मेस्सीको उपाधि रक्षा यात्रा : गोल्डेन बुटका दुई दाबेदारलाई रोक्नुपर्ने कठिन चुनौती « Khabarhub

मेस्सीको उपाधि रक्षा यात्रा : गोल्डेन बुटका दुई दाबेदारलाई रोक्नुपर्ने कठिन चुनौती


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि फुटबलको सर्वोच्च उपाधि विश्वकपदेखि दुई पटकसम्म कोपा अमेरिका पनि जिताइसकेका छन्।

व्यक्तिगत रूपमा सर्वाधिक ८ पटक बालोन डी’ओर र गोल्डेन बलसम्म जितेका मेस्सी अहिले खेल जीवनको उतार्द्धमा छन् । ३९ वर्ष लागिसके पनि उनको फुटबल चमात्कार रोकिएको छैन ।

३९ वर्षीय मेस्सीलाई अद्भूत क्षमता देखाउन उमेर बाधक बनेको छैन । जारी विश्वकपका शीर्ष गोलकर्ता उनै हुन् । गोल्डेन बुटका एक्ला बलिया दाबेदार पनि हुन् ।

मेस्सीले अर्जेन्टिनाका लागि खेलेको २१ वर्ष भयो । बिहीबार बिहान विश्वकप फुटबलमा करिअरकै नयाँ टोलीसँग सामना गर्दैछन् । त्यो हो- इङ्ल्यान्ड ।

‘मैले इङ्ग्ल्याण्डबाहेक सबैविरुद्ध खेलेको छु । यो खेल विशेष छ । यो टोली बलियो छ । एक पावरहाउस हो । यस्तो टोलीविरुद्ध खेल्नु सधैँ राम्रो हुन्छ । विशेष गरी विश्वकप सेमिफाइनलमा,’ मेस्सीले अमेरिकामा भने ।

मेसीका लागि यो खेल यसकारण पनि विशेष छ । इङल्यान्डका दुई खेलाडी ह्यारी केन र जुड बेलिङघम गोल्डेन बुटका दाबेदार हुन् । उनीहरू दुवैको ६ गोल छ । मेसीभन्दा उनीहरू दुई गोलले पछाडि छन् ।

मेस्सीलाई इङल्यान्डसँगको खेल जितेर फाइनलमा त जानु नै छ । गोल्डेन बुटको पनि ख्याल राख्नु छ ।

६० वर्षपछिको अवसर

इङल्यान्डका नयाँ पुस्ता टोलीले विश्वकप उचालेको क्षणको साक्षी बन्न पाएको छैन । तथापि, यो देश सन् १९६६ को वर्ल्ड च्याम्पियन हो ।

६० वर्षअघि एक तारालाई जर्सीमा निरन्तरता दिइरहेको यो टोली अर्को पटक विश्व च्याम्पियन बन्ने बिन्दूकनजिकै छ । लगातार दुई खेल जित्दा पुग्छ । तर, सहज छैन ।

सेमिफाइनलमै साविक विजेता टोली छ । यसपालीका सार्वाधिक गोलकर्ता मेस्सी विपक्षी टोलीका ब्रेन हुन् ।

यद्यपि, उता ह्यारी केन र जुड बेलिङघम पनि फर्ममा छन् । दुई एट्याकरले अर्जेन्टिनाको डिफेन्सलाई राम्रै चुनौती दिन सक्छन् ।

इङल्यान्डक गोलकिपर जोर्डन पिकफोर्डलाई अर्जेन्टिनाको सामना गर्न आफ्नो टोली सक्षम रहेको विश्वास छ ।

उनी भन्छन्, ‘हामी पूरा खेलमा केन्द्रित छौं । हामीलाई अरू कुराको चासो छैन । विगतका खेलमा पनि त्यही देखिएको छ ।’

दुई टोलीको रेकर्ड

समूह एलमा इङल्यान्ड शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । समूह चरणमा क्रोएसिया र पानामालाई हराएको थियो भने घानासँग बराबरी खेलेको थियो ।

अन्तिम ३२ मा कंगोलाई हराउन दोस्रो हाफमा पुनरागमन गरेको थियो । अन्तिम १६ को रोमाञ्चक खेलमा सह-आयोजक मेक्सिकोलाई ३-२ ले पराजित गरेको थियो ।

क्वार्टरफाइनलमा एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अतिरिक्त समयमा गोल गरी नर्वेलाई २-१ ले पराजित गर्यो ।

अर्जेन्टिना सतप्रतिशत जितको अवस्थामा छ । अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई हराएर समूह जे को शीर्ष स्थानमा रह्यो ।

उन्ड अफ ३२ मा उनीहरूले केप भर्डेलाई अतिरिक्त समयमा ३-२ ले हराए ।

अन्तिम १६ को खेलमा यो टोली विवादमा पर्यो । ७९ मिनेटसम्म २ गोलले पछाडि रहेको खेलमा इजिप्टलाई ३-२ ले हराउँदै यो टोली क्वाटरफाइनलमा पुगेको हो । यस खेलमा रेफ्रीले कृपा भएको भन्दै आलोचना भएको थियो ।

क्वार्टरफाइनलमा स्विट्जरल्याण्डविरुद्ध यो टोलीले १२० मिनेट खेल्यो र ३-१ ले जित निकाल्यो । अर्जेन्टिना असहज जित निकाल्दै सेमिफाइलमा आइपुगेको हो ।

पूरानो कुरा

सन् १९८६ मा डिएगो म्याराडोनाले गरेको विवादास्पद गोलदेखि १९९८ मा डिएगो सिमियोनलाई लात हान्दा डेभिड बेकह्यामलाई रातो कार्ड दिइएको घटना अर्जेन्टिना र इङल्यान्डबीच अप्रिय विषय हुन् ।

यीनै दुई घटनाले यो दुईबीचको प्रतिस्पर्धालाई पेचिलो बनाउँछ । राजनीतिक घटनाले पनि यी दुई टोली कट्टर प्रतिस्पर्धी मानिन्छन् । फकल्याण्ड टापुको राजनीतिक घटना यी दुई देशबीचकै हो ।चीर प्रतिद्वन्द्वीलाई भूगोल र द्वन्द्वले पनि मैदानमा विशेष दबाब दिएको महसुस हुन्छ ।

तथापि, सेमिफाइनलमा इङल्यान्ड मेस्सीको जादुई शक्तिलाई रोकेर ६ दशकपछि फाइनल खेल्ने तयारीमा छ । अर्जेन्टिना उपाधि रक्षामै केन्द्रित हुनेछ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ३० बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन