भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता
रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा परी हालसम्म ५३८ जनाको शव बरामद गरिएको सरकारले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार अपराह्न ३ बजे अद्यावधिक गरेको विवरणअनुसार बाढीपछि ३३ देशका ६३२ जना विदेशी नागरिक प्रभावित भएकोमा १२१ जना फेला परेका छन् भने ५११ जना अझै बेपत्ता छन् ।

मन्त्रालयले विदेशी नागरिकसम्बन्धी तथ्यांक खोज तथा उद्धार कार्य जारी रहेकाले थप प्रमाणीकरण हुन सक्ने जनाएको छ ।
सबैभन्दा धेरै भारतका १७८ जना प्रभावित भएका छन्। तीमध्ये ८५ जना फेला परेका छन् भने ९३ जना अझै बेपत्ता छन्। त्यस्तै चीनका १०० जनामध्ये १६ जना फेला परेका छन् भने ८४ जना बेपत्ता छन् ।
भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त
रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?
बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने
कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र
‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई हराउँदै नेपालका एमएमए फाइटर रवीन्द्र ढाट फाइनलमा पुगेका छन् ।

यी दुईबीच तीन राउन्ड नै खेल भएको थियो । निर्णायकले दिएको पोइन्टका आधारमा उनी विजयी भएका हुन् ।
अब उनले फाइनलमा जापानका फाइटर रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।
ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो
अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित
कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार
विपद्मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस्
बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’
नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी
नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ ।
शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ६ : ३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो ।

उनी अगस्ट १७ देखि हेमोलिटिक एनीमियाको उपचारमा थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकोन, युवराज्ञी मेट्टे–मेरिटसहित परिवारका सदस्य अस्पताल पुगेका थिए । राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास
बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो
चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय












प्रतिक्रिया