आजका समाचार : आयोगको प्रतिवेदनले खैलाबैला, रवीन्द्र उत्कृष्ट जीत र मध्यपूर्वमा हानाहान जारी « Khabarhub

आजका समाचार : आयोगको प्रतिवेदनले खैलाबैला, रवीन्द्र उत्कृष्ट जीत र मध्यपूर्वमा हानाहान जारी


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटले
नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ मा विपक्षीलाई दोस्रो राउन्डमै पराजित गरेका छन् ।

चीनको मकाउमा भएको प्रतिस्पर्धाको मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँट ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा भिडेका उनले विपक्षीलाई नकआउट हानेका हुन् ।

फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनसँग भएको प्रतिस्पर्धामा ढाँटले दोस्रो राउन्डमै जित निकालेर सेमिफाइनल यात्रा तय गरेका हुन्।

फिलिपिनो प्रतिस्पर्धीसामु रवीन्द्र एकपक्षीय देखिएका थिए । पहिलो र दोस्रो दुवै राउन्डमा शक्तिशाली देखिएका उनी सजिलै विजयी भएका हुन् ।

ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ?

संसद्‌मा भूमिका थप प्रभावकारी बनाउने कांग्रेसको निर्णय

बजेट प्रस्तुतीका लागि सङ्घीय संसद्को संयुक्त बैठकको तयारी पूरा

छानबिनका लागि तयार छु, आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होस् : रवि किरण
जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनलाई उनले सकारात्मक कदमको रूपमा लिएका छन् । हमालले एक भिडियो सन्देश जारी गर्दै आफू छानबिनका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

‘शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउने, अराजकता सिर्जना गर्ने र आन्दोलनलाई नेतृत्वविहीन बनाउने प्रयास गर्ने जो कोहीमाथि पनि निष्पक्ष छानबिन गरी कानुनी कारबाही हुनुपर्छ,’ हमालले भनेका छन्।

उनले आन्दोलनमा ज्यान गुमाएकाहरूको सपना पूरा गर्न सम्पूर्ण देशवासी एकजुट हुनुपर्ने बताएका छन्। ‘मृतकहरूको बलिदान व्यर्थ हुन दिनुहुँदैन। सबै पक्ष जिम्मेवार बनेर अगाडि बढौँ,’ उनको आह्वान छ।

भारतको अनुदानमा १४ वटा विद्यालय पुनर्निर्माणका लागि सम्झौता

चैत मसान्तसम्मको कृषि मन्त्रालयको पुँजीगत खर्च ०.६ प्रतिशत मात्रै, अरुको कति ?

अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित : परराष्ट्रमन्त्री

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

पोखराका अनधिकृत संरचना हटाइँदै
पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ ।

हंकङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको हो ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा दुईवटा डोजर प्रयोग गरेर संरचना हटाउन थालिएको हो । महानगरले संरचना हटाउने पूर्वसूचना गरेपछि सङ्घसंस्था र व्यवसायीले भवन तथा सटर आफैँ खाली गरेका थिए । महानगर प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाएर दुई लेनको सडक निर्माण गरिने बताए। उक्त सडक निर्माणपछि पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ ।

पोखरा उपत्यका नगरविकास समितिको जग्गा अतिक्रमण गरेर विभिन्न सङ्घसंस्थाले भवन बनाइ सटर भाडामा लगाउँदै आएका थिए । महानगरपालिकाले आयोजना गरेको सर्वदलीयरसर्वपक्षीय छलफलपछि राजनीतिक दलका भातृसंस्थालगायतले भवन खाली गर्न राजी भएका थिए ।

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

समयमा उद्दार नहुँदा मर्‍यो हिलोमा गाडिएको जंगली हात्तीको छावा

‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल 

उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतको भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरका छन् ।

भेटका अवसरमा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दैै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ साझेदारी आवश्यक भएकोमा जोड दिए ।

राजदूत चाङ माओमिङले चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए । नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उनले दुवै देशका जनताको समृद्धिका निम्ति आफू क्रियाशील रहने बताए ।

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नत

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँस्थित मस्जिदमा नमाज पढ्दै मुस्लिम समुदाय (तस्बिर)

प्रहरीका एसपी अमरेन्द्र सिंहलाई एसएसपीमा बढुवा सिफारिस

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि इरान क्रुद्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि इरानले क्रुद्ध प्रतिक्रिया दिएको छ । राष्ट्रपति ट्रम्पले ध्वस्त पार्ने धम्की दिएपछि इरान ओमनको समर्थनमा उत्रिएको हो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघेईले बिहीबार विज्ञप्ति जारी गर्दै ‘अमेरिकी अधिकारीको धम्की’ विरुद्ध ओमनप्रति ऐक्यबद्धता जाहेर गरेका हुन् ।

यसअघि राष्ट्रपति ट्रम्पले होर्मुजको जलक्षेत्र कसैले पनि नियन्त्रण गर्न नहुने बताएका थिए । उनले अन्तर्राष्ट्रिय समुद्र भएकाले होर्मुज जलक्षेत्रसँग सीमा जोडिएको ओमनले पनि अरुले गरेजस्तै व्यवहार गर्नुपर्ने अन्यथा ध्वस्त पार्ने धम्की दिएका थिए ।

इरानले ओमनसँग मिलेर होर्मुजको जलक्षेत्रबाट ओहोरदोहोर गर्ने जहाजबाट शुल्क उठाउने तयारी गरिरहेका बेला ट्रम्पको धम्की आएको हो । वर्षौँदेखि आर्थिक र रणनीतिक रुपमा निकट सम्बन्ध रहेको ओमनविरुद्ध राष्ट्रपति ट्रम्पले दिएको धम्कीलाई धेरैले आश्चर्यका रुपमा हेरेका छन् ।

बंगलादेशमा डोनाल्ड ट्रम्प भैँसीको बलि रोकियो, अब चिडियाखानामा राखिने

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

कुवेतमा मिसाइल र ड्रोन हमला, मध्यपूर्वमा फेरि तनाव बढ्ने संकेत

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा

फेरि बढ्यो इरान-अमेरिका तनाव, बन्दर अब्बासमा विस्फोटपछि अमेरिकी एयर बेसमा हमला

शान्ति वार्ताअघि लेबनानमा इजरायलको हवाई हमला, साइडनमा तीन जनाको मृत्यु






















प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ८ : ०० बजे

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

तराईसहित विभिन्न स्थानमा वर्षा : उखरमाउलो गर्मीमा राहत

काठमाडौं – पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा