काठमाडौँ – कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा राशिद खानले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।
राशिदले पाकिस्तानका ओपनरद्वय शमिल हुसेन, माज सदाकात र हैदर अलीको विकेट लिएका हुन् । ओपनर हुसेन ६ बलमा आउट हुादा सदाकात १३ र अली १५ रन बनाउँदा पेभिलियन फर्किएका हुन् ।
सात ओभरको समाप्तिमा पाकिस्तानले ३ विकेटको क्षतिमा ३८ रन बनाएको छ । टस जितेर पाकिस्तानले ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।
पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई हराउँदै दुई अंक जोडेको छ ।
पाकिस्तान भने चार अंकसहित अघिल्लो चरण प्रवेश गरिसकेको छ ।














प्रतिक्रिया