आजका समाचार : गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीले घेरे संसद्, युवासंघको अध्यक्षमा थेबे दोहोरिए र आणविक सहमति गर्न इरान तयार | Khabarhub Khabarhub

आजका समाचार : गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीले घेरे संसद्, युवासंघको अध्यक्षमा थेबे दोहोरिए र आणविक सहमति गर्न इरान तयार


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

मन्त्रिपरिषद् बैठक निर्णय : एकै पटक १० जना सचिवको सरुवा, अरू के-के गर्‍यो ?

सरकारले एकै पटक १० जना सचिवहरूको सरुवा गरेको छ ।

मंगलबार सिंहदरबारमा जेठ १२ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवा तर्फ दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईँलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

अर्थमन्त्रीबाट राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे ‘ब्रिफिङ’

सडक स्तरोन्नतिमा क्षति हुने घरटहराको क्षतिपूर्ति उपलब्ध गराइन्छ : सञ्चारमन्त्री गुरुङ

प्रधानमन्त्री ओलीविरुद्ध प्रहरीमा उजुरी गर्दा उल्टै हिरासतमा पुगे राप्रपाका नेता

दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने

प्रतिनिधिसभाको बैठक स्थगित

प्रमुख प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । संसद् सचिवालयले दोस्रोपल्ट सूचना टाँस गरेर संसद् बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयले मंगलबारको बैठक सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सहमति जुटाउन दलहरूसँग छलफल गरेका थिए ।

छलफलमा प्रतिपक्षी दलहरूले संसद् बैठकमा राखेको मागबाट पछि नहट्ने अडान यथावत राखेका थिए । उनीहरूले बिहान बसेको बैठकमा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गरेका थिए ।

गृहमन्त्रीलाई उनकै भाषण सम्झाउँदै शिशिर खनालले भने- राजीनामा दिएर कारबाहीका लागि तयार हुनुस्

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु अराजनीतिक : महेश बर्तौला

भिजिट भिसा प्रकरणबारे बोल्दै मिनेन्द्र रिजालले भने –राजीनामा माग्ने आपराधिक प्रवृत्ति हाबी भयो

वर्षमानले भने– ठूलो माछा को हो ?

‘भिजिट भिसा प्रकरण मानव तस्करी हो, गम्भीर भएर छानबिन हुनुपर्छ’

प्रचण्डले भने- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्छौँ 

‘मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण’

‘मानव अधिकार आयोगका सिफारिसको कार्यान्वयन न्यून’

लिङ्देनको आशंका- प्रधानमन्त्रीकै निर्देशनमा सरकारले जेठ १५ गतेको कार्यक्रम भड्काउने योजना बनायो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफुहरुको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको बताएका छन्।

जेठ १५ राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष लिङ्देनले रत्नपार्कमा कार्यक्रम घोषणा गर्दा प्रधानमन्त्रीले त्यहीँनजिकै जम्मा भएर प्रतिवाद गर्न निर्देशन दिनुले कार्यक्रम भड्काउन खोजिएको दाबी गरे ।

उनले सरकारको तर्फबाट मुठभेट निम्ताउने क्रियाकलाप भएको आरोप लगाए । अध्यक्ष लिङ्देनले आफुहरुको कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजार भन्दाबढी स्वयंसेवक परिचालन गर्ने जानकारी दिए ।

एमाले महासचिव भन्छन्- अब विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्छ

‘ज्ञानेन्द्रसमेतको सहमतिमा हृदयन्द्रलाई राजा बनाउन सकिन्छ’

युवासंघमा कडा टक्कर, क्षितिज र सुमनबीच २ मतको अन्तर

युवासंघको अध्यक्षमा क्षितिज थेबे दोहोरिए

नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा सुरूबाटै अहिले अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

सुमन पुरीले सुरूवातमा अग्रता बनाए पनि अहिले थेबे अगाडि लागेका छन् । ताजा अवस्थामा थेबेले २७३ र पुरीले २७१ मत ल्याएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितका नेताहरूको साथ पाएका क्षितिज थेबेले झिनो मात्रै अग्रता बनाउन सकेका छन्।

मंगलबार बिहान १० बजेदेखि भएको मतदानका क्रममा ३६० जना प्रतिनिधि अनुपस्थित भए । राष्ट्रिय युवा संघको महाधिवेशनमा जम्मा १ हजार ७६४ प्रतिनिधि थिए । तर १ हजार ४ सय ४ जनाले मात्रै नयाँ नेतृत्वका लागि मतदान गरेका छन् ।

युवासंघमा क्षितिज थेबेलाई १०० मतको अग्रता

राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि मतदान सुरु

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट

गण्डकीको प्रमुख सचिवमा शोभाकान्त पौडेल 

गण्डकी सरकारको प्रि-बजेटमा विपक्षीको आरोप

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वाईसीएलको प्रदर्शन (तस्बिरहरू)

नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले नालायक प्रधानमन्त्री राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सगरमाथा आरोहणमा ताशी शेर्पाको विश्व कीर्तिमान, १५ दिनमा चारपटक पुगे चुचुरोमा (तस्बिरहरू)

पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’ निर्माण

विद्यार्थीलाई पढाइसँगै सीप सिकाइँदै

चिनियाँ रासायनिक कारखानामा विस्फोट, ५५ वटा सवारी र २३२ जना उद्धारकर्ता खटाइँदै

पूर्वी चीनको एक रासायनिक कारखानामा मङ्गलबार भएको ठूलो विस्फोटका कारण भवनबाट ठूलो मात्रामा धुवाँको मुस्लो उठेको चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

चीनको समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीका अनुसार राजधानी बेइजिङबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको शान्दोङ प्रान्तको गाओमी शहरमा अवस्थित युदाओ केमिकल प्लान्टमा स्थानीय समयअनुसार बिहान ११ः५७ बजे विस्फोट भएको हो ।

बेइजिङबाट प्रकाशन हुने पत्रिका सिनजिङबाओको अनलाइन सेवामा प्रसारण गरिएको भिडिओमा आकाशमा धूलो र धुवाँको बाक्लो मुस्लो उडिरहेको, औद्योगिक क्षेत्रमा आगो लागेको र पसलका झ्यालहरू विस्फोटबाट उडेको देखिन्छ।

भिडियो क्लिपमा सडकको छेउछाउमा भग्नावशेष छरिएको, झ्यालहरू फुटेको कार र पृष्ठभूमिमा रहेका घर तथा भवनहरूलाई प्रभावित पार्ने खालको सुन्तला रङ्गको ठूलो आगोको लप्को पनि देखाइएको छ ।

राष्ट्रिय आपत्कालीन व्यवस्थापन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपत्कालीन सेवाका लागि ५५ वटा सवारी साधन र २३२ जना पहिलो उद्धारकर्तालाई घटनास्थलमा पठाएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

कर र महँगीको असर कम गर्न जापान सरकारको विशेष पहल

बङ्गलादेशमा मृत्युदण्ड पाएको नेता सर्वोच्च अदालतबाट निर्दोष घोषित

विद्यालयको सेल्टरमा इजरायलले आक्रमण गर्दा ५४ जनाको मृत्यु

नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै

लिभरपुलको विजय जुलुसको भीडमा अनियन्त्रित कार प्रवेश गर्दा दर्जनौँ घाइते

आणविक सहमतिका लागि इरान तयार

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ५७ बजे

बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न

नख्खु कारागारबाट छुटे अफताव आलम

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका

अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?

काठमाडौं– दोस्रो जनआन्दोलन पश्चात ०६४ चैत २८ गते संविधानसभाको चुनावको