आजका समाचार : सार्वजनिक बिदाको पुनरावलोकन गरिँदै, केपी-गगन दुवैतिर संवादमा प्रचण्ड, नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन र ककरोच सांसद मार्चमा निस्किँदा भारतमा तनाव « Khabarhub

आजका समाचार : सार्वजनिक बिदाको पुनरावलोकन गरिँदै, केपी-गगन दुवैतिर संवादमा प्रचण्ड, नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन र ककरोच सांसद मार्चमा निस्किँदा भारतमा तनाव


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मुख्यसचिव कार्कीका २२ बुँदे निर्देशन : कर्मचारीलाई सदाचारी बनाउनेदेखि सार्वजनिक बिदा पुनरावलोकनसम्म
मुख्यसचिव गोविन्द कार्कीले संघीय सरकारका सचिवहरूलाई कर्मचारीको आचरण सुधार, सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, शासकीय सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र सार्वजनिक बिदाको पुनरावलोकन गर्नेसहित २२ बुँदे निर्देशन दिएका छन्।

सोमबार बसेको संघीय सरकारका मन्त्रालयका सचिवहरूको बैठकमा मुख्यसचिव कार्कीले सुशासन, सेवा प्रवाह, आर्थिक अनुशासन, कर्मचारी व्यवस्थापन र कानुनी सुधारलाई केन्द्रमा राख्दै विभिन्न निर्देशन जारी गरेका हुन्।

निर्देशनमा सरकारले अघि बढाएको शासकीय सुधारको १०० कार्यसूचीअन्तर्गत बाँकी रहेका काम शीघ्र सम्पन्न गर्न, निर्णय प्रक्रिया सरल बनाउन ‘बिजनेस प्रोसेस रिइन्जिनियरिङ’ (बीपीआर) लागू गर्न तथा त्यसको प्रगति सचिवहरूले आफैं अनुगमन गर्नुपर्ने उल्लेख छ।

सेवा प्रवाहलाई सहज र बिचौलियामुक्त बनाउन मालपोत, नापी, यातायात, श्रम, जिल्ला प्रशासन र प्रहरी कार्यालयजस्ता बढी सेवाग्राही आउने कार्यालयमा एकद्वार सेवा प्रणाली लागू गर्न तथा निवेदन वा उजुरी लेख्न नसक्ने सेवाग्राहीका लागि छुट्टै कर्मचारी खटाउन निर्देशन दिइएको छ।

सबै मन्त्रालय तथा सेवा प्रदायक निकायमा क्यूआर कोड, वेबसाइट र मोबाइल एपमा आधारित एकीकृत नागरिक गुनासो तथा सुझाव व्यवस्थापन प्रणाली सञ्चालन गरी प्रत्येक गुनासो निश्चित समयभित्र समाधान गर्न पनि निर्देशन दिइएको छ।

‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

अर्थमन्त्री वाग्लेबाट बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले आजै पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालाहरुसँग प्रधानमन्त्री कार्यालयमा छलफल गरिरहँदा अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल थालेका हुन् ।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसिरहेको बैठकमा योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्ट र अर्थ सचिव डा। घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ।

नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन 

पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

प्रदेशको सत्ताका लागि केपी र गगन दुवैतिरको सम्पर्कमा प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सह-संयोजक माधव नेपाललाई भेटेका छन् । पाँच दिनका लागि एन्टिबायोटिक चलाएर स्वास्थ्य लाभ गरिरहेका नेपाललाई भेट्न प्रचण्ड उनकै निवास पुगेका थिए।

श्रीलङ्काबाट आइतबार फर्किएका प्रचण्डले माधवसँग भेटेर प्रदेश सरकारहरूको विषयमा निर्णय लिने तयारी थियो। प्रदेश सरकारका लागि अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुवैले संवाद अगाडि बढाएका छन्।

सोमबार बिहान करिब १ घण्टा जस्तो भेटवार्ता भएको नेपाल र प्रचण्डको छलफलमा एमाले र कांग्रेस दुवैसँग संवाद अगाडि बढाउने निचोड निस्किएको छ।

तर अन्तिम निर्णय लिने बेला छलफल गर्ने सहमति भएको छ। माधव-चण्ड भेटवार्तामा कांग्रेससँग एमाले दुवैसँग संवाद गरेर कम्फर्टेबल अवस्थामा सहकार्यको हात अघि बढाउने छलफल भएको स्रोतको भनाइ छ ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस

जमुनाह नाकाबाट १३ करोड ६१ लाखका सामान बरामद

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड

आज साउन महिनाको पहिलो सोमबार। सौरमासअनुसार साउनको पहिलो सोमबारको व्रत आजबाट सुरु भएको छ । साउन महिनाको पहिलो सोमबार भगवान शिवको पूजाआराधनाका लागि आज बिहानै देखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको थियो ।

पशुपतिनाका चारवटै ढोका बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ । मन्दिर प्रवेश गर्न चार वटा लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लाम भने लामो नभएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।

साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्र दान गरी व्रत समापन गर्दछन् ।

सल्यान प्रहरीले गर्‍यो अवैध भरुवा बन्दुक बरामद

देवघाटमा भक्तजनको घुइँचो 

बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने

च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका महिला भेटिए

पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध

मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन

संसदतर्फको मार्चका क्रममा जारी तनावबीच ककरोच जनता पार्टी (सीजेपी) का प्रतिनिधिले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डासँग भेटवार्ता गर्दै तीन बुँदे माग प्रस्तुत गरेका छन्।

सीजेपीका प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारको पहलपछि नड्डाको निवासमा करिब १० मिनेट छलफल भएको हो।

छलफलमा उनीहरूले सोनम वाङचुकको तत्काल रिहाइ, केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र आत्महत्या गरेका सबै नीट परीक्षार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन्। नड्डाले यी मागबारे पार्टी नेतृत्वसँग छलफल गर्ने बताएका छन्।

अर्कातिर संसद्को मनसुन अधिवेशन जारी रहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदी संसद् भवनबाट बाहिरिएका छन् ।

संसद् भवन बाहिर ककरोच जनता पार्टी (सीजेपी) को संसद मार्चका क्रममा प्रदर्शन र तनाव भइरहेका बेला प्रधानमन्त्री मोदीको कारगेट कडा सुरक्षा व्यवस्थाबीच संसद परिसरबाट बाहिरिएको हो।

भारतीय संसद्सम्मै ककरोचका समर्थकको प्रदर्शन, शीर्ष नेता अभिजीतलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

इरानी हवाई आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी

अमेरिकासँगको बढ्दो तनावबीच इरानी गृहमन्त्री पाकिस्तान भ्रमणमा

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

अमेरिका-इरान तनाव चर्किँदा कच्चा तेलको मूल्य बढ्यो

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

रुस-उत्तर कोरिया सम्बन्ध थप सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता
























प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ८ : ०० बजे

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत