आजका समाचार : फुटतिर कांग्रेस, प्रधानमन्त्री र ओलीबीच एक्ला एक्लै वार्ता र भेनेजुएलामाथि अधिपत्य जमाउँदै ट्रम्प « Khabarhub

आजका समाचार : फुटतिर कांग्रेस, प्रधानमन्त्री र ओलीबीच एक्ला एक्लै वार्ता र भेनेजुएलामाथि अधिपत्य जमाउँदै ट्रम्प


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी एक्ला एक्लै वार्ता, मुख्य एजेन्डा चुनाव

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार तीन घण्टा लामो वार्ता भएको छ। प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार बिहान ११ बजे गुन्डुबाट बालुवाटार पुगेका ओलीले लामो संवाद गरेका हुन् ।

बिहीबार बिहान ११ साढे बजेदेखि दुईजना शीर्ष नेताबीच तीन घण्टाभन्दा लामो संवाद भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताएका छन्।

दुईजनाबीच बिहान ११ बजेदेखि साढे २ बजेसम्म एक्ला एक्लै कुराकानी भएको हो । दुईजनाबीचको यो वार्ताले फागुन २१ को निर्वाचन हुने नहुने भनेर देखिएको संशय र आशंकालाई कम गर्न मद्दत गरेको रावलले खबरहबलाई बताएका छन्।

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

भेनेजुएलामा अमेरिकी आक्रमणको पाँच दिनपछि बोल्यो नेपाल, दुवै पक्षलाई संयम हुन अपील

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त हो : गृहमन्त्री

नागरिकता नियमावली चौथो संशोधन लागू, आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

रास्वपाको कडा नियम : आफूखुसी उम्मेदवारी घोषणा गर्दै फेसबुकमा लेख्न नपाइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का आकांक्षीलाई आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ।

पार्टीले बिहीबार जारी गरेको सूचनामा प्रत्यक्षतर्फका केही आकांक्षी उम्मेदवारले औपचारिक आवेदन दिएको वा नदिएको अवस्थामा पनि सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको पाइएको जनाएको छ।

यस्तो गतिविधिले नयाँ तथा अन्य आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने भन्दै रास्वपाले तत्काल सबै प्रकारका प्रचार सामग्री हटाउन र यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ। उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिनाफोटो सामाजिक सञ्जालमा एक पटक मात्रै पोस्ट गर्न सक्ने व्यवस्था रास्वपाले गरेको छ।

त्यस्तै, प्राइमरी निर्वाचनमा सहभागी हुने सदस्यले प्राइमरीसम्बन्धी सूचना प्रकाशित भएपछि मात्रै पार्टीको निर्वाचन आचारसंहिता अनुसार भद्र, मर्यादित र सीमित ढंगले प्रचार–प्रसार गर्न पाउने उल्लेख गरिएको छ।

चितवन पुगेर रविले भने : रास्वपा कसैसँग गठबन्धन गर्दैन, एक्लै सबै सिट जितेर देखाउँछौँ

बालेनले लौरो चुनाव चिह्न ‘अपहरण’ गरेर रास्वपामा बुझाएको आरोप

रवि भेटेका राजेन्द्र भन्छन्, ‘हामीबीच मनमुटाव छैन, पृथ्वी जयन्तीको निम्तो दिएँ’

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने

रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी

रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

प्रधानमन्त्रीले भनिन्- पृथ्वीनारायणलाई सच्चा नेपालीले श्रद्धा र सम्मान गर्नुपर्छ

फुटतिर कांग्रेस : शुक्रबार संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

देशकै ठूलोमध्ये एक नेपाली कांग्रेस विभाजनतिर अघि बढेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दोस्रो विशेष महाधिवेशन बोलाएपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला गर्न लागेको हो ।

संस्थापन पक्षले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ। सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

देउवासँगको छलफलपछि एकजना केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा उक्त भेला आयोजना गरिएको बताए । त्यस भेलामा संस्थापन पक्षतिरका शीर्ष नेताहरूलाई डाकिएको छैन ।

