अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा « Khabarhub

अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना बेपत्ता भएको घटनामा एक जना सदस्य प्रहरी सम्पर्कमा आएकी छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हायू परिवारकी माइली छोरी सुजाता हायू सम्पर्कमा आएकी हुन् । उनी पहिलेदेखि नै काठमाडौंमा श्रीमानसँग बस्दै आएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार प्रहरीको सम्पर्कमा आएकी सुजाताले परिवारका अन्य सदस्य आफ्नो सम्पर्कमा नरहेको भन्दै खोजीदिन आग्रह गरेकी छन् ।

उनले भने, ‘बेपत्ता हायू परिवारकी छोरी सुजाता हाम्रो सम्पर्कमा आएकी छन्। उनले आफू लामो समयदेखि श्रीमानसँग काठमाडौंमा बस्दै आएको बताएकी छन् । परिवारका अन्य उनको सम्पर्कमा छैनन् । ’

यसअघि सोमबार गोलन्जोर गाउँपालिकाले सुजातासहित परिवारका १६ जना सदस्य बेपत्ता भएको भन्दै नामावली सार्वजनिक गरेको थियो। उनीहरू गत शुक्रबारदेखि सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ८ : ५२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह