलाइन ठगीविरुद्ध कडा कारबाही, सयौँ पक्राउ

पूर्वप्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य

विश्वका आधा जनसङ्ख्या सहरमा केन्द्रित : संयुक्त राष्ट्रसङ्घ

शान्त बङ्गलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीको अवस्था सामान्य




























प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ०२ बजे

दुर्गा प्रसाईँका सुरक्षागार्ड दीपक खड्का पनि पक्राउ, अभद्र व्यवहारको मुद्दामा अनुसन्धान सुरु

काठमाडौँ- नागरिक बचाउ महाअभियानका अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका

आईसीसी टी२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र सातौँ स्थानमा झरे

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२०आई

फ्लाईदुबईले १३ अर्ब डलर बराबरका ७५ विमान खरिद गर्दै

दुबई – कम लागतको एयरलाइन्स फ्लाईदुबईले बुधबार बोइङसँग १३ अर्ब

महासंघ र नेपाल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक

खेलाडीले आफ्नो जिम्मेवारी अनुसार खेलेनन्: मोन्टी देसाई

काठमाडौं- काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले सबै खेलाडीलाई आफ्नो जिम्मेवारी