अर्थ समाचार : यसै वर्ष गण्डकीमा शतप्रतिशत विद्युतीकरण गरिने, एक महिनाभित्र घुमाउने पुल बनाउन थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता र चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण « Khabarhub

अर्थ समाचार : यसै वर्ष गण्डकीमा शतप्रतिशत विद्युतीकरण गरिने, एक महिनाभित्र घुमाउने पुल बनाउन थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता र चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ योजना, १ लाखसम्मको बीमा सुरक्षा

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, मूल्य कति होला ? 

नबिल बैंक दक्षिण साफा मेरिट अवार्डबाट सम्मानित

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरीे अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।

चारपटकसम्म यसबीचमा ठेक्काको म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति जम्मा ८० प्रतिशत मात्र पुगेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए ।

पछिल्लोपटक गत असारमा थपिएको म्याद पनि कात्तिकमा सकिइसकेको छ । ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो । सङ्घ सरकारको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत उक्त सडक निर्माणको काम भइरहेको हो ।

सानिमा बैंकका कर्मचारी थापा र ढकालको बढुवा

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

मन्त्री श्रेष्ठबाट म्याग्दी र पर्वतका बाढी प्रभावित क्षेत्रको निरीक्षण

ऊर्जा मन्त्रीले भने- यसै वर्ष गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य राखेका छौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन् ।

बागलुङको प्रसिद्ध पर्यटकीयस्थल ढोरपाटनमा बिहीबार केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै उनले त्यसको करिब ११ किलोमिटर टाढा अवस्थित निसेलढोरमा पनि यसै वर्ष विद्युत् पुर्‍याउने लक्ष्य रहेको बताए । यससँगै गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ थियो ।

बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरो निरीक्षणपछि मन्त्री श्रेष्ठले निसेलढोरमा विद्युत् विस्तारको काम अघि बढाइने बताएका हुन् । ‘चुनौतीका बीच ढोरपाटनमा केन्द्रीय विद्युत् पुगेको छ । त्यहाँबाट ११ किलोमिटर टाढा रहेको निसेलढोरमा सम्भवतः यसै वर्ष विद्युत् पुर्‍याउँछौँ । त्यसपछि गण्डकीमा शतप्रतिशत विद्युतीकरण हुन्छ’, उनले भने ।

बालुवा-गिट्टी कुटेर बिताएको झुप्रा खोलामा शिक्षामन्त्रीलाई लिएर पुगिन् मन्त्री बादी

जङ्गलमै बास बसेर सोवाङधुरी जोड्ने पदमार्ग निर्माण

काठमाडौँ उपत्यकामा मात्रै ६७५ सवारीचालक कारबाहीमा

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

डीपीआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ७ : ०२ बजे

धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न

झापा–  झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना

‘एक्लै हो म’ मा राजेशनाथसँग बिना राउतको रोमान्स

काठमाडौं– अभिनेता तथा गायक राजेशनाथको स्वरमा रहेको गीत ‘एक्लै हो

‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित

विश्वकप क्वालिफायर प्लेअफअगाडि यूएईको कोच बने पूर्वकप्तान मल्ल

काठमाडौं- नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्सको