दिनदिनै भिडियो सन्देश जारी गर्ने कांग्रेस सभापति थापा कता हराए ?
सामाजिक सञ्जालमार्फत नियमित आफ्नो विचार सार्वजनिक गर्ने नेपाली कांग्रेसका सभापति गगन थापा पछिल्लो केही दिनयता गुमनाम जस्तै छन् । फागुन २१ को निर्वाचनसम्म दिनदिनै सामाजिक सञ्जालमा भिडियो, फोटो र टेक्स्टमार्फत सन्देश जारी गर्दै आएका सभापति थापा ४ दिनयता नदेखिएका हुन् ।
कांग्रेसभित्र र तत्कालीन संसद्मा बलियो प्रतिपक्षकारूपमा आक्रामक देखिने थापाले आफ्नो विचार अभिव्यक्त गर्ने थलोका रूपमा सामाजिक सञ्जाललाई उपयोग गर्दै आएका थिए ।

उनले अघिल्लो संसद्मा रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको विषयमा संसदीय समिति नै बनाएर छानबिन गर्न बाध्य बनाएका थिए । जेन-जी आन्दोलनपछि मुलुकमा देखिएको राजनीतिक अन्यौलता चिर्न पनि उनले निकै अग्रसरता देखाए । ती दुवै सन्दर्भमा थापाले सामाजिक सञ्जाल र मिडियामार्फत आफ्ना विचारहरू शृङ्खलाबद्ध रूपमा प्रस्तुत गर्ने गर्थे ।
कांग्रेसलाई विशेष महाधिवेशनमा पुर्याएर नेतृत्व पनि हात पार्न सफल भएका उनी निर्वाचनको दिनसम्म पनि सामाजिक सञ्जालमा निकै सक्रिय थिए । तर, निर्वाचनमा सबै पुराना दलसँगै नेपाली कांग्रेसको पनि सर्मनाक हार भएपछि भने सभापति थापा सामाजिक सञ्जालबाट हराएका छन् ।
गगन थापा हराएको सूचना !
फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ
कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा
विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय
सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे
कांग्रेसका नवनिर्वाचित सांसदहरूसँग संसदीय दलको अन्तरक्रिया
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विवरणअनुसार लामिछानेले निर्वाचन अवधिभर जम्मा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका छन्।
चितवन जिल्ला निर्वाचन कार्यालयमा दर्ता गरिएको खर्च विवरणअनुसार लामिछानेले सबैभन्दा बढी रकम गोष्ठी तथा भेला र खाद्यान्न तथा रासन शीर्षकमा खर्च गरेको देखिन्छ। विवरणमा उल्लेख भएअनुसार गोष्ठी र भेलाका लागि १ लाख ८० हजार र खाद्यान्न खरिदका लागि १ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ।

उम्मेदवारका तर्फबाट प्रतिनिधि सीता ज्ञवालीद्वारा हस्ताक्षरित सो विवरणमा विभिन्न १० वटा शीर्षकमा खर्च देखाइएको छ। जसमध्ये यातायात तथा इन्धनमा २ लाख ९५ हजार, प्रचारप्रसार सामग्री ९झण्डा र ब्याज० मा १ लाख १२ हजार र मतदाता प्रशिक्षणका लागि १४ हजार २०० रुपैयाँ खर्च भएको उल्लेख छ।
यस्तै, उम्मेदवारी मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ शुल्क तिरिएको छ भने तीन पटकको हवाई यात्राका लागि १३ हजार ६२६ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।
अब कसरी बन्छ बालेन नेतृत्वको सरकार ?
समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?
समानुपातिकमा रास्वपाको ५१ लाख: कांग्रेस १७ र एमाले १४ लाख खुम्चिँदा अन्यको मत कति ?
समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?
रविका मुद्दा फिर्ताविरुद्धको रिटको छिनोफानो अब पूर्ण सुनुवाइबाट
हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिए ।
‘श्रम संस्कृति पार्टी’ नाम राखेर उनले निवेदन दिएका थिए । त्यही पार्टी आयोगबाट प्रमाण पत्र पाएको पाँच महिनाभित्रै राष्ट्रिय दलमा परिणत भएको छ।

निर्वाचन आयोगले कात्तिक १६ गते पार्टी दर्ता गरी हर्कलाई आधिकारिक प्रमाणपत्र प्रदान गरेको थियो। पार्टीको चुनाव चिह्न ‘माटो’ राखिएको थियो ।
उनै साम्पाङ २०६४ देखि नै धरानको खानेपानी व्यवस्थापन, भ्रष्टाचार र नागरिक सहभागितामा केन्द्रित अभियन्ता थिए।
उनले दल गठनको प्रारम्भिक संरचनामा २८ केन्द्रीय सदस्य र पाँच पदाधिकारी राखे । त्यसबेला साम्पाङले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिए।
हतार हतार हर्कको चन्दा अभियान, भारतले सहमति नदिँदा हट्न सकेको छैन दार्चुलामा महाकालीको तुइन
समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग
यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
सबैको सहयोग र सहकार्यबाट निर्वाचन सम्पन्न भयो : कानुनमन्त्री
वायु प्रदूषण घटाउ विश्व बैंकबाट सात अर्ब सात करोड बढी सहयोग
प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।
संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार
थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
केही घण्टाको अन्तरालमा होर्मुजको जलक्षेत्रमा तीन जहाजमाथि हमला
बुधबार केही घण्टाको अन्तरालमा होर्मुजको जलडमरुमध्यमा रहेका तीन जहाजमा हमला भएको छ । होर्मुजको जलडमरुमध्यमा रहेको एउटा बल्क क्यारियरमा अज्ञात अस्त्रबाट हमला भएको बेलायती समुद्री सुरक्षा निकायले जानकारी दिएको छ । यस जहाज दुबईबाट ५० समुद्री माइलको दूरीमा रहेको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।
लायती समुद्री व्यापार निकाय यूकेएमटीओका अनुसार आक्रमणका बावजुद जहाज र कर्मचारी सुरक्षित छन् भने यसबाट कुनै वातावरणीय क्षति पुगेको छैन । त्यसैगरी, बुधबार नै ओमानको मुसानडाम प्रायद्विपनजिकै कार्गो जहाजमा आक्रमण भएको छ ।

प्रायद्विपबाट ११ समुद्री माइलको दुरीमा रहेको जहाजमा हमलापछि आगलागी भएको यूकेएमटीओले उल्लेख गरेको छ । त्यसैगरी, बुधबार नै यूएईको तटपारी रहेको अर्को जहाजमा पनि हमला भएको सीएनएनले समाचार लेखेको छ । आक्रमणपछि उक्त जहाज पनि क्षतिग्रस्त भएको जनाइएको छ ।
अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि पश्चिम एशियामा शुरु भएको युद्धका क्रममा होर्मुजको जलडमरुमध्यमा हालसम्म १३ वटा जहाजमा हमला भइसकेको छ । इरानले उक्त जलक्षेत्र भएर आवतजावत नगर्न जहाजलाई चेतावनी दिएको छ ।
हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला
युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
तेल भण्डार प्रयोग गर्न जी–७ तयार
इरानले अब गुगल, माइक्रोसफ्टजस्ता कम्पनीलाई पनि निशाना बनाउने
घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित
मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला
होर्मुजको जलक्षेत्रमा इरानले थाप्न थाल्यो धराप
खाडी देशहरूले थाले सम्भावित आणविक विपत्तिबाट जोगिने तयारी
इरानमाथि आक्रमण गर्दा अमेरिकालाई क्षति, ७ सैनिकको मृत्यु, १४० जना घाइते
मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण













प्रतिक्रिया