आजका समाचार : इरानमा अमेरिका–इजरायलको हमलाले क्षेत्रीय तनाव चुलियो, नेपालीलाई सतर्क रहन दूतावासको आग्रह र निर्वाचन हुन पाँच दिन बाँकी, तयारी तीव्र « Khabarhub

आजका समाचार : इरानमा अमेरिका–इजरायलको हमलाले क्षेत्रीय तनाव चुलियो, नेपालीलाई सतर्क रहन दूतावासको आग्रह र निर्वाचन हुन पाँच दिन बाँकी, तयारी तीव्र


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु गर्ने बताएका छन्।

नेपाली कांग्रेस छत्रकोटले आज गुल्मी क्षेत्र नं १ को चोयगामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले उनले सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर सुधारको थालनी गरिने बताए।

‘भ्रष्टाचारको आरोप लागेमा जोसुकै नेता भए पनि पार्टी सदस्यताबाट हटाएर कानुनी प्रक्रियालाई सघाउँछौँ, मुद्दा लागेपछि राजनीतिक संरक्षण होइन, कानुनलाई सहयोग गर्ने संस्कार बसाल्छौँ’, शर्माले भने।

उनले कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने प्रतिबद्धता जनाए ।

‘नागरिकले सबै कागजात लिएर कार्यालय पुग्दा पनि काम नहुने अवस्थाको अन्त्य गर्छौँ’, उनले भने।शर्माले कांग्रेस भरपर्दो र पुरानो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै २०६४ सालको जस्तो आवेगमा विवेक गुमाउने गल्ती नदोहोर्‍याउन मतदातालाई आग्रह गरे ।

‘सिँगो टिम, विज्ञ र योग्य व्यक्तिहरूलाई समेटेर देश हाक्ने क्षमता कांग्रेससँग छ’, उनले भने। जेन(जी युवाहरूले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने उनको तर्क थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच दिन बाँकी : एक हजार ६१ उजुरी फर्स्योट

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

मतदातालाई राजेन्द्र लिङ्देनले भने– ८ वर्षअघिको अवस्था सम्झिनुस्, केही भएको छैन नभन्नुस् 

राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ : महामन्त्री पौडेल

निर्वाचनको तयारी अन्तिम चरणमा

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

मध्यपूर्वको तनावले ओली चिन्तित
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले चिन्तित तुल्याएको बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष ओलीले मध्यपूर्वको तनावले चिन्तित तुल्याएको बताएका हुन् ।

उनले यूएई, इजरायल, इरान लगायत मध्यपूर्वी देशहरूमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गरेका छन् ।

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाडौंबाट अबु धाबी पुगेको एअर अरेबियाको विमान ओमन फर्कियो

घण्टी चिन्ह लिएर आएको रास्वपा अब नयाँ शक्ति रहेन : अध्यक्ष साम्पाङ

एकता पक्षधर र देशलाई संकटतर्फ धकेल्ने शक्तिबीच टकराव : प्रचण्ड

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ ट्ठ पर्यवेक्षक संस्थाहरू
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी र सुरक्षाका हिसाबले निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण देखिएको जनाएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक), गैरसरकारी संस्था महासङ्घ नेपाल ९गैसस० र निर्वाचन पर्यवेक्षक समिति नेपाल (इओक)ले आज पत्रकार सम्मेलनमार्फत सिङ्गो देश निर्वाचन उत्सवका लागि तयार रहेको जनाएका हुन् ।

ती संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल र उम्मेदवारका तर्फबाट निर्वाचन प्रचार–प्रसार उल्लासपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।’

देश निर्वाचन उत्सवका लागि तयार भएसँगै मतदाता पनि देश–विदेशबाट आ–आफ्नो मतदान केन्द्र पुग्ने क्रम चलिरहेको जनाउँदै पर्यवेक्षक संस्थाहरूले निर्वाचन लोकतान्त्रिक प्रणालीको आधारस्तम्भ भएकाले यसलाई सफल तुल्याउन आह्वान गरेका छन् ।

नियोगका अध्यक्ष डा। गोपालकृष्ण शिवाकोटी, जियोक महासविच कृष्णमान प्रधान, महासङ्घका अध्यक्ष अर्जुन भट्टराई र इओक अध्यक्ष श्रीकृष्ण सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै जुटौँ, ऐतिहासिक निर्वाचन उत्सवलाई सफल पारौँ ।’

काठमाडौं–२ का मतदाताका मुद्दा : भ्रष्टाचार नियन्त्रण र रोजगारी

मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना

जेन-जी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा पुनर्निर्माण (तस्बिरहरू)

मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

अरुण नदीको सेदुवास्थित बेलिबृज भाँचियो, ट्रक चालक घाइते

कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट

इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई जारी राखेको छ । जवाफी हमलामा इरानले इजरायल, यूएई, बरहाइन, कुवेत र कतारजस्ता मुलुकलाई निशाना बनाएको छ ।

ती मुलुकका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच साउदी अरबको राजधानी रियादमा पनि विस्फोट भएको खबर प्राप्त भएको छ । एएफपी समाचार एजेन्सीका अनुसार रियादमा ठूलो विस्फोटको आवाज सुनिएको छ । अमेरिकाको निकट सैन्य साझेदार मानिने साउदी अरबमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

क्षेत्रीय तनाव चुलिएका बेला खाडी क्षेत्रका विभिन्न मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।

जोर्डनले खसाल्यो दुई मिसाइल

इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

राजधानी शहर छाडेर अन्तै जान तेहरानका ९० लाख बासिन्दालाई इरानी सुरक्षा परिषदको आह्वान

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

इजरायलले महिला अध्ययन गर्ने प्राथमिक विद्यालयमा हमला गर्दा पाँच जनाको मृत्यु

उत्तर इजरायलको नौ तल्ले घरमा खस्यो इरानी मिसाइल, कम्तीमा एक जना घाइते

जलालाबादमा पाकिस्तानी जेट खसालियो, पाइलट पक्राउ

इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो
इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन् । एक अमेरिकी अधिकारीले बताएअनुसार इरानमाथि गरिएको आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीको हिस्सा हो।

इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको कार्यालय नजिक पनि आक्रमण गरिएको बताइएको छ। इजरायलले इरानको राजधानी तेहरानसहित धेरै शहरमा आक्रमण गरेको छ। यो हमला अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाहीअन्तर्गत गरिएको हो।

यस क्रममा इरानी सर्वोच्च नेता खामेनेईको कार्यालय नजिक हमला गरिएको छ। हमलापछि उनलाई सुरक्षित स्थानमा सारिएको छ।

नेपाली समयअनुसार शनिबार दिउँसो भएको यस आक्रमणपछि शहरहरूमा धुवाँको मुस्लो देखिएको छ। इजरायली डिफेन्स फोर्सले इरानमाथि आक्रमणको पुष्टि गर्दै यसलाई पूर्व–रोकथाम हमला भनेको छ। तेहरानसहित विभिन्न शहरमा विस्फोट सुनिएका छन् र हवाई हमलाका साइरन बजिरहेका छन्।

इरानी मिसाइल प्रहारबाट अबु धाबीमा अज्ञात एशियाली देशका एक जनाको मृत्यु भएपछि यूएई क्रुद्ध

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

लेबनानमा पनि इजरायली हमला तीव्र

अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरेका हौँ : ट्रम्प

आइएमएफद्वारा किएभका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता






























प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ७ : ५६ बजे

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

काठमाडौं – नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा

इरानी जनरलले भने : वर्षौँसम्म लड्न तयार, सर्वोच्च नेता खामेनेई अहिलेसम्म सुरक्षित

तेहरान- इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईरजीसी) का जनरल इब्राहिम

दुबईमा बुर्ज खलिफा खाली गराइयो, इरानको दक्षिण भागमा कम्तीमा ७० जना मारिए

यूएई- दुबईको प्रसिद्ध तथा विश्वकै सबैभन्दा अग्लो भवनलाई विस्फोटको आवाजपछि

ज्येष्ठ अभिभावकलाई प्रमुख अतिथि बनाएर लालीगुराँसको वार्षिकोत्सव

काठमाडौं– काठमाडौंको नरेफाँटस्थित लालीगुराँस बालबाटिका माध्यमिक विद्यालयले २० औँ वार्षिकोत्सव

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं – इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली