आजका समाचार : माओवादीसहितले ओलीलाई विश्वासको मत नदिने, एमालेले प्रधानमन्त्रीलाई बुझायो सुझावपत्र | Khabarhub Khabarhub

आजका समाचार : माओवादीसहितले ओलीलाई विश्वासको मत नदिने, एमालेले प्रधानमन्त्रीलाई बुझायो सुझावपत्र


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् ।

आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन: जिम्मेवारीमा नआएको स्पष्ट पारे।

ओलीलाई होमवर्क : राजावादी र पहिचानवादीबाट जोगिनू, संविधान थोरै चलाउनू

नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझोदारीका क्रममा गरेको ७ बुँदे सहमति अहिलेसम्म गोप्य छ । यहीबेला शुक्रबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसमेतको टोलीले प्रधानमन्त्री ओलीलाई पार्टीका तर्फबाट ६ पृष्ठ लामो सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीलाई उनकै दलले बुझाएको लिखित सुझावमा आगामी तीन वर्षसम्म सरकारले गर्नुपर्ने गृहकार्य (होमवर्क) समेटिएको छ ।

जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ ।

पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए । ‘जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ, तर, पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन, भोलि शनिबार वा आइतबार बिहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ’, उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

सुजाताको समर्थनपछि शेखर भन्छन्- एकताबद्ध भएर अघि बढ्छौँ

नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

शुक्रबार बालुवाटारस्थीत शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफूभित्र कुनै विवाद नरहेको भन्दै आगामी आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन् ।

५ वर्षमा पनि बनेन संसद् भवन, मंसिरसम्म सक्न सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक नभएको बताएका छन् ।

तीन वर्षमा सक्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको संसद् भवनको काम समयमा सम्पन्न नभएपछि आज उनले सिंहदरबारमा सरोकार भएका निकायका अधिकारीहरूलाई बोलाएर जानकारी लिएका हुन् ।

उपसभामुखको जवाफ : सेवाभावले पत्र लेखेँ, अमेरिकासँग भिसा मागेको होइन

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कसैलाई पनि भिसा दिलाउन भन्दै आफूले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र नलेखेको बताएकी छन् ।

रानाले १७ महिनाअघि अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि समय मिलाउन लेखिएको पत्रलाई लिएर आएका समाचारप्रति शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेकी हुन् ।

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा उनले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन्।

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैन : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताएका छन् ।

सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।

केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्नुपर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताउनु पर्ने बताएका छन् ।

शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समीकरण भन्दा फरक रहने सोच नभएको भन्दै त्यही अनुसार सरकार बन्ने बताएका हुन् ।

मन्त्रीहरूलाई महरको सुझाव- खादा र माला धेरै भयो, अब जनतालाई राहत चाहियो

नेपाली कांग्रेसका नेता नैनसिंह महरले नवगठित सरकारका मन्त्रीहरूलाई सिंहदरबारमा खादा, माला र बधाई थाप्नुभन्दा बाढीपहिरोबाट प्रभावितको उद्धारमा खट्न आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौँसम्म खादा र मालामै व्यस्त भएर समय खेर फाल्नु गलत भएको बताए ।

राष्ट्रियसभा बैठक : ‘सडक यात्रालाई सुरक्षित बनाउन विलम्ब नगरौँ’

राष्ट्रियसभाका सांसदहरूले सडक दुर्घटनाका कारण बर्सेनि ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएकामा चिन्ता व्यक्त गर्दै सडक यात्रालाई सुरक्षित बनाउन विलम्ब गर्न नहुने बताएका छन् ।

सभाको आजको बैठकको ‘प्रादेशिक सरोकार’ समयमा उनीहरूले सडक दुर्घटना न्यूनीकरणका लागि नयाँ योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए । सडक यात्रालाई सुरक्षित बनाउन राष्ट्रले नयाँ ढङ्गले सोच्नुपर्नेमा उनीहरूको जोड थियो ।

राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

परराष्ट्रले भन्यो- बङ्गलादेशमा नेपाली विद्यार्थी सुरक्षित छन्

सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको उल्लेख गरेको छ ।

अर्थसंक्षेप : माइक्रोसफ्टमा समस्या आउँदा विश्वभरका आर्थिक क्षेत्र प्रभावित, निर्माण व्यवसायीको भुक्तानी नरोकीने

फुटपाथ विस्तारले न्यूरोडमा तनाव : महानगरको डोजरमै चढेर अवरोध (तस्बिरहरू)

काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार योजनाले तनाव बढाउँदै लगेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनामा अघि बढेको फुटपाथ विस्तारविरुद्ध वडाअध्यक्षसहितका जनप्रतिनिधिहरू प्रतिकारमा उत्रिएका हुन् ।

काठमाडौंको ढल मिसिएको पानीमा भेटियो पोलियोको भाइरस

काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको छ ।

टुकुचा र बागमती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त सो भाइरस देखिएको हो ।

२६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतले बताए ।

दुई लाख ३१ हजार भक्तजनले पाथीभरा देवीको दर्शन गरे

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०-८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् ।

विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ ।

पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्रिशूलीमा बेपत्ता यात्रुको शव नारायणीले बगाएर भारत पुर्‍यायो

भेटिइनन् त्रिशूलीमा बेपत्ता सृष्टि, कुशको शव बनाएर अन्तिम संस्कार

त्रिशूलीमा खसेको एञ्जल बसका चालकको कुशको शव बनाएर बिदाइ

सिमलताल पहिरोमा ज्यान गुमाएका विकका परिवारलाई दुई लाख सहयोग

पहिराले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति, गाडी र मोटरसाइकल पुरिए

भारतीय प्रधानमन्त्री मोदी भन्छन्- नेपाल प्राथमिकतामा छ, सहकार्य गर्न तयार छौँ

युक्रेनी राष्ट्रपति भन्छन्- ट्रम्प फेरि राष्ट्रपति बने उनीसँग काम गर्न सहज हुँदैन

रिल बनाउने चक्करमा झरनाबाट खसेर एक युवतीले ज्यान गुमाइन्

कोटा प्रणालीले बंगलादेशमा चर्किएको हिंसा : ३० बढीको मृत्यु

सम्झनाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले यूएईलाई हरायो

नेपालले जारी महिला एसिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।

युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : ०० बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ १२ गते शनिबार माघ

आज २०८१ साल माघ १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ १२ गते शनिबार माघ

पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न

गण्डकी – पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ ।

पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता

कास्की – पोखरा रङ्गशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर

सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री