आजका समाचार : शीर्ष नेताहरूबीच टीआरसीसम्बन्धी छलफल, प्रेस चौतारीमा किचलो र अमेरिका र रुसबीच वार्ता | Khabarhub Khabarhub

आजका समाचार : शीर्ष नेताहरूबीच टीआरसीसम्बन्धी छलफल, प्रेस चौतारीमा किचलो र अमेरिका र रुसबीच वार्ता


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

सरकारले टीआरसीसम्बन्धी आयोग बनाउन सिफारिस समिति गठन गर्ने
सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनका लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि प्रक्रिया अगाडि बढाउने भएको छ । सिंहदरबारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको समझदारीअनुसार सरकार दुवै आयोगको गठनका लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउने भएको हो ।

बैठकपछि छलफलमा सहभागी नेकपा एमालेका नेता तथा पूर्व कानुनमन्त्री अग्नि खरेलले नेत्राद्वयबीच भएको परामर्शबमोजिम सिफारिस समिति गठनको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।

‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुबै आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिका लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउन सम्माननीय प्रधानमन्त्रीज्यूले दुबै दलका नेताहरूसँग परामर्श गर्नुभयो,’ उनले भने, ‘परामर्शबमोजिम अब सिफारिस समिति गठनको प्रक्रिया अगाडि बढ्छ ।’

इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको छ : मन्त्री पाण्डे 

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत

एक वर्षभित्र ५७ प्रतिशत नागरिकले स्वच्छ खानेपानी पिउनेछन् : मन्त्री यादव

टीआरसीमाथि छलफल गर्न शीर्ष नेताहरू सिंहदरबारमा 

अर्थतन्त्र गतिशील बनाउन सबैले आ-आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्छ : देउवा 

पार्टी एकताबारे छलफल गर्न जनमतले बोलायो राष्ट्रिय परिषद् बैठक
डा। सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ । जनमत पार्टी केन्द्रीय सचिवालय समिति बैठकको निर्णयनुसार राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको प्रवक्ता शरदसिंह यादवले बताए ।

यादवका अनुसार बैठक १५ गते शुक्रबार बिहान ९ बजे देखि मध्य बानेश्वरमा बस्ने छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीसँगको एकताका विषयमा छलफल हुने बताइको छ ।

अहिले यी दुई पार्टीबीच एकताका लागि विभिन्न प्रक्रियाहरूमा छलफल भइरहेको छ । जसमा प्रस्तावित नाम नागरिक जनमत पार्टी हुने सम्भावना छ ।

पार्टी अध्यक्षमा डा। राउत रहने सहमति छ । यस्तै संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने र सहअध्यक्षमा भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् । चुनाव चिह्न नाउपाको ढकियालाई राखिने छलफल चलिरहेको छ ।

नागरिक उड्डयन र हवाई सेवा विधेयकबारे धारणा बनाउँदै रास्वपा 

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत

अस्पताल बनाएर मात्रै पुग्दैन, क्षमतावान जनशक्ति पनि चाहिन्छ : मन्त्री पौडेल

तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव

सूचना प्रविधि पूर्वाधार निर्माणमा केन्द्रीत बजेट बनाउन मन्त्री गुरुङको जोड

किसानका समस्या सम्बोधन गर्न कृषि नीति अघि बढाइने छ : मन्त्री अधिकारी

एमालेनिकट पत्रकारको चुनाव : टीकेप्रथाबाट नेतृत्व छानिँदै, मनोनयन गर्न निषेध
सत्तारूढ नेकपा एमालेले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनमा जबर्जस्ती हस्तक्षेप गरेको छ।

अध्यक्षमा वर्तमान उपाध्यक्ष गणेश पाण्डेलाई सुनिश्चित गर्न बालुवाटारको निर्देशनमा नेताहरूले हस्तक्षेप गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी राजेश राईलाई रोक्न अध्यक्ष मण्डलले मनोनयन पत्र नै नदिएको हो ।

उपाध्यक्ष राईले निर्वाचन माग गरिरहेका बेला एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको अध्यक्षमण्डलले मनोयन पत्र नै नदिई निर्वाचनमा जानबाट रोकेको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै प्रचार विभाग प्रमुख गौतम र जनसंगठन समन्वय संम्यस्न्त्रका प्रमुख भानुभक्त ढकालले नयाँ नेतृत्वमा दाबी गरिरहेका राई पक्षलाई पाखा लगाउने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रतिस्पर्धामा निषेध गरेपछि राजेशले भने : एमालेमा हामीमाथिको प्रश्न यही अन्तिम होस्

चौतारीमा उम्मेदवारी रोक्न तोकियो चर्को शुल्क : अध्यक्षको ३५ हजार, अरू पदाधिकारीको २५ हजार

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

कालोपुल क्षेत्रमा बनेका अवैध संरचना महानगरले भत्कायो (तस्बिरहरू)

सेकार्कु तातोपानी कुण्ड व्यवस्थित बनाउन पूर्वाधार निर्माण

प्रेस सेन्टर कर्णालीको अध्यक्षमा चुनिए भट्टराई

प्लाई उद्योगमा भएको आगलागी अझै नियन्त्रणमा आएन

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

विदेशी पुनर्बीमा दलालहरूले नेपालमा कार्यालय स्थापना गर्नुपर्ने

लोकसेवा अध्यक्ष रेग्मीको भनाइप्रति मुख्यमन्त्रीको कटाक्ष – संवैधानिक निकायको प्रमुखलाई संघीयताविरुद्ध बोल्न छुट छैन 

ट्रम्पको सामना गर्न नयाँ म्यान्डेटका लागि क्यानडामा निर्वाचनको मिति तोकियो
केही दिन अघि मात्र क्यानडामा प्रधानमन्त्री भएका मार्क कार्नीले निर्वाचनको मिति घोषणा गरेका छन्। उनले २८ अप्रिललाई नयाँ निर्वाचनको मिति तय गरेका हुन्।

क्यानडा र अमेरिकाको व्यापार युद्ध सुरु भएको तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राष्ट्र बनाउने घोषणा गरेको समयमा हुन आँटेको सो निर्वाचनमा उम्मेदवारका लागि यी दुवै चुनौतीका विषय हुने छन्।

कार्नीको प्रतिस्पर्धा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभियरेसँग हुनेछ। सन् २०२३ को अप्रिलदेखि यता भएको सर्वेक्षणमा उनको दलले अग्रता लिइरहेको छ। राजधानी आटोवामा बोल्दै प्रधानमन्त्री कार्नीले ट्रम्पको सामना गर्न प्रस्ट र सकारात्मक म्यान्डेटको आवश्यकता रहेको बताएका छन्।

कुनै समय निर्वाचनको सामना गर्न समेत असक्षम जस्तो देखिएको लिबरल पार्टीले अहिले कार्नीको नेतृत्वमा लगातार चौथो कार्यकाल सरकार बनाउने आशा गर्न थालेको छ। बेलायत तथा क्यानडाका पूर्व केन्द्रीय बैङ्कका गभर्नर ६० वर्षीय कार्नी अहिलेसम्म अनटेस्टेड नेता हुन्।

अमेरिकामा वैधता गुमाएका पाँच लाख आप्रवासीको डिपोर्ट २४ अप्रिलबाट हुने

अमेरिकासँगको वार्ता सकारात्मक भएको युक्रेनको ठहर

अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण

तीन दिने भ्रमणका लागि मोदी श्रीलंका जाने

अमेरिकाद्वारा बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायविरुद्ध जारी हिंसाको निन्दा

भारतद्वारा सुरिनामलाई १० लाख डलर बराबरको औद्योगिक सामग्री सहयोग

अमेरिका र रुसबीच युक्रेनबारे साउदीमा वार्ता सुरु

संयुक्त राष्ट्रसङ्घले माग्यो रोहिङ्ग्या शरणार्थीका लागि  एक अर्ब डलर 

फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाउन खोजिएको चीनको भनाइ

अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ता गर्न खुला : इरान









प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : ५६ बजे

नेप्सेको सीईओ नियुक्ति हुनै बाँकी

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त

नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह देखिएको छ ।

दोहोरो सुविधा लिएको भन्दै सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं- सातै प्रदेशका मुख्यमन्त्री तथा प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट

काभ्रे जिसस प्रमुख दीपक गौतम पक्राउ परे

काठमाडौं- जिल्ला समान्वय समिति (जिसस) काभ्रेपलान्चोकका प्रमुख दीपककुमार गौतम काठमाडौंबाट

एसईई दिएर फर्किएकी किशोरी घरमा झुन्डिएको अवस्थामा भेटिइन्

बझाङ– बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक