अर्थसंक्षेप : आयो १९ खर्बको बजेट, वृद्धभत्तालाई ७० वर्ष, ईभीको कर नबढ्दा चुरोट र मदिरामा थपियो « Khabarhub

अर्थसंक्षेप : आयो १९ खर्बको बजेट, वृद्धभत्तालाई ७० वर्ष, ईभीको कर नबढ्दा चुरोट र मदिरामा थपियो


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन् ।

‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ’, बजेट वक्तव्यपछि संक्षिप्त प्रतिकृया दिँदै अर्थमन्त्री पौडेलले भने, ‘विगतका कमजोरीहरुलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरु सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ।’

अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ । विनियोजन कुशलतातर्फ अभिमुख भएको छ । सिमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ ।

प्रतिनिधिसभामा बजेट टेबुल

अर्थमन्त्रीले विद्युतीय गाडीको कर यथावत राखेको भन्दा संसद्‍मा हाँसोको फोहरा

कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गरिने

लघुवित्त पीडितलाई सहुलियतपूर्ण कर्जा दिइने

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी बचतकर्तालाई फिर्ता गरिने

सरकारले नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्‍याउने

कर्मचारीको महँगी भत्ता पाँच हजार पुग्यो, तलब भने बढेन

सरकारले राज्यकोषबाट तलब खाने कर्मचारीको महँगी भत्तामा वृद्धि गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत् राज्यकोषबाट तलब खाने कर्मचारीको महँगी भत्ता वृद्धि गरेर पाँच हजार पुर्याएको घोषणा गरेका हुन् ।

मन्त्री पौडेलले राज्यकोषमा परेको दबाबका कारण कर्मचारीको तलब बढाउन नसकिएको बताए ।

तत्कालीन सरकारले आर्थिक वर्ष ०७८/७९ को बजेटबाट निजामती कर्मचारीको तलबमा मासिक दुई हजार रुपैयाँको दरले वृद्धि गरेको थियो । साथै, कर्मचारीको तलबमानमा ग्रेड र प्राविधिक कर्मचारीको लागि गरिएको विशेष व्यवस्थाअनुसार थप ग्रेडको व्यवस्था गरेको थियो ।

नेपाल वायुसेवा निगमको क्षमता अभिवृद्धि गर्न विदेशी साझेदारसँग रणनीतिक साझेदारी गरिने

बजेटमा समेटियो नेप्सेको पुनर्संरचना

खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट विनियोजन

देउवाको गृहजिल्लामा विमानस्थल, ओलीकोमा आधुनिक रंगशाला

सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच विस्तार गर्ने

उपत्यकामा मेट्रो र मेनो रेलको समभाव्यता अध्ययन गरिने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५२ अर्ब विनियोजन

नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने

विद्युतिय गाडिको प्रयोग गर्ने प्रोत्साहन गर्ने

ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई ८६ अर्ब १ करोड विनियोजन

प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ८२ अर्ब विनियोजन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ९५ अर्ब ८१ करोड विनियोजन

सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेका हुन् ।

हुलाकी राजमार्गको लागि ३ अर्ब ५६ करोड विनियोजन

कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गरिने

आगामी आर्थिक वर्षमा थप ५ लाख नागरिकलाई लालपूर्जा दिइने

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने : अर्थमन्त्री

महिलाको नाममा उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने

प्रत्येक प्रदेशको ३ विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन गरिने

युवालाई २० लाखसम्म बिनाधितो कर्जा दिइने

स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने 

शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब

सरकारले शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् शिक्षा क्षेत्रको लागि खर्च गर्नेगरी सो रकम विनियोजन गरेको हो ।

सरकारले विद्यालयहरु गाभ्नका लागि प्रोत्साहन गर्ने कार्यक्रम पनि बजेटमा घोषणा गरेको छ । १० अर्ब १९ करोड विद्यार्थी खाजाका लागि विनियोजन गरिएको समेत उनले बताए । साथै अन्य मुसहर, दलित विद्यार्थी लगायत विभिन्न शिर्षकमा सञ्चालनमा रहेका छात्रवृत्ति पनि यथावत रहने बताए ।

साथै, विश्वविद्यालयलाई आवश्यकताको आधारमा अनुदान उपलब्ध गराउने र नियम पालना नगर्ने विश्वविद्यालयको अनुदान कटौती गर्ने समेत उनले बताए ।

मेडिकल शिक्षामा उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई गरिब र पिछडिएको क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइने मन्त्री पौडेलले बजेटमा उल्लेख गरेका छन् ।

औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड विनियोजन

दिगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड विनियोजन

कृषि तथा पशुपन्छी क्षेत्रलाई ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट

सेजको भाडा प्रतिवर्गमिटर ५ रुपैयाँ मात्र

वैदेशिक रोजगारीको सिलसिलामा ९७४ कामदारको मृत्यु : आर्थिक सर्वेक्षण

बजेटले विचौलियालाई गुण तिर्‍यो, नेताको भुँडी भर्ने गरि आयो : प्रभु साह

बजेटमा स्वर्णिमको प्रतिक्रिया : सकारात्मक छ, तर नीतिगत व्यवस्था वाधक

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : ३८ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।