आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकको दुई करोड

प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकको ५१ लाख सहयोग

प्रधानमन्त्री उद्धार कोषमा एमालेको पनि ५० लाख सहयोग

कोशीमा विपद्बाट ४ अर्ब ६३ करोड बराबरको क्षति

असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा करिब ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कोशी प्रदेशमा बाढी पहिरोका कारण केही क्षेत्रमा यातायात सञ्चालन नहुने स्थिति भए पनि आवतजावतमा नै समस्या नभएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले जानकारी दिए ।

लेबनान र इजरायलमा रहेका नेपालीले आफ्नो अवस्था अपडेट गर्नू : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएकी छन् ।

ती देशमा अवस्थित नेपाली राजदूतहरूसँग आज मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमनमा निस्किए गृहमन्त्री, पीडितसामु तीन दिनभित्र राहत पुर्‍याइने


गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरूको विवरण पठाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् ।

आइतबार ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरूको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए ।

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

रविको बचाउमा प्रचण्ड, भने- सहकारी ठगी प्रकरणमा निर्दोष छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र सभापति रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको बताएका छन् ।

प्रचण्डको दाबी- मैले रविलाई क्लीन चिट दिएको छैन

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता

आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्मको निवेदन आव्हान भएकोमा २५ दल दर्ता भएका हुन् ।

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडैलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

‘मेरो उद्देश्य पवित्र छ, छिटो-छरितो न्यायका लागि खट्छु’

जनार्दनको प्रस्तावमा गठित महाप्रसादविरुद्धको जाँचबुझ समिति रद्ध

सरकारले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समितिलाई रद्ध गरेको छ ।

असोज १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आइतबार यसबारेको जानकारी दिएका हुन् ।

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जाने सरकारलाई चेतावनी दिएको छ । बिगेसोले दशै‌ं-तिहारपछि देशैभरि आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर बिगेसोले सरकारलाई आन्दोलनको चेतावनी दिएको हो ।

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको छ। आश्विन १० गतेदेखि १३ गतेसम्म लगातारको वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण थालिएको हो ।

आइतबार हेटौंडाबाट बेलिब्रिजका सामान लगेर बेलिब्रिज निर्माणको काम सुरु भएको नेपाली सेनाले जनाएको छ।

मारवाडी सेवाबाट खोसियो धर्मशाला, अब पशुपति क्षेत्र विकास कोषले नै चलाउने

लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रस्थित धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।
सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो ।

खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर खसीबोका र च्याङ्ग्रामा १०/१० रुपैयाँ छुट दिएर आइतबारदेखि बिक्री खुलाएको छ । कम्पनीले चाडपर्वका लागि भन्दै भित्र्याएको १५०० खसीबोका र ३०० च्याङ्ग्राको बिक्री सुरु गरेको हो ।

कम्पनीले चाडपर्वका बेला उपभोक्तालाई सहुलियतस्वरुप खसीबोका र भेडाच्याङ्ग्राको बिक्री खुलाएको हो । कम्पनीले भित्र्याएका खसीबोका जिउँदोको मूल्य प्रतिकेजी ६७० रुपैयाँमा १० रुपैयाँ छुट दिएर बिक्री गरेको छ । त्यस्तै, मुस्ताङको च्याङ्ग्रा प्रतिकेजी १२३० रुपैयाँमा १० रुपैयाँ छुट दिएर बिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय…

इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण

पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत प्रस्थान

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

आतंकवाद निर्मूल पार्न भारत र इजरायल प्रतिबद्ध

श्रीलंकाको विकासमा सहयोग गर्न भारत प्रतिवद्ध

खेलकुद…

एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने

भिल्लारियलसँगको खेलमा रियल म्याड्रिडको जित

साउदी प्रो लिग : अल नासरको जित

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ५७ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते