ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासका क्रममा स्थापित शिलालेख हराएकोबारे स्पष्टिकरण दिएका छन् ।
सोमबार काठमाडौंको नागढुंगामा नेपालकै आधुनिक सुरुङमार्गको उद्घाटन गर्दै उनले इतिहास र भूतलाई सधैं सम्मान गर्नुपर्ने पनि बताएका छन् ।

‘नागढुङ्गामा रहेको शिलालेख गायब पारिएको होइन। हामी फेरि पुनर्स्थापना गर्छौँ, हामीले भूतलाई एकदमै सम्मान गर्नुपर्छ । हामी भूतलाई एकदम इज्जत गर्छौँ,’ उनले भने, ‘यसअघि यसबारेमा केही(केही कुरा आएको थियो। शिल्यान्यासका क्रममा राखिएको शिलालेख सुरुङमार्गको पूर्वाधार बनाउने क्रममा झिकेर सडक विभागमा राखिएको रहेछ। त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ।’
उनले नागढुंगाबाट झिकेर बबरमहलस्थित सडक विभागको कार्यालयमा राखिएको शिलालेख गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा हराएको पनि बताए । ‘यहाँ थप पूर्वाधार बनाउँदा झिकेको शिलालेख सडक विभागमा आगजनी हुँदा हराएको रहेछ’, उनले भने, ‘त्यो बेलामा सुरू गरेको र अहिले उद्घाटन गरेको शिलालेख दुवैलाई हामी कायम गर्छौँ ।’
शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो
शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम
प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?
राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै नौलो विषय होइन । विगतमा धेरै पटक सहकार्य गर्दै विशेषतः टकरावका कारण विपरित ध्रुवमा उभिँदै आएका नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फेरि सत्ता सहकार्य गर्ने सहमति गरेका हुन् ।
दुई दलबीचमा सहकार्य टुटेको ७५४ दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा तीन बुँदे लिखित सहमति भएको थियो । सो सहमतिले प्रदेश सरकारहरूमा नयाँ राजनीतिक समीकरणको सुरुवात मात्र गरेको छ ।

ओली र प्रचण्डबीच भएको तीन बुँदे सहमतिको मुख्य सार प्रदेश सरकारहरूमा गठबन्धन सहितको नयाँ सरकार निर्माण गर्ने विषय रहेको छ । सहमति अनुसार एमालेले मुलुकका तीन प्रमुख प्रदेशहरूको नेतृत्व गर्नेछ भने नेपाली कम्युनिस्ट पार्टीले दुईवटा प्रदेशको मुख्यमन्त्री पद प्राप्त गर्नेछ ।
जसमा, एमालेको नेतृत्वमा कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार बनाउने कसरत हुनेछ भने नेकपाको नेतृत्वमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने कसरत हुनेछ । मधेश र गण्डकी प्रदेशमा भने एमाले र नेकपा मिल्दा पनि सहज बहुमत नपुग्ने भएकाले अन्य राजनीतिक दलहरूसँग परामर्श गरी नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सम्झौता दुई पक्षले गरेका छन् ।
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल
असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू
‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’
डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्-संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपको अवस्था सानो घटनाले सुरू भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन्।
जिल्ला सुरक्षा समितिको बैठकमा ब्रिफिङ र सञ्चारकर्मीहरूसँगको संवादका क्रममा उनले सानो धार्मिक कुराबाट मानिसको ज्यानै जाने अवस्था उत्पन्न भएको पनि उनले बताएका छन् ।
उनले सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज क्षेत्र पहिलेबाटै संवेदनशील रहेको पनि बताएका छन् । उनले आइतबार राति भएको घटनालाई गम्भीर भन्दै अबका दिनमा यस्तो हुन नदिन सबैले सहयोग गर्नुपर्ने पनि बताए ।

‘अबका दिनमा शान्ति सुरक्षा बनाइराख्न हामीलाई सबैको सहयोग चाहिएको छ। थप क्षति हुन नदिन सर्वदलीय(सर्वपक्षी साथ दिनु होला । छलफल र संवादबाट यो समस्यालाई हल गर्छौँ । सबै जिल्लावासी दाजुभाइ दिदीबहिनीलाई संयम अपनाउन अपील गर्छौँ’, उनले भने, ‘भएको क्षतिबारे छानबिन हुन्छ। यो घटनामा संलग्नलाई कारबाही हुनेछ । गृहमन्त्रालयले छानबिन समिति बनाएको छ। दोषीलाई कारबाही हुन्छ। घाइतेको प्रभावकारी उपचार हुन्छ । मृतक परिवारलाई पर्न गएको कुराको सम्बोधन हुन्छ। घाइतेको उपचार गर्न सरकारले सबै पहल गर्छ।’
उनले यो समस्या हामी थप क्षति र सामाजिक विद्रोहबिना समाधान गर्न सकिने पनि विश्वास जनाए । ‘प्रभावित क्षेत्रका दिदीबहिनी दाजुभाइहरूमा संयमता अपनाउन अपील गर्छौँ’, उनले भने ।
देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ
देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो
दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन
गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने
देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी
कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक
नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा शुभारम्भ हुँदै गर्दा पीडित स्थानीयहरुले भने विरोध प्रदर्शन गरेका छन् ।
नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले बिभिन्न पाँच बुँदे माग राख्दै सुरुङमार्ग प्रवेश सडक अगाडी विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने , सडक पेटी फराकिलो बनाउनुपर्ने, नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजना पीडितहरूलाई रोजगारी सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै जेब्रा क्रसिङ तथा ट्राफिक लाइट व्यवस्था गर्नुपर्ने र फ्लाइ ओभरको नामाकरण ‘किसिपिडी फ्लाई ओभर’ हुनुपर्ने उनीहरूको माग छ ।
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गसम्म पुग्ने सडकमा आवतजावत गर्न स्थानीयलाई समस्या भएकाले आफूहरूले जायज मागका साथ प्रदर्शन गरेको उनीहरूको भनाइ छ ।
काँकडभिट्टा-लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
पोखराको केदारेश्वर मन्दिरमा साउने सोमबारको रौनक (तस्बिरहरू)
सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता
अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन
फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै देशभर भएका प्रदर्शनका क्रममा पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहा गर्न सोमबार माग गरेको छ ।
परीक्षामा प्रश्नपत्र चुहावट तथा अन्य अनियमितताविरुद्ध प्रदर्शन गर्दै आएको अनलाइन समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी)ले असाम, पश्चिम बङगाल, बिहारलगायत राज्यमा विद्यार्थीलाई हिरासतमा राखिएको जानकारी प्राप्त भएको जनाएको छ ।

‘पक्राउ परेकालाई रिहा नगर्नु वा उनीहरूमाथि लगाइएका आपराधिक मुद्दा फिर्ता नलिनु जनविश्वासको उल्लङ्घन हुनेछ,’ समूहले विज्ञप्तिमार्फत जनाएको छ । उसले आफ्ना माग पूरा नभए थप आवश्यक कदम चाल्ने चेतावनी दिएको छ ।
प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नपत्र चुहावट र अन्य अनियमितता दोहोरिएको भन्दै विद्यार्थी तथा युवामा असन्तुष्टि बढिरहेका बेला शिक्षा मन्त्री प्रधानले राजीनामा दिनुभएको दुई दिनपछि आन्दोलनकारी समूहको उक्त माग आएको हो ।
प्रदर्शनकारीमाथि दण्डात्मक कारबाही नगर्ने आश्वासन अधिकारीले दिए पनि सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरेको सीजेपीको आरोप छ ।
जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि












प्रतिक्रिया