रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्‍यो घटना विवरण « Khabarhub

रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्‍यो घटना विवरण


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

झापा– झापा प्रहरीले दमक नगरपालिका–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणका मुख्य आरोपितलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गरी भारतको अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको हो।

घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपित भारतीय नागरिक पण्डितलाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार पक्राउ परेका पण्डितविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। उनीविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीले सार्वजनिक गरेका विवरणअनुसार रकमको विवादका क्रममा भारतीय नागरिक पण्डितले रमाको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा करिब ३० वर्षीय भारतीय नागरिक पण्डितलाई सार्वजनिक गर्दै घटनाबारे विस्तृत जानकारी दिएको हो।

आरोपित पण्डित लामो समयदेखि दमक तथा आसपासका क्षेत्रमा टायल्स तथा मार्बल जडानको काम गर्दै आएको प्रहरीले जनाएको छ।

गत जेठ १६ गते दमक नगरपालिका–१० को सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि बोराभित्र युवतीको शव फेला परेको थियो।

पछि उक्त शव दमक–८ निवासी रमा तिवारीको रहेको पुष्टि भएपछि प्रहरीले घटनाको गम्भीर अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार मृतक र आरोपीबीच पहिलेदेखि चिनजान रहेको खुलेको छ। रकमको लेनदेनका विषयमा उत्पन्न विवादले हत्यासम्म भएको निष्कर्षमा अनुसन्धान पुगेको छ।

रमाको हत्या गरेपछि शवलाई मोटरसाइकलमा राखेर रतुवा खोलाको पुलमुनि पुर्‍याई बोराभित्र राखेर फालिएको प्रहरीले जनाएको छ।

मोबाइल फोनको कल डिटेल, लोकेसन ट्र्याकिङ, डिजिटल प्रमाण तथा स्थानीय व्यक्तिहरूको बयानका आधारमा प्रहरीले आरोपितसम्म पुग्न सफल भएको जनाएको छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरिएको छ।

प्रहरीले घटनाको अनुसन्धान लगभग सम्पन्न भएको र सङ्कलित प्रमाणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। मृतकका परिवारजनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ७ : २७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,