बजेट भाषण : स्वास्थ्य क्षेत्रका यी लोकप्रिय कार्यक्रमले पाउलान् निरन्तरता ? « Khabarhub

बजेट भाषण : स्वास्थ्य क्षेत्रका यी लोकप्रिय कार्यक्रमले पाउलान् निरन्तरता ?


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब दुईतिहाइ बहुमतसहित बनेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेट सार्वजनिक गर्दैछ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा आमनागरिक र सरोकारवालामा कौतुहलता र चासो बढेको छ ।

विशेषगरी आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको र सबैभन्दा संवेदनशील मानिने स्वास्थ्य क्षेत्रमा यो सरकारले कस्तो नीति र बजेट ल्याउला भन्ने विषयमा चासो बढेको छ । 

यसअघिका सरकारले ल्याएका र जनतामाझ निकै लोकप्रिय बनेका स्वास्थ्यका मुख्य कार्यक्रमलाई ’बालेन सरकार’ ले अपनत्व लिन्छ या नयाँ रणनीतिसहित परिमार्जन गर्छ भन्ने विषय बजेटको मुख्य चासो बनेको छ।

स्वास्थ्यका लोकप्रिय कार्यक्रम ? 

हवाई उद्धार कार्यक्रम 

विगतका वर्षहरूमा ’राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत दुर्गम तथा हिमाली क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी आमाहरूका लागि सञ्चालित हवाई उद्धार (हेलिकप्टर सेवा) कार्यक्रम निकै प्रभावकारी सावित भएको छ । 

यस कार्यक्रमले विकट क्षेत्रका सयौँ महिलाहरूको अकालमा हुने मृत्युलाई टारेको छ । बालेन सरकारले मानवीय संवेदनशीलतासँग जोडिएको यो कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेको छ ।

तर, नयाँ बजेटमा यसलाई प्रविधिमैत्री बनाउँदै वास्तविक समयमा उद्धार गर्न सक्ने गरी काम गर्छ की गर्दैन ? त्यो भने बजेट आएपछि मात्रै थाहा हुनेछ । 

दीर्घरोगीलाई मासिक ५ हजार भत्ता

जटिल तथा दीर्घरोग जस्तै: मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर रोगी, र मेरुदण्ड पक्षघात भएका अन्तर्गत विभिन्न ८ प्रकारका बिरामीहरूलाई औषधोपचार खर्चबापत सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । 

जुन विपन्न परिवारका लागि ठूलो राहतको स्रोत बनेको छ । चुनावी घोषणापत्र र सुशासनको एजेन्डा बोकेको वर्तमान सरकारले यो वितरणमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । 

वर्तमान सरकारको नीति तथा कार्यक्रम अनुसार यसलाई वितरणमुखी कार्यक्रममा मात्रै सीमित नराखी उपचारमा सहजताका लागि प्रदेसस्तरमा सेवा विस्तार गर्ने योजना अघि सारेको छ छ । 

त्यस्तै मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गरिने बताएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम 

नेपालको स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो र महत्त्वाकांक्षी कार्यक्रम ’स्वास्थ्य बीमा’ विगत केही वर्षदेखि दाबी भुक्तानीमा ढिलाइ, अस्पतालहरूको असन्तुष्टि र सुस्त सेवाका कारण धराशायी जस्तै बनेको छ । 

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका देशभरीका निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सेवाहरू बन्द गर्न बोर्ड आफैले निर्देशन दिएको छ । बोर्डका अनुसार विभिन्न अस्पताललाई भुक्तानी गर्न बाँकी रकम २४ अर्ब बढी पुगिसकेको छ । 

अर्थ मन्त्रालयका अनुसार वर्तमान सरकारले यस पटकको बजेटमा स्वास्थ्य बीमालाई ’पुनर्जागरण’ गर्ने रणनीति लिएको छ । 

यसका लागि स्वास्थ्य बीमाको बजेट दायरामा केही वृद्धि गर्ने, प्रिमियम र दाबी भुक्तानी प्रणालीलाई पूर्णतः स्वचालित बनाउने र निजी तथा सरकारी अस्पतालहरूबीचको सेवा विभेद अन्त्य गर्ने गरी ठोस योजना ल्याइने बुझिएको छ ।

एक स्थानीय तह, एक अस्पताल 

हरेक नागरिकलाई आफ्नै पालिकामा आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको एक स्थानीय तह, एक अस्पताल कार्यक्रम विगत ५ वर्षदेखि सञ्चालनमा छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म १ सय ९ अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । 

बाँकी रहेका केही अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन् भने केहीको निर्माण कार्य नै सुरू भएको छैन । अघिल्लो सरकारले यस कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । 

तर वर्तमान सरकारले यसलाई नीति तथा कार्यक्रममा पनि नराखेको पाइएकाले बजेट विनियोजन हुने सम्भावना न्यून छ । यस बजेटमा केवल भवन निर्माणमा मात्र बजेट छर्ने पुरानो परिपाटी अन्त्य गरी, बनिसकेका अस्पतालहरूमा चिकित्सक, नर्स, आधुनिक उपकरण (जस्तै एक्स–रे, ल्याब) सुनिश्चित गर्न र ग्रामीण क्षेत्रमा ’टेलिमेडिसिन’ सेवा विस्तार गर्न प्राथमिकता दिइने सम्भावना छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिनु सकारात्मक भए पनि तिनको कार्यान्वयनमा देखिने बेथिति र भ्रष्टाचार रोक्नु बालेन सरकारको प्रमुख चुनौती हुनेछ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममा पाँच वर्षभित्रमा कूल बजेटको ८ प्रतिशत पुर्‍याउने प्रतिवद्धता जनाइसकेकाले यस वर्ष पनि केही बढ्ने संकेत देखिएको छ । 

नेपाल चिकित्सक लगायत स्वास्थ्य क्षेत्रका सरकोकारवालाहरूले भने कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा अनिवार्य विनियोजन गर्नुपर्ने औंल्याउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओको मापदण्ड अनुसार पनि कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा विनियोजन गर्नुपर्ने हुन्छ । 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  २ : २८ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।