आजका समाचार : तीनकुनेबाट भागेका प्रसाईं सरकारलाई चुनौती दिँदै, पूर्वराजाबारे कांग्रेस आक्रमक, एमाले मौन, संसद्‍मा सत्तापक्ष-राजावादी भनाभन र रुसमा युक्रेनी आक्रमण | Khabarhub Khabarhub

आजका समाचार : तीनकुनेबाट भागेका प्रसाईं सरकारलाई चुनौती दिँदै, पूर्वराजाबारे कांग्रेस आक्रमक, एमाले मौन, संसद्‍मा सत्तापक्ष-राजावादी भनाभन र रुसमा युक्रेनी आक्रमण


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तीनकुने घटनामा पूर्वराजाको भूमिकाबारे कांग्रेस आक्रमक हुँदा एमाले मौन

गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वका राजावादीहरूले मच्चाएको अराजकता र हिंसामा संलग्नमाथि कारबाही गर्न नेकपा एमालेले माग गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले आइतबार बसेको केन्द्रीय सचिवालयको ४७औँ बैठकपछि जारी गरेको वक्तव्यमा तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकालाई लिएर भने मौनता साँधिएको छ ।

अर्को प्रमुख सत्तारुढ नेपाली कांग्रेसको शनिबार बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पू्र्वपदाधिकारी बैठकले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवार पूर्वराजा शाहलाई बनाउनुपर्ने निर्णय गरेको थियो।

तर, अर्को सत्ता साझेदार नेकपा एमालेले भने दुईजनाको ज्यान जाने गरी भएको तीनकुने घटनामा राजावादीको मात्रै नाम लिएर पूर्वराजाबारे मौनता साँधेको हो ।

गृहमन्त्री भन्छन्- तीनकुने घटनाले राजावादीको चरित्र उदाङ्गियो

हिन्दु परम्परालाई मान्ने नेपालीको संस्कृति हो : देउवा

एकीकृत सूचना प्रविधि प्रणाली बनाई सेवा प्रवाह गरिने’

सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

गणतन्त्रमाथि आक्रमण गर्न खोजियो, यसको संरक्षण पत्रकारिताले गर्नुपर्छ : ऊर्जामन्त्री

डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरी : सञ्चारमन्त्री गुरुङ

राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ शय्याको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्य योजना अनुमोदन गरेको हो । सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ ।

बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्र रूपमा काम अघि बढाउन निर्देशन दिए ।

उनले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्नति भएपछि त्यहाँका जनताको सहज स्वास्थ्य सेवाका लागि सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

राजतन्त्र पुनःस्थापित गर्ने प्रयास व्यर्थ हुनेछः उपप्रधानमन्त्री पौडेल

नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेपनि फिर्ता ल्याउँछौँ : मन्त्री पाण्डे

कुलमानको पुनर्बहाली माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन वार्ता, भेटेर थप छलफल गर्ने तयारी

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा राजावादीलाई ‘निषेध’

बङ्गलादेश मोडेलमा सत्तापलट गर्ने ज्ञानेन्द्रको योजना अनुसार आपराधिक क्रियाकलाप भयो : शंकर पोखरेल

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सत्ता पक्षका सांसदले पनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।

प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै अवरोध गर्दै आएका छन् ।

संसद्‍मा सत्तापक्ष र राजावादीबीच भनाभन (तस्बिरहरू)

माधव सापकोटाको आरोप- सत्तापक्ष सांसद भौतिक रूपमै हमला गर्नेगरी प्रस्तुत भए

प्रतिपक्षले संसद् अवरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन : रघुजी पन्त

तीनकुनेमा हिंसा मच्चाएपछि भागेका प्रसाईं काठमाडौंमै, भने- संसद् र एयरपोर्ट कब्जा गर्ने योजना थियो (भिडियोसहित)

विश्वप्रकाशले भने- तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ

रवीन्द्र मिश्रसहितलाई ५ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले मिश्र र प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितलाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको जानकारी दिए ।

मिश्रसहितलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट हतकडी लगाएरै म्याद थप्न सरकारी वकिलकाे कार्यलय हुँदै जिल्ला अदालत काठमाडौंमा लगिएको थियो ।

साधारण तारिखमा छुटे स्वागत नेपाल

रवीन्द्र मिश्रलाई हतकडी लगाएरै लगियो अदालत (तस्बिरहरू)

एकीकृत समाजवादीले राजावादीविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने

भाटभटेनीमा गाजल, लिपस्टिकदेखि मदिरासमेत लुट्ने ९ जना पक्राउ, को को हुन् ?

नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्ने ९ जनालाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भाटभटेनीमा लुटपाट गर्नेमध्ये ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । कार्यालयले पक्राउ परेका सबैको विवरण पनि सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार ब्ल्याक लेबल र ज्याक डेनियल रक्सी लुटेका धनुषाका आशिष तामाङ, बियर लुटेका सर्लाहीको प्रेमकुमार महतो, यार्चागुम्बा ब्राण्डको मदिरा लुटेका भारतका रविरञ्जन कुमार पक्राउ परेका छन् ।

उता हाफ पाइन्ट र ट्राउजर लुटेर भागेकी नुवाकोटकी सुशील कुमाल पनि पक्राउ परेकी छन् ।

पक्राउ परे तीनकुनेबाट प्रहरीको बन्दुक खोस्ने युवा

राजावादीका नाममा लुटपाट, आगजनी र तोडफोडमा संलग्नविरुद्ध प्रहरीको अभियान, सर्वसाधारणसँग माग्यो सूचना

आलोकनगरमा राजावादीको आतंक : घरभित्र झण्डै जलेका पौडेलको वयान

तीनकुनेस्थित एउटा निजी भवनभित्रै पसेर एकजना पत्रकारको मृत्यु हुने गरी शुक्रबार राजावादीहरुले किन आगजनी र तोडफोड गरे ? दुर्गा प्रसाई लगायतका राजावादीको तर्क के छ भने उक्त घरमा प्रहरी तैनाथ थिए, त्यसैले त्यहाँ तोडफोड भएको हो ।

राजावादीले भनेजस्तै उक्त घरमा प्रहरीहरु थिए या थिएनन् ? यसको सत्य–तथ्य बिस्तारै बाहिर आइरहेकै छ । देशको सुरक्षाकर्मी आवश्यक पर्दा जहाँसुकै प्रवेश गर्न पाउने उनीहरुसँग अधिकारसमेत रहेकै हुन्छ ।

तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे

तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग

तीनकुने घटनाका दोषीलाई कारबाहीको माग

आगजनी तथा लुटपाटप्रति चेम्बरको भर्त्सना

रास्वपाद्वारा तीनकुने क्षेत्रको अनुगमन, जडिबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण

नवराज सुवेदी ‘नजरबन्द’मा परेपछि जगमान राजावादी आन्दोलनका संयोजक

राजावादीहरूले शुक्रबार गरेको आन्दोलन हिंसात्मक भएपछि केही नेता समातिएका छन् भने केही नजरबन्दमै परेका छन् ।

शुक्रबार दुईजनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनपछि प्रहरीले धरपकड तीव्र बनाउँदा राजावादीहरूको भागाभाग भएको छ।

अहिलेसम्म राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेका छन् । उनको निवासलाई प्रहरीले घेरेर राखेको छ।

महानगरको टोली निर्मल निवासमा, पूर्वराजाको सचिवालयले जरिवाना पत्र बुझ्न मानेन

निर्मल निवासले जरिवाना पत्र नबुझेपछि हुलाकबाट पठाइयो

रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्किने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबारबाट आफ्नो जिम्मेवारीमा फर्किने भएका छन् । भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन् ।

सभापतिबाट निलम्बन गरेर कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याल अहिले कार्यवाहक सभापतिमा छन् ।

लामिछानेको मुद्दा अहिले पनि अदालतमा विचाराधिन र सांसद पद निलम्बनमा छ। तर भोलिबाट हुने पार्टीको जिम्मेवारीमा फर्किने निर्णय भएको पार्टी प्रवक्ता मनिषा झाको भनाइ छ ।

केन्द्रमा भन्दा गण्डकीमा थप ४ दिन सरकारी बिदा  

ताप्लेजुङमा आगलागीका घटना बढ्दै

कुलमानको रिट ‘हेर्न नभ्याइने’

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार हुने

भूकम्प प्रभावित म्यान्मामा बङ्गलादेशले उद्धार टोली पठाउने

भूकम्पको राहत तथा उद्धारकार्यमा सहयोग पुर्‍याउन बङ्गलादेशको सशस्त्र बलको उद्धार टोली आइतबार विशेष उडानमार्फत म्यान्मा प्रस्थान गर्ने भएको छ ।

बङ्गलादेशको सशस्त्र बलको अन्तरसेवा जनसम्पर्क (आईएसपीआर) ले शनिबार एक विज्ञप्ति जारी गर्दै टोली आइतबार म्यान्मा प्रस्थान गर्ने जानकारी दिएको हो ।

बङ्गलादेशी सशस्त्र बलले आपत्कालीन औषधि, राहत सामग्री, उद्धार कार्य र चिकित्सा सहायता उपलब्ध गराउने जनाइएको छ ।

नर्वेमा रकेट प्रक्षेपण असफल

म्यानमारको भूकम्पका लागि रेडक्रसले माग्यो १० करोड डलरभन्दा बढी सहयोग

म्यानमार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १६ सय नाघ्यो : एक महिलाको ३० घण्टापछि उद्धार

आईसीसीको वारेन्टका बाबजुद इजरायलका नेतान्याहूले हङ्गेरीको भ्रमण गर्ने

रुसमा युक्रेनको ड्रोन आक्रमण

विश्व राजनीतिमा किन बढ्यो युद्ध, सैन्य हस्तक्षेप र दक्षिणपन्थीको प्रभाव ?

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ८ : १४ बजे

आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास महत्त्वपूर्ण : एनपी साउद

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

काठमाडौं- आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति

एमाले कार्यकर्तालाई जागिर खुवाउन बन्द उद्योगमा पदाधिकारी नियुक्त गरिँदै

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी स्थापनादेखि नै व्यावसायिक

अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा संविधानको व्यवस्था, मर्म र भावना

तराई-मधेस जागरण अभियान निरन्तरता दिँदै माओवादी 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड