अर्थसंक्षेप : २६ अंकले बढ्यो नेप्से, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा नयाँ कीर्तिमान र जापानले बेहोर्‍यो ३६ अर्ब ६० करोड डलर व्यापार घाटा | Khabarhub Khabarhub

अर्थसंक्षेप : २६ अंकले बढ्यो नेप्से, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा नयाँ कीर्तिमान र जापानले बेहोर्‍यो ३६ अर्ब ६० करोड डलर व्यापार घाटा


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक २६ अंकले बढ्यो, कारोबार कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अंकले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ ।

एक वर्षपछि जलविद्युतको पहिलो आईपीओ शुक्रबारबाट आउने

एक वर्षपछि जलविद्युत कम्पनीको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ । २०८१ सालमा कुनै पनि जलविद्युत कम्पनीको आईपीओ निष्कासन नभएकोमा २०८१ को वैशाखमा सान्भि इनर्जी लिमिटेडले शुक्रबारबाट आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको छ ।

विकासले गति लिन सकेको छैन : महासचिव पोखरेल

पोखरा विमानस्थलमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले राख्यो नयाँ कीर्तिमान, कति पुग्यो ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३ सय ५७ डलर ४० सेन्ट पुगेको हो ।

वर्ष सन् २०२५ शुरु भएयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक तिहाइले बढेको बीबीसीले जनाएको छ । अमेरिकी केन्द्रीय बैंकका प्रमुखको सम्बोधनपछि सुनको भाउ बढेको हो ।

गार्डियन माइक्रोकाे विषेश साधारणसभा बीमा प्राधिकरणले रोक्यो

कोरलामा व्यापारिक चहलपहल बढ्यो

चितवन मिल्क : एक करोड १५ लाख लिटर दूध प्रशोधन

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्यांकले बिहीबार देखाएको छ ।

मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो वर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत वर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ७ : ११ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना