आजका समाचार : रविसँग ९ घण्टा बयान, प्रचण्ड भेडाबाट सिंह बन्ने र बक्यौतामा कुलमानले कसैलाई नछाड्ने | Khabarhub Khabarhub

आजका समाचार : रविसँग ९ घण्टा बयान, प्रचण्ड भेडाबाट सिंह बन्ने र बक्यौतामा कुलमानले कसैलाई नछाड्ने


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीलाई कुलमानको जवाफ-बक्यौता उठाउँदैमा कुनै उद्योग डुब्दैनन्
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशको औद्योगिक वातावरण बिगारेको भनेर लगाएको आरोपप्रति आपत्ति जनाएका छन् ।

बुधबार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफू देशमा औद्योगिक वातावरण हुनुपर्छ, उद्योग स्थापना हुनुपर्छ भन्ने कुरामा दृढ रहेको बताए ।


त्यहीअनुसार विद्युत् प्राधिकरण लागिरहेको पनि उनले जानकारी दिएका छन् । ‘यसअघि लोड पनि डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेसम्म जोड्नु हुँदैन भनेर विनियमावलीमा व्यवस्था गरेका थियौँ। बक्यौता भएकालाई थप लोड स्वीकृत नगर्ने भनेका थियौँ’, उनले भने, ‘तर त्यसलाई संशोधन गरेर हामीले पछिल्ला चार वर्षमा ८ सय मेगावाट लोड उद्योगका लागि स्वीकृत गरेका छौँ । करिब १३ सय मेगावाटको लोड हालसम्म उद्योगका लागि स्वीकृत भएको छ ।’

सरकारको निर्णयले रोकिने भयो उद्योगीलाई प्राधिकरणको किस्ता सुविधा

धनराज गुरुङसँग सीआईबीले लियो दिनभर बयान

नौ घण्टा लामो बयानपछि प्रहरीको घेराबाट हात हल्लाउँदै हिरासततिर रवि

उद्योगमा लाइन जोडेसँगै पत्रकार सम्मेलन गर्दै कुलमान

कलंकी-सतुंगल क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

एकीकृत समाजवादीले उपनिर्वाचनमा विपक्षी गठबन्धनसँग समन्वय गर्ने

पहिलो दिन बोल्न भ्याएपछि घेरेर सरकारी वकिलकहाँ लगियो रविलाई

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाइनेछ’
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरूपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन् ।

 

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्दै राकम कर्णालीमा सय श्यैयाको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको अवगत गराए ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध नेपाल सरकार प्रतिबद्ध रहेको समेत बताए।

कोशीमा पनि एमाले-कांग्रेसको राजनीतिक संयन्त्र, जिल्लामा पनि बनाइने

कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई राप्रपाको १० बुँदे ज्ञापनपत्र

माओवादीको उकालो यात्रा सुरु भयो : प्रचण्ड

अब समस्याउन्मुख सहकारीको अनुगमन गरिने, सातवटा टोली परिचालन

बालबालिका ऐन संशोधन गर्न सांसदहरूको जोड

‘माओवादीहरू सिंहजस्तै थियौँ, भेडाको भिडमा पसेर भ्या-भ्या गर्ने भयौँ, अब सुध्रिन्छौँ’

जलवायु समस्या र गरिवी निवारणलाई एकीकृतरूपमा सम्बोधन गर्नुपर्ने : राष्ट्रपति पौडेल

द्रुतमार्गको प्रगति सन्तोषजनक रहेको संसदीय समितिको निष्कर्ष

निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ
कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा टेलिभिजन अन्तर्वार्तामा सनसनीपूर्ण कुरा बोलेका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पटक पटक विवादमा आइरहने प्रस्तोता ऋषि धमलासँग प्राइमटाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अर्यालले विवादित अभिव्यक्ति दिएपछि बुधबार नियन्त्रणमा लिएको हो। उनलाई मंगलबार पनि सोधपुछ गरेर हाजिर जमानीमा छाडिएको थियो ।


सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएका ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको छ । सीआईबीका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले तीनैजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पुष्टि गरेका छन् ।

हराए जेब्राक्रस, जोखिममा पैदल यात्री (तस्बिरहरू)

मुख्यमन्त्री लामालाई बागमतीको संसदीय दलले बुझायो ध्यानाकर्षणपत्र

जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व संकलनमा असर

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउँदै

सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित

यूएईलाई हराउँदै यू-१९ महिला टी-२० विश्वकपमा पुग्यो नेपाल
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । बुधबार भएको अन्तिम खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो ।

यूएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४।३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रतियोगितामा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनौट भएको हो ।


यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रनमा रोकेको थियो । यू(१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदै छ ।

१६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुङ्गो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रीय छनौटबाट नेपालसहित ५ देशले भाग लिँदै छन् ।

महिला विश्वकप छनोट : आज युएईसँग भिड्दै नेपाल

यु–१९ महिला टि–२० विश्वकप छनोट : नेपालविरुद्ध युएईले ब्याटिङ गर्दै

दुर्घटनामा परेका फुटबलर एंगुलोको निधन

नयाँ मोडतिर मध्यपूर्वको राजनीति

इरानका विदेश मन्त्री अब्बास अरागचीले रियादमा भइरहेको अरब-इस्लामिक देशको सम्मेलनका क्रममा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् ।

अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै यसबारे खुलाएका हुन् । उनीहरूबीच एक महिनाबीचमा भएको यो दोस्रो भेटवार्ता हो ।


अरागचीले भनेका छन्, ‘मैले आफ्ना कयौँ समकक्षी (विदेश मन्त्री) सँग पनि भेटवार्ता गरेँ । हामी सबैको साझा चिन्ता र साझा हित छन् । हामी मध्यपूर्वमा अहिले महत्वपूर्ण चुनौती सामना गरिरहेका छौँ । ती चुनौती सामना गर्न हामी सहयोग र समन्वयको महत्व राम्ररी सम्झिन सक्छौँ । क्षेत्रीय संवाद एक विकल्प मात्रै होइन, आवश्यक भएको छ । यसका लागि हामी सहमत भएका छौँ।’

गाजामा भएको इजरायली हमलामा तीन प्यालेस्टिनीको मृत्यु

जिम्मेवारी बाँडफाँडमा व्यस्त ट्रम्प स् एलन मस्कले पाए विशेष भूमिका

पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द

रूसद्वारा किएभमा मिसाइल र ड्रोन आक्रमण

 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : ४६ बजे

धितोपत्र बोर्डको अध्यक्षका लागी दुई जनाको अन्तर्वार्ता जारी, चापागाईँ आएनन् 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अहिले अर्थ मन्त्रालयमा अन्तर्वार्ता

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार छ दिनदेखि बढिरहेको छ

रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे

पोखरा– सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८

स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह

जुम्ला– जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री