आजका समाचार : ओली छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र, कांग्रेस प्रतिनिधिलाई अभिमुखीकरण र पश्चिम एशियामा द्वन्द्व चर्किँदै « Khabarhub

आजका समाचार : ओली छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र, कांग्रेस प्रतिनिधिलाई अभिमुखीकरण र पश्चिम एशियामा द्वन्द्व चर्किँदै


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

शेखर कोइराला भन्छन्- ‘म कुनै गुटमा छैन, पार्टीलाई एकढिक्का बनाउन प्रयासरत छु’
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र आफू कुनै पनि गुट वा समूहमा नरहेको स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै उनले हाल आफूलाई संस्थापनइतर समूहसँग जोडेर भइरहेको प्रचारप्रति आपत्ति जनाए। सामाजिक सञ्जालमा आफूलाई विभिन्न पक्षसँग जोडेर प्रस्तुत गरिएको भन्दै उनले त्यो भ्रम छरिएको बताए।

कोइरालाले आफ्नो मुख्य उद्देश्य नेपाली कांग्रेसलाई एकढिक्का बनाउनु रहेको उल्लेख गर्दै त्यसका लागि अन्तिमसम्म प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने आफ्नो चाहना रहेको उनले बताए।

उनले भने, ‘नेपाली कांग्रेसलाई एकढिक्का बनाउन र एक ठाउँमा ल्याउन म अन्त्यसम्म प्रयास गर्छु। म कुनै पनि समूहमा छैन।’

कांग्रेस पन्ध्रौँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत
राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ ।

उक्त भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ। शनिबार उनीहरुबीच लामिछानेको निवासमा करिब एक घण्टा लामो छलफल भएको हो । उक्त भेटलाई निर्णायक वार्ताका रूपमा व्याख्या गरिएको छ।

भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशा विषयमा गहन छलफल भएको बताइएको छ। रास्वपाले सभामुख पदमा डीपी अर्याललाई अघि बढाएर निर्वाचित गरिसकेको अवस्थामा अब उपसभामुख पदमा कसरी अगाडि बढ्ने भन्ने विषय केन्द्रमा रहेको स्रोतको भनाइ छ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानका कारण रासपा प्रतिपक्षसँग सहकार्य गर्नुपर्ने अवस्थामा देखिएको छ। यही सन्दर्भमा राप्रपासँगको संवादलाई रणनीतिक रूपमा हेरिएको छ।

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त
यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते भएका नेपालीहरूको अवस्थाबारे पछिल्लो जानकारी सार्वजनिक गरेको छ । दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै घाइते नेपालीको अवस्थाबारे जानकारी दिएको हो ।

शुक्रबार अबु धाबीको अबजान क्षेत्रमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा सात जना नेपाली नागरिक घाइते भएका थिए । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको थियो ।

राजदूतावासले दिएको पछिल्लो जानकारी अनुसार तीमध्ये छ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । गम्भीर घाइते भनिएका एक जनाको भने अहिले अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालमा उपचाररत उनको अवस्था अहिले खतरामुक्त रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार अस्पतालमा उपचाररत घाइतेले टेलिफोनमार्फत आफू छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको जानकारी दिएका छन् ।

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ
प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा सिन्धुलीका राजकुमार राई, सर्लाहीका सूर्य माझी, मकवानपुरका मंगलमान घलान, विश्व मोक्तान, अजय लामा, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेमकुमार मगर, खगेन्द्र लिम्बू, मोरङका आशिष खतिवडा, धनुषाका वीरेन्द्र झा र सिरहाका लडा मिया रहेका छन् ।

यस्तै, मोरङका पर्शुराम राई, धनुषाका रघुवीर साह, महोत्तरीका सरोजकुमार महतो, रामेछापका सन्तु तामाङ, बझाङका रामप्रसाद जोशी र विमलराज जोशी छन्।

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू)

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १.५ ट्रिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठूलो रक्षा खर्चको अनुरोध हो र यसले राष्ट्रपति ट्रम्पको प्राथमिकता अमेरिकी सैन्य लगानीमाथि केन्द्रित रहेको देखाउँछ ।

यो रक्षा खर्चमा करिब ४४ प्रतिशतको वृद्धि अपेक्षित छ । बजेट निर्देशक रस्सल भौग्टका अनुसार राष्ट्रपतिको प्राथमिक उद्देश्य राष्ट्रिय सुरक्षा संरचनामा पुनः लगानी गर्नु हो, ताकि हाम्रो देश खतरनाक विश्वमा सुरक्षित रहोस् भन्ने हो । राष्ट्रपतिको वार्षिक बजेट प्रशासनको मूल्य प्राथमिकता देखाउने दस्तावेज हो, तर यसले कानुनी शक्ति राख्दैन ।

यस वर्ष बजेट दस्तावेजले राष्ट्रपति र काङ्ग्रेसबीच मार्गचित्रको काम गर्ने उद्देश्य राखेको छ । काङ्ग्रेसले आफ्नै बजेट र वार्षिक विनियोजन विधेयक तयार गर्ने क्रममा यसलाई मार्गदर्शनको रूपमा प्रयोग गर्न सक्छ ।

इरान युद्धबारे राष्ट्रलाई सम्बोधन गर्नुअघि ट्रम्पले सैन्यलाई आफ्नो प्राथमिकता भएको सङ्केत दिएका थिए ।

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

इरान-इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी





















प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ७ : ५२ बजे

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले