आजका समाचार : एमाले सबैभन्दा धनी दल, ऊर्जामन्त्रीलाई कुलमानको कडा चुनौती र चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण | Khabarhub Khabarhub

आजका समाचार : एमाले सबैभन्दा धनी दल, ऊर्जामन्त्रीलाई कुलमानको कडा चुनौती र चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दलहरूको आर्थिक हैसियत : सबैभन्दा धनी एमाले, घाटामा चल्दै कांग्रेस, माओवादी र रास्वपा
राजनीतिक दलहरूले आर्थिक वर्ष २०८०र८१ को लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । गत माघभित्र ८८ वटा राजनीतिक दलले आयोगमा प्रतिवेदन बुझाएका छन् ।

आयोगमा हालसम्म ११५ दल दर्ता छन् । जसमा ८८ दलको लेखा परीक्षण प्रतिवेदन आयोगमा पुगेको हो ।

आयोगमा बुझाइएको विवरणअनुसार प्रमुख सत्तारुढ दल नेकपा (एमाले) सबैभन्दा धनी देखिएको छ ।

एमालेले आ.ब.२०८०-८१ मा १४ करोड ७९ लाख ५ हजार ८ सय ९ रुपैयाँ आम्दानी गरेको छ । जसमा ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च भएको एमालेको प्रतिवेदनमा उल्लेख छ ।

एमाले आफ्नो प्रतिवेदनमा आम्दानीको मुख्य स्रोतका रुपमा सदस्यता शुल्कलाई उल्लेख गरेको छ। एमालेले गत आर्थिक वर्षमा सदस्यता शुल्कवापत ११ करोड ५४ लाख ३० हजार ४ सय ३७ रुपैयाँ आम्दानी गरेको आयोजमा बुझाएको विवरणमा उल्लेख छ ।

कुलमानले ऊर्जामन्त्रीलाई बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ (पूर्णपाठसहित)

नेपाललाई बहुल राष्ट्रिय चरित्रको बनाउन राजेन्द्र महतोले आन्दोलन गर्ने

पाथीभरा केबलकार विवाद : कोशीका सांसदहरूसँग फेरि छलफलमा गृहमन्त्री लेखक

सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री

प्रचण्डले भने- हामीले गरेका सुधारकार्यको कार्यान्वयन सरकारले रोक्यो

मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन हो : प्रचण्ड

धार्मिक भावले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँछ : मन्त्री पाण्डे

घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री

नेपालमा थप लगानी गर्न जापानका व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताएका छन् ।

नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरूसँगको भेटमा उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरूको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

पौडेलले विदेशी लगानीकर्ताहरूका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे ।

उनले सरकारले निजी क्षेत्रका सरोकारहरूलाई सम्बोधन गरी विभिन्न कानुनहरू अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिए ।

विकास निर्माणका काममा दलहरू मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव

सिंहदरबार चहारेर अनुदान लिने प्रवृत्ति अन्त्य : कृषिमन्त्री अधिकारी

भूकम्पपछिको पुनः निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री

नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह

आवासीय चिकित्सकहरूलाई सरकारी सरह सेवा सुविधा दिन केयुको परिपत्र

शुक्रबारबाट कामपाको शैक्षिक मेला, ३० रुपैयाँमा खाजा खुवाउने
काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ गर्ने भएको छ ।

सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रमको नतिजा देखाउनको लागि २ दिने मेला गर्ने भएको बिहीबार महानगरमा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्ने मेलामा प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरू नै हुने मानन्धरले जानकारी दिए ।

निगमको दोस्रो वाइडबडी आज उड्ने, न्यारोबडीको उडान अनिश्चित

नेविसंघका दुई गुटको झडप- मोरङको क्याम्पसभित्रै बन्चरो र तरबारसहित उत्रिए विद्यार्थी नेता

ट्राफिक प्रहरी पोस्ट काँकाडभिट्टाबाट टीभीआरएस प्रणाली सुरु

५५ वर्षीय ‘बुलेट आमा’लाई काठमाडौं महानगरको सम्मान

सुर्खेत गाडी दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु

मनाइयो राष्ट्रिय मगर एकता दिवस (तस्बिरहरू)

विश्व प्रदूषित सहर : पहिलो नम्बरमै नेपाल

बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ

युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न आग्रह
हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ।

जनवरी १९ मा लागू भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमति अन्तर्गत बुधबार राति र बिहीबार बिहान गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदलाबदलीपछि हमासले युत्रविरामको दोस्रो चरणमा प्रवेश गर्न माग गरेको हो ।

सम्झौताको पहिलो चरणअन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई मुक्त गरेको छ भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेको छ ।

यसको बदलामा इजरायलले महिला र नाबालिकसहित करिब एक हजार ९०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सहमति भएको थियो ।

श्रीलंकामा मानव र हात्तीबीचको द्वन्द्वमा ठूलो जनधनको क्षति

अमेरिकालाई मजबुत बनाउन इयूको उदय भएको हो : ट्रम्प

इजरायलको जेलबाट छुटे ६ सय २५ जना प्यालेस्टाइनी, गाजाक्षेत्रमा उत्सव मनाइँदै

जापानमा डढेलो बस्तीमा पसेर ८० भन्दाबढी भवनमा क्षति

कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने ट्रम्पको निर्णय

युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

हमासले चार शव बुझाएसँगै पहिलो चरणको बन्दी हस्तान्तरण सकियो

अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धन सरकार बनाउने

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ५५ बजे

अपडेट : सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं – शुक्रबार बिहानका राति काठमाडौं उपत्यकामासहित देशभर ठुलो भूकम्पको

काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस

काठमाडौं – काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महुसुस भएको छ

जबरजस्तीकरणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ

भक्तपुर – जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला

फेरि सर्‍यो दशौँ राष्ट्रिय खेलकुद

काठमाडौं – कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति

काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला

काठमाडौं – काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा एक व्यक्तिको शव