‘शुक्रबार साढे १० बजे संस्थापन पक्षका केन्द्रीय सदस्यहरू जुट्दैछौँ । यो भेलामा शीर्ष नेताहरूलाई डाकेका छैनौँ’, उनले भने, ‘संस्थापन पक्षीय २५ जना केन्द्रीय सदस्यहरूको समूह पनि यसमा सहभागी हुने छ ।’

विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर विवाद चर्किँदै जाँदा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले पटक पटक छलफल गरिसकेका छन् ।

कांग्रेसको सिन्धुपाल्चोक र बाँके जिल्लाले पनि विशेष महाधिवेशनको पक्षमा निकाले विज्ञप्ति

नेकपानिकट महिला संगठनले भने : भेनेजुएलामा अमेरिकी आक्रमण अर्को साम्राज्यवादी प्रहार

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

विशेष महाधिवेशनमा सहभागिताका लागि जिल्ला कार्यसमितिको आह्वान

विशेष अधिवेशन पक्षधर युवाहरुको आक्रोश- ‘पार्टी फुटाउने होइन, कुर्सी हल्लाउने हो’

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

जनयुद्धका बालसिपाही दिवस नेकपाको समानुपातिक सूचीमा, यसपाली पाउलान् न्याय ?

कोशि सरकारद्वारा मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न समिति गठन

कोशी प्रदेश सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्को कार्यसम्पादनमा राय सुझाव, सल्लाह र मन्त्रिपरिषद्लाई सहयोग गर्न विभिन्न समिति गठन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

जस अनुसार पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली संयोजक रहेका राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली संयोजक रहेको कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकासमन्त्री प्रदिप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति बनाइएको छ ।

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरहरू)

मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै

अवैध उत्खननविरुद्ध बोल्दा मारिएका दिलीप, दिदी भन्छिन्- छ वर्ष भयो न्याय पाएनौँ

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्रयाक्टर

खोला मापदण्ड खारेजी तथा गैर-न्यायिक सडक विस्तारविरुद्ध र्‍याली (तस्बिरहरू)

असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आव्हान

जय बागेश्वरीका ७५ वटा घरलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै, लागत ९ करोड रुपैयाँ

जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

भेनेजुएलामाथि अधिपत्य जमाउँदै ट्रम्प, अब अमेरिकी सामान मात्रै किन्न बाध्य बनाउँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले नयाँ तेल सम्झौताबाट प्राप्त हुने रकमले अमेरिकामा मात्रै बनेका सामान खरिद गर्ने बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेखेका छन्, ‘मलाई जानकारी दिइएको छ कि भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान मात्रै खरिद गर्नेछ।’

उनले ती खरिदमा अमेरिकी कृषि उत्पादन, औषधि, मेडिकल उपकरण तथा भेनेजुएलाको विद्युत् ग्रिड र ऊर्जा केन्द्र सुधारका लागि आवश्यक मेसिनरी समावेश हुनेछन्।

ट्रम्पले भने, ‘अर्को शब्दमा भन्नुपर्दा भेनेजुएलाले अब अमेरिकालाई आफ्नो मुख्य व्यापारिक साझेदार बनाउने प्रतिबद्धता जनाएको छ। यो समझदारीपूर्ण निर्णय हो । भेनेजुएला र अमेरिका दुवै देशका जनताका लागि राम्रो कुरा हो।’

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

ट्रम्प र कोलम्बियाका समकक्षीबीच ह्वाइट हाउसमा वार्ता हुने तय

पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

राष्ट्रसंघीयसहित ६६ वटा अन्तर्राष्ट्रिय संगठन छोड्ने अमेरिकी निर्णय

बङ्गलादेश–पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु

युक्रेनमा रूसी आक्रमण, दश लाख मानिस पानी र विद्युतबाट वञ्चित

यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव

ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनक : ईयू



























प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ७ : ५८ बजे

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं– गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा

रूपान्तरणको आवाजलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ : उदयशमशेर

काठमाडौं– नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीमा उठेको रूपान्तरण र

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखेका सातवटा क्यामरामा क्षति

चितवन–  चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सात वटा क्यामेरामा

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै