आजका समाचार : कुलमान प्रकरणले संसद् ठप्प, भूमिसम्बन्धी अध्यादेश फिर्ता र सूचना चुहिएपछि ट्रम्प तनावमा | Khabarhub Khabarhub

आजका समाचार : कुलमान प्रकरणले संसद् ठप्प, भूमिसम्बन्धी अध्यादेश फिर्ता र सूचना चुहिएपछि ट्रम्प तनावमा


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कुलमान प्रकरणमा विपक्षीले गरे संसद् अवरोध, प्रधानमन्त्रीसँग मागे जवाफ
सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठक सुरु भएलगत्तै प्रतिपक्षमा रहेका दलका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिपक्षहरूले अवरोध गरेपछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

सभामुखबाट पाएको ५ मिनेटको समयमा संसद्मा बोल्दै उनले घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी नगराउँदासम्म संसद् सुचारु हुन नसक्ने बताए ।

बस्नेतले बोलिसकेपछि प्रतिपक्षी दलका सांसदहरू गरेको अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका छन् ।

राष्ट्रियसभा पनि अवरुद्ध, १५ मिनेटका लागि बैठक स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा स्थगित, भोलि ११ बजे बस्ने

सडकपछि सदनमा पनि विपक्षीले घेरे सरकारलाई (तस्बिरहरू)

प्रचण्डले भने- कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्दैन

प्रधानमन्त्रीबारे जथाभावी नबोल्नुस्, कहाँ पार्लियामेन्टमा जवाफ दिने ? सक्कियो ! (भिडियोसहित)

भूमिसम्बन्धी अध्यादेशबाट अन्तत : पछि हट्यो सरकार, फिर्ता लिन गठबन्धन दल सहमत
नेपाली कांग्रेस र नेकपा एमालेसहितको दुईतिहाइ बहुमत नजिकको सरकार अन्ततस् विवादमा परेको भूमिसम्बन्धी अध्यादेशबाट ‘ब्याक’ भएको छ । सत्तारुढ दलहरूको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको हो।

प्रधनमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भूमिसम्बन्धी अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

‘भूमिसम्बन्धी अधयादेश प्रतिस्थापन विधेयकका रुपमा अघि जान सक्ने अवस्था रहेन । त्यसैले यस विषयमा के गर्ने भन्ने नै आजको मुख्य एजेन्डा हो,’ बैठकपछि घिमिरेले भने, ‘यो विषयमा अब यसलाई रेगुलर विधेयककै रुपमा लगेर नियमित विधेयकमा अरु सत्तारुढ दलहरूको जे कन्सर्न छ, तिनलाई पनि आउने विधेयकमा समेटेर लैजाने निर्णय भएको छ ।’

गत पुस २६ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति पौडेलले पुस २९ गते चारवटा अध्यादेश जारी गरेका थिए । ती सबै अध्यादेश संसद्‍का दुवै सदनबाट स्वीकृत भइसकेका छन् ।

कुलमानबारे प्रधानमन्त्रीको जवाफ- सरकारले एउटालाई हटायो, अर्को नियुक्ति गर्‍यो, छाती पिटीपिटी नरूनू 

कुलमानबारे ऊर्जामन्त्री खड्काले संसद्लाई जवाफ दिने  

जनतालाई गृहमन्त्रीको आग्रह- तानाशाही व्यवस्था आए राम्रो हुन्छ भन्ने भ्रममा नपर्नुहोस्

उपेन्द्रको दाबी- भूमिसम्बन्धी अध्यादेश फिर्ता गराएर सरकारलाई साइजमा ल्यायौँ

जापानी राजदूतलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न सञ्चारमन्त्रीको अनुरोध

‘चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार बढीलाई प्रत्यक्ष लाभ’ 

जापानी राजदूतलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न सञ्चारमन्त्रीको अनुरोध

प्राधिकरणमा फर्काउन मागसहित कुलमान पुगे सर्वोच्च अदालत
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले गैरकानुनी रुपमा पदमुक्त गरेको जिकिरसहित सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

उनले आफूलाई पदमुक्त गर्ने यही सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय बदर गरी प्राधिकरणको प्रबन्ध निर्देशक ९एमडी० मा पुनर्स्थापना गरिदिन माग गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले बदनियत राखेर आफूमाथि पटक(पटक स्पष्टीकरण सोधेर गलत ढंगले पदमुक्त गरेको उनले जिकिर गरेका छन् ।

प्राधिकरण घेर्न पुगेका युवाहरूमाथि प्रहरीको धरपकड, हेर्नुस् तस्बिर

कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय गलत : जनमोर्चा

१५ गतेको जनप्रदर्शन कमजोर बनाउने काम नगर्न समाजवादी मोर्चाको चेतावनी

दोहोरो सुविधा लिएको भन्दै सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूविरुद्ध सर्वोच्चमा रिट

सदनमा विपक्षीले अवरोध गरिरहँदा बालुवाटारमा सत्ता पक्ष, प्रधानमन्त्री पनि सहभागी

समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह 

संघीय निजामती सेवा ऐनमा कर्मचारीका माग सम्बोधन नगरे आन्दोलनको चेतावनी

सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रण

इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवन सेन्टर प्लाजामा भएको आगलागी । सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउन डोरीको सहायताले भवनमा चढ्दै गरेका सुरक्षा

इटहरी– इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उनले बताए।

के कारणले आगो लागेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो ।

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि पठाइयो सेनाको हेलिकोप्टर

आगलागीपछि सेन्ट्रल प्लाजामा अड्किएका ११ जनाको हेलिकप्टरबाट उद्धार

‘हार बेहोर्न नसकेका व्यक्तिहरूले अपांग संघलाई बदनाम गर्न खोजे’

गण्डकी प्रदेशसभा : अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

एसईई दिएर फर्किएकी किशोरी घरमा झुन्डिएको अवस्थामा भेटिइन्

मुख्यमन्त्रीको निर्देशन नटेर्ने डाक्टर उमेश जयसवाल पक्राउ

फेसबुक, एक्स लगायत सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए बन्द गर्ने सरकारको तयारी

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित
दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ ।

अधिकारीहरूका अनुसार आगलागीले १८ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएको तथा २७ हजार मानिसलाई विस्थापित हुन बाध्य पारेको छ ।

आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक दक्षिणपूर्वी उइसेङ जङ्गलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । कोरिया वन सेवाले उद्धार कार्य जारी रहेको र विमानमा एक पाइलट मात्र थिए भन्ने अनुमान गरेको छ ।

एक प्राचीन बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारी साधनहरू लगायत संरचनाहरू नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको र १९ जना घाइते भएको सरकारको आपतकालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।

चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाको प्रतिबन्ध

आर्मेनियाको संसदबाट इयु प्रवेशको पक्षमा मतदान

बङ्गलादेशका युनुस पहिलो राजकीय भ्रमणका लागि चीन प्रस्थान

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु

थाई प्रधानमन्त्री सिनावात्राले पाए विश्वासको मत

ग्रुप च्याटमा पत्रकार मिसिएको विषयले ट्रम्प क्याबिनेटमा तरंग












प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : ५६ बजे

पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट नै परिवर्तन

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको

‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत

काठमाडौं – सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले

आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा

अर्घाखाँचीमा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको

चितवनले जित्यो १३औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी

दोलखा । १३ औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी चितवनले