आजका समाचार : बाबुराम र जनार्दनले ल्याए प्रगतिशील लोकतान्त्रिक पार्टी, आयोगमा दर्ता भयो कांग्रेस, एमाले बाँकी, अमेरिकी बहिष्कारबीच जी२० घोषणापत्र पारित र विश्वकप जित्न चुक्यो महिला दृष्टिविहीन टोली « Khabarhub

आजका समाचार : बाबुराम र जनार्दनले ल्याए प्रगतिशील लोकतान्त्रिक पार्टी, आयोगमा दर्ता भयो कांग्रेस, एमाले बाँकी, अमेरिकी बहिष्कारबीच जी२० घोषणापत्र पारित र विश्वकप जित्न चुक्यो महिला दृष्टिविहीन टोली


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री घिसिङको निर्देशन

सूर्यविनायक-धुलिखेल सडक अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ ।

काठमाडौं – भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरेर काम भइरहेको छ ।

यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ।

गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्

स्वास्थ्यमन्त्री र जापानका राजदुतबीच भेट : द्विपक्षीय साझेदारीलाई अझ दिगो बनाउने विषयमा छलफल 

आविष्कार केन्द्रको कोदो झार्ने मेसिनको प्रचार गर्दै शिक्षामन्त्री पुन !

निर्वाचनका लागि आयोगमा दर्ता भयो कांग्रेस, अब एमालेमात्रै बाँकी

नेपाली कांग्रेसले यही माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।शनिबार मात्रै पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट सोमबार निर्वाचन प्रयोजनका लागि कांग्रेस दलका रुपमा आयोगमा दर्ता भएको हो ।

उता कांग्रेससँग भदौ २४ गतेसम्म सत्ता सहकार्यमा रहेको नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छैन । एमाले राष्ट्रियसभाको निर्वाचनका लागि दर्ता भइसकेको छ ।

हनुमान र हिराको कथा सुनाउँदै सुदनले भने- नेपालीको भाग्य र भविष्यको तस्बिर खोज्दैछौँ

‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’

हर्क साम्पाङले भने- सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक छ 

एमालेको भोलेन्टियर्स फोर्सले भन्यो : सुदन गुरुङलाई नपक्रिए प्रतिरोध गर्छौँ

नेकपा (एमाले) को युवा दस्ता ‘नेशनल भोलेन्टियर्स फोर्स’ले ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ।

फोर्सले आइतबार विज्ञप्ति जारी गरेर गुरुङलाई पक्राउ नगरिए परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै चेतावनी दिएको हो ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार अपराधीलाई सजाय दिलाउनभन्दा पनि संरक्षणमा बढी केन्द्रीत बनेको दावी गरिएको छ ।

पछिल्लो केही दिनयता विभिन्न जिल्लामा एमाले नेताहरूमाथि योजनाबद्ध आक्रमणको प्रयास भइरहेको बताउँदै फोर्सले भनेको छ, ‘कथित नेता भनिने सुदन गुरुङको अराजक समूहले जितपुरसिमरा उपमहानगरपालिका-४ स्थित औराहमा रहेको एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दीशैलीमा परिवारका सदस्य तथा पुनःनिर्माणमा खटिएका कामदारलाई धम्याएकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

शेरधनसँगको टसलमा एमालेबाट ‘निलम्बन गरिएका’ कृपाशुर गुन्डुमा केपी ओलीसँग देखिए

महेश बस्नेतमाथि आक्रमण प्रयासमा संलग्‍नलाई सरकारले कारबाही गरोस् : रामकुमारी झाँक्री

भोजपुरका माओवादीको आरोप : पार्टी छाडेका सुदनले भ्रम छरे, आवश्यक परे प्रतिवाद गर्छौँ 

आक्रमण प्रयासपछि महेश बस्नेत : विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक

नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास

महेश बस्नेतमाथि आक्रमण प्रयासबारे दुजाङले भने- नेविसंघलाई बदनाम गर्नेहरूमाथि कारबाही हुन्छ

विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो

बाबुरामले भने- जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरेका हौँ

नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरिएको बताएका छन् ।

आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा भट्टराईले जेन-जी युवाहरूको मर्म र भावना अनुसार जेन-जी विद्रोहको उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताएका हुन् ।

उनले जने-जी युवाहरूको चाहना अनुसार राजनीतिक पुनर्संरचना आवश्यक रहेको भन्दै त्यसो हुन नसके नेपाल विश्वसँगै अघि बढ्न नसक्ने धारणा राखे ।

प्रगतिशील लोकतान्त्रिक पार्टी जेन-जी पुस्तासँग जोडिएको पार्टी भएकाले युवाहरू नै पार्टीको नेतृत्व लिनुपर्ने उनले बताए ।

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा कार्यक्रम सुरु (तस्बिरहरू)

‘दलभित्रका मठाधीशलाई धूपबत्ती गर्ने संस्कार तोड्न नयाँ बाटो हिँड्यौँ’

सन्तोष परियार भन्छन्- राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने अवस्था सिर्जना भयो

नेताको भ्रष्टीकरण, परिवारवाद र कुर्सीको खेलका कारण जेन-जी आन्दोलन भयो : जनार्दन शर्मा

सर्वोच्च अदालतमा आगो लगाउनेमध्येका दुईजना समातिए

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालत तोडफोड र आगजनीमा संलग्नमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

सर्वोच्चमा गरिएको आगजनीमा संलग्नमध्ये झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे ।

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

कर्मचारीलाई राजनीतिक गतिविधिमा लागे बर्खास्त गर्ने मन्त्रालयको चेतावनी

सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया  

बचत फिर्ताको माग गर्दै सहकारीपीडित धर्नामा (तस्बिरहरू)

बेसमेन्ट खन्दा सुरक्षा उपाय नअपनाउँदा छिमेकीको घर चर्केको उजुरी र क्षतिपूर्तिको माग बढ्दै

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनः निर्माण सुरु

पाँच महिनादेखि केरुङ नाका ठप्प (तस्बिरहरू) 

विश्वकप उपाधिबाट चुक्यो नेपाली महिला दृष्टिविहीन टोली, भारतसँग ७ विकेटले पराजित

नेत्रहीन महिला विश्वकप फाइनल : नेपालले भारतलाई दियो ११५ रनको चुनौती

भियतनाममा भीषण बाढी-भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु

भियतनाममा निरन्तर परेको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् ।

धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेका छन् । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम निरन्तर वर्षाको ठूलो प्रभावमा पर्दा लोकप्रिय पर्यटकीय सीमानाका सहरहरूमा बारम्बार बाढी ल्याई करोडौँ डलर बराबरको आर्थिक क्षति पुर्‍याएको छ ।

यमनमा हुथी अदालतद्वारा १७ जनालाई जासुसी आरोपमा मृत्युदण्ड

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ

मस्कोको पक्ष झुकेको अमेरिकी शान्ति योजनामाथि युक्रेनका सहयोगीको कूटनीतिक दबाब

अमेरिकी बहिष्कारबीच जी२० घोषणापत्र पारित : रामाफोसाले ‘खाली कुर्सी’लाई हस्तान्तरण गरे जिम्मेवारी

युक्रेन र अमेरिकाको वार्ता स्वीट्जरल्याण्डमा: ट्रम्पको योजना के छ ?

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ८ : ०० बजे

मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले मानव बेचबिखन तथा शरीर बन्धक

मुख्यसचिव अर्याल भन्छन्ः संविधानको मर्मअनुरुप तीन तहका सरकारबीच समन्वय हुनुपर्छ

काठमाडौं – नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संविधानको मर्म र

सरकारले निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउनुपर्छः अध्यक्ष यादव

रोतहट – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने दुई युवा रिहा

काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः ज्ञानबहादुर बम्जन कारागार चलान

काठमाडौँ- काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा पक्राउ परेका