ओलीको नजरमा यी हुन् एमालेमाथि आक्रमण गर्ने चारथरी शक्ति
प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको निष्कर्ष निकालेको छ ।
साउन ५ देखि ७ गतेसम्म चलेको नवौँ केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति जारी गरेको अन्तरपार्टी निर्देशिकामा उक्त कुरा उल्लेख गरेका छन् ।

एमालेले पछिल्लो समय पार्टी र यसको नेतृत्वमाथि चौतर्फी घेराबन्दी र कुप्रचार भइरहेको दाबी गरेको हो ।
साउन ५ देखि ७ गतेसम्म सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा यस्तो निष्कर्ष निकालिएको छ । ओलीले चारथरीका शक्तिहरूले पार्टीमाथि हमला गरिरहेको निचोड निकालेका छन् । उनले ती आरोप र आक्रमणलाई लिएर भ्रममा नपरी सशक्त प्रतिवादमा उत्रिन पार्टीपंक्तिलाई आह्वान गरेका छन्।
एमालेको निष्कर्ष- ज्ञानेन्द्र शाहले फागुन ७ मा उकासेका राजावादीको मनोबल खस्किस्यो
ओलीको नजरमा यी हुन् एमालेमाथि आक्रमण गर्ने चारथरी शक्ति
रास्वपाको हस्ताक्षर अभियानबारे प्रधानमन्त्रीको कटाक्ष- तीन करोडभन्दा माथि चाहिँ नपुगोस्
भूमिमन्त्रीले भने- गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेक अरूमा प्रयोग गरे स्वतः सरकारको हुन्छ
एमाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश कमिटीमा ३२ जना मनोनीत
एमाले कार्यकर्तासहित १६ जना प्रवेश गरे एकीकृत समाजवादीमा
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको तेस्रो चरणको उद्घाटन
ओली भन्छन्- अब दार्जीलिङको होइन, जनकपुरको रेल भन्दै नाच्नू
प्रधानमन्त्रीलाई एमाले कैलाली-२ को ध्यानाकर्षण पत्र : सुदूरपश्चिमको विकास र पूर्वाधारमा जोड
प्रचण्डले माधव र विप्लवलाई एकताको कार्ड फ्याँकेलगत्तै समाजवादी मोर्चाको बैठक
नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको प्रतिपक्षी दलहरू संलग्न समाजवादी मोर्चा नेपालको बैठक मंगलबार बस्दैछ । मंगलबार दिउँसो ३ बजे आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा यो बैठक बस्न लागेको हो ।
यो बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चाको भावी गतिविधिसहितका विषयमा छलफल हुन लागेको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

यो बैठकअघि नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी अध्यक्ष माधवकुमार नेपालले पटक पटक संवाद गरेका थिए ।
दुई दलका शीर्ष नेताहरूबीच दुई दिनसम्म लगातार छलफल भएको थियो । उक्त छलफलमा अध्यक्ष प्रचण्डलाई पार्टी एकताको प्रस्ताव राखेको स्रोतले उल्लेख गरेको छ ।
कांग्रेस बागमती संसदीय दलको बैठक हेटौँडामा, टरेको छैन मुख्यमन्त्री लामाको संकट
‘रानी जमरा कुलरिया आयोजनाले कृषिमा आत्मनिर्भरता र ग्रामीण समृद्धिमा योगदान पुर्याउछ’
सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : देउवा
चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य
वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष शाहीको निधन
हवाई क्षेत्रको संस्थागत सुधारका विषयमा स्पष्ट हुन जरुरी : माधव सापकोटा
सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ : प्रचण्ड
समाजवादी मोर्चाको बैठक : विप्लवलाई फकाइयो, भदौ अन्तिमदेखि नयाँ कार्यक्रम थाल्ने
बागमतीका मुख्यमन्त्री लामाले संसदीय दलमा गुमाए विश्वास, बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो
बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकमा मतविभाजन हुँदा लामाको पक्षमा १५ मात्रै सांसद उभिएका हुन्। उता उनको विपक्षमा २२ जना सांसद उभिएका छन् ।

कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो । बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि लामालाई हटाउने प्रक्रिया अघि बढेको हो ।
शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये २ जना सांसद लामाको पक्षमा उभिए पनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नोतिर तान्दै २२ सांसद जुटाएका हुन् ।
दलको नेताबाट हटे पनि राजीनामा दिन्नँ : मुख्यमन्त्री लामा
कांग्रेस बागमती संसदीय दलको बैठक हेटौँडामा, टरेको छैन मुख्यमन्त्री लामाको संकट
‘प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छ’
बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा
ऊर्जा मन्त्री भन्छन्- भारततिर ८ सय मेगावाट बिजुली गइरहेको छ, ट्रिपिङले दु:ख दियो, लोडसेडिङ कहीँ छैन
‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’
विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह
हितेन्द्रले भने- संकटग्रस्त मधेशका डिप बोरिङ जडान हुने स्थानमा छिटो विद्युतको पहुँच पुर्याऔँ
सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना
सुदूरपश्चिमका दुई मन्त्री सवार छुट्टाछुट्टै गाडी एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । कैलालीको लम्कीमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि प्रदेश राजधानी धनगढीबाट चिसापानी जाने क्रममा मन्त्री सवार गाडीहरू लम्कीमा एक–आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार से १ झ ३३० र बा२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् । सार्की से १ झ ३३० मा र पाल बा २ झ १४१९ नम्बरको गाडीमा सवार थिए । दुबै गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
कैलालीको जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली सुदूरपश्चिम गएका छन् ।
भक्तपुरमा तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो
नेपालमा पनि विश्व बाघ दिवस मनाइयो
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
पतञ्जलि जग्गा विवाद : १८ करोड बिगोको मुद्दामा ५ लाख धरौटी राखेर रिहा भए पूर्वसचिव पन्त
हेटौँडा यातायात कार्यालयबाट ५७ करोड राजस्व संकलन
भक्तपुरमा यसरी मनाइयो नागपञ्चमी
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग,सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
श्रावण शुक्ल पञ्चमी : घरघरमा नाग टाँसियो
इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता
चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव
सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु
नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी
चाँगुनारायणमा दर्शनार्थीको घुइँचो
मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू)
शुक्लाफाँटा निकुञ्ज पाटेबाघका लागि प्रख्यात
‘बघौरा’ र ‘महारानी’ हेर्न जावलाखेलमा भीड (तस्बिरहरू)
कम्बोडियाले युद्धविराम भङ्ग गरेको थाई सेनाको आरोप
थाइल्यान्डको सेनाले मङ्गलबार कम्बोडियामाथि युद्धविराम भंग गरी झडप जारी राखेको आरोप लगाएको छ । कम्बोडियामाथि घण्टौँ लामो युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै थाई सेनाले लडाइँ अन्त्य गर्ने सम्झौताका बाबजुद झडप जारी रहेको बताएको छ ।

सोमबार मलेसियामा भएको शान्ति वार्तापछि दुवै पक्षले आठ सय किलोमिटर लामो सीमामा रहेका विवादित क्षेत्रका प्राचीन मन्दिरहरूको विषयमा भएको लडाइँ अन्त्य गर्न मध्यरातबाट बिना शर्त युद्धविराम सुरु गर्ने सहमति गरेका थिए ।
“सम्झौता लागू हुँदा थाई पक्षले कम्बोडियाली सेनामाथि थाई क्षेत्रभित्रका धेरै क्षेत्रमा सशस्त्र आक्रमण गरेको पत्ता लगाएको थियो”, थाई सेनाका प्रवक्ता विन्थाई सुवेरीले एक विज्ञप्तिमा भने, “यो सम्झौताको जानाजानी उल्लङ्घन र आपसी विश्वासलाई कमजोर पार्ने स्पष्ट प्रयास हो, थाइल्यान्ड आत्मरक्षाको आफ्नो वैध अधिकार प्रयोग गर्दै उचित प्रतिक्रिया दिन बाध्य छ ।”
सन्तान जन्माउने चिनियाँ दम्पत्तिले पैसा पाउने
न्युयोर्कमा गोली चल्दा बन्दुकधारीसहित पाँच जनाको मृत्यु
युक्रेनमा रुसी हमला, २० जनाको मृत्यु
भारतमा बनेको टाइटेनियम विश्वभरका रक्षा उद्योगमा आपूर्ति हुँदै
भारतमा सडक दुर्घटना, १८ हिन्दु तीर्थयात्रीको मृत्यु
अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु
गाजामा नरसंहार भएको इजरायली मानव अधिकार संगठनकै निष्कर्ष
प्रतिक्रिया