आजका समाचार : ओली भावी प्रधानमन्त्रीमा प्रस्तावित, फागुन २१ कै चुनावको पक्षमा प्रचण्ड, जापानबाट फर्किए राष्ट्रपति र यूएईमा रुस–युक्रेन वार्ता « Khabarhub

आजका समाचार : ओली भावी प्रधानमन्त्रीमा प्रस्तावित, फागुन २१ कै चुनावको पक्षमा प्रचण्ड, जापानबाट फर्किए राष्ट्रपति र यूएईमा रुस–युक्रेन वार्ता


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

जापानको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन् ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्री, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी लगायतले स्वागत गरेका थिए ।

गृहमन्त्री अर्यालसँग युएनओडीसी क्षेत्रीय प्रतिनिधिको भेट

स्वास्थ्य बीमाको आर्थिक सकंट टार्न अर्थ मन्त्रालयसँग १५ अर्ब बजेट माग

स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान हुन्छ : प्रधानमन्त्री

उपराष्ट्रपति यादव भन्छन्- लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण 

देशको अवस्थाले जनताको मानसिक स्वास्थ्यमा असर पारेको छ : स्वास्थ्यमन्त्री शर्मा

श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

नयाँ न्यायाधीश नियुक्ति नगर्न न्याय परिषद्‌मा आयोगको पत्र

प्रचण्डको आशंका : दुई चरणको चुनावमा धाँधली हुन सक्छ, फागुन २१ मै गरियोस्
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनाव दुई चरणमा गर्न नहुने राय राखेका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले चुनाव दुई चरणमा नगर्न सरकारलाई सुझाएका हुन् ।

‘चुनाव दुई चरणमा होइन, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण बनाइयोस्। यो पटक सामान्य निर्वाचन भइरहेको छैन’, उनले भने, ‘असाधारण परिस्थितिमा निर्वाचन हुँदैछ । यसलाई राष्ट्र र जनताका लागि सही रुपमा सम्पन्न गर्नुपर्छ।’

दाहालले केही व्यक्तिहरूले अझै चुनाव हुने कि नहुने भन्ने आशंका गरिरहेको पनि बताए । उनले तोकिएकै मितिमा एकै चरणमा चुनाव हुनुपर्ने दोहोर्‍याए । प्रचण्डले स्वच्छ र धाँधलीरहित निर्वाचन भएमा नेकपाले राम्रो नतिजा ल्याउने पनि दाबी गरेका छन् ।

चुनावमा भ्रामक प्रचार रोक्न टिकटक र आयोगबीच सहकार्य

एमाले उपाध्यक्ष बादलको दाबी : सरकार निर्वाचन सार्ने षड्यन्त्रमा छ

१६३ क्षेत्रमा एमालेका उम्मेदवार : रूकुम पश्चिममा जनार्दनलाई साथ, मनाङमा खाली, केही स्थानमा अझै तालमेल हुन सक्ने

प्रदीप पौडेलले भने- क्यान्सर नियन्त्रणमा मैले थालेका प्रयासलाई निरन्तरता दिनुस्

कांग्रेस केन्द्रीय कार्यलयका प्रमुख पौडेलको राजीनामा स्वीकृत

राष्ट्रिय हित र स्वाभिमानमा केन्द्रित घोषणापत्र ल्याउनेछौँ : ईश्वर पोखरेल
नेकपा एमालेका उम्मेदवारहरूले जनताको मत जित्ने एजेण्डाका साथ निर्वाचनमा होमिएको दावी गरेका छन् ।

बुधबार काठमाडौं उपत्यकाका उमेदवारसँगको संवाद कार्यक्रममा उनीहरूले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारीका साथ जनताको मत जित्ने एजेण्डासहित निर्वाचनमा होमिएको दावी गरेका हुन् ।

कार्यक्रममा एमालेका नेता एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हित, स्वाभिमान, देशको अखण्डता र स्वतन्त्रमा केन्द्रित भएर छिटै घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिए । उनले विगतमा भएका काम र आगामी दिनमा गरिने कामको समयसूचीसहितको घोषणापत्र आउने बताए ।

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

एमालेले भन्यो : कलाकारलाई प्रयोग गरेर सामाजिक सञ्जाल दुरुपयोग बढ्यो, सुरक्षा पनि सुध्रिएन

एमालेद्वारा अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार सुरु गरेको छ ।

यस अघि सडकमै हरियो रेखा कोरी छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भन्दै महानगरले साइकल लेनलाई व्यवस्थित र सुरक्षित गरेको हो । चौडा फुटपाथ सँगै साइकल लेन निर्माण गरिएको हो ।

माइतीघरदेखि तीनकुने पुलसम्मको साढे दुई किलोमिटर सडक खण्डमा सुरक्षित साइकल लेन र व्यवस्थित पैदलमार्ग निर्माण गरिँदै छ।

हाल महानगरले सुरुवात गरेको सो योजना अन्यत्र पनि विस्तार गरिने जानकारी दिएको छ ।

चितवनका छ हजार बढी बालिकाहरूलाई एचपीभी खोप

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

लुम्बिनीको स्थापना दिवस : सङ्घीयताको बलियो आधार नै प्रदेश

दोलखामा तात्दै निर्वाचन माहौल : एक हजार सेना परिचाल

हुम्लामा औषधि खरिदमा अनियमितता : लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा मुद्दा 

कामपाका सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

युएईमा रुस–युक्रेन वार्ता, डोनबासबारे अडान यथावत
संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी अबु धाबीमा रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु भएको छ। तर, पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर दुवै पक्षको अडान यथावत् रहेको देखिएको छ।

अमेरिकी मध्यस्थतामा अघि बढेको कूटनीतिक प्रयासअन्तर्गत सुरु भएको वार्ताका क्रममा मस्कोले किएभलाई चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न आफ्ना सर्तहरू स्वीकार गर्न आग्रह गरेको छ। ती सर्तहरू नमानिए आक्रमण जारी रहने चेतावनी पनि रुसले दिएको छ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता युद्ध रोक्ने प्रयासहरू भए पनि ठोस सहमति जुट्न सकेको छैन। दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा घातक द्वन्द्व मानिएको यस युद्धमा दुवै पक्षका हजारौँ मानिस मारिएका छन् भने लाखौँ युक्रेनी विस्थापित भएका छन्। पूर्वी र दक्षिणी युक्रेनका ठूला भूभाग भौतिक रूपमा क्षतिग्रस्त बनेका छन्।

भारत- अमेरिकी व्यापार सम्झौता : विपक्षीबाट संवेदनशील क्षेत्रमा असरको प्रश्न

अमेरिका–रुस आणविक सम्झौता समाप्त हुँदै

मस्क बने ८५० अर्ब डलर सम्पत्तिका पहिलो व्यक्ति, एकैदिन ७ लाख करोड रुपैयाँले बढ्यो धन

अबुधाबीमा युक्रेन–रुस वार्ता, ड्रोन आक्रमणले वातावरण गम्भीर

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित
















प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ५८ बजे

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी

बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि गठबन्धन गर्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब

अर्थमन्त्री खनाल भन्छन् : निर्वाचनमा आवश्यक पर्ने बजेटको कमी हुँदैन

म्याग्दी । अर्थमन्त्री रामेश्वर खनालले आउँदो फागुन २१ गते हुने

दार्चुलाको तिंकर र छाङरुका मतदातालाई सदरमुकाममा मतदान गर्ने व्यवस्था

सुदूरपश्चिम । दार्चुलाको उत्तरीक्षेत्र तिंकर र छाङरु क्षेत्रका मतदाताका लागि