साप्ताहिक ब्रिफिङ : भिजिट भिसामा सेटिङले संकटमा गृहमन्त्री, ‘कुलिङ पिरियड’ले सचिवहरूलाई तनाव र युरोपेली संघमाथि ट्रम्पको आक्रमण | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : भिजिट भिसामा सेटिङले संकटमा गृहमन्त्री, ‘कुलिङ पिरियड’ले सचिवहरूलाई तनाव र युरोपेली संघमाथि ट्रम्पको आक्रमण


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।

प्रधानमन्त्री भन्छन्- जनताको कुण्डलीमा राजतन्त्र छैन, प्रतिगमनको सपना नदेखे हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्किने कुनै भविष्यवाणी नभएको दाबी गरेका छन् ।

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले राजतन्त्र फर्किने गलत सपना नदेख्न राजावादी समूहलाई आग्रह गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कनेजस्ता हल्ला फिँजाएको ‌ओलीले बताए ।

‘पूर्वराजाको कुण्डलीमात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ । प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु’, उनले भने ।

प्रधानमन्त्रीले भने- ८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउँछ 

एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो : महासचिव पोखरेल

ऊर्जामन्त्री भन्छन्- महालेखासँग नाफा घाटाको तालमेल नमिलेपछि अडिट गर्न कुलमान मानेनन्

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत

कांग्रेसमा क्रियाशील सदस्यता झमेला, अब असार मसान्तसम्म नवीकरण सक्नुपर्ने

गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट निवेदन

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा जानेहरूबाट करोडौं रकम उठाएको प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्च अदातलमा रिट परेको छ ।

अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट लगेकी हुन् । उनले लगेको रिट सर्वोच्चले दर्ता गरिसकेको छैन ।

यसबारेमा आइतबार सर्वोच्च प्रशासनले निर्णय लिने भएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार शुक्रबार चौलागाईंको निवेदन आए पनि दर्ता गर्ने निर्णय भइसकेको छैन ।

दैनिक ५ लाखदेखि १ करोडसम्म उठाइएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयकै सदस्य जोडिएका छन् । गृहमन्त्री लेखकले गत असोज ३० गते विमानस्थल अध्यागमन कार्यालय पठाइएका सहसचिव तीर्थ भट्टराई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिइसकेका छन् ।

त्रिभुवन विमानस्थलमा भिजिट भिसा सेटिङ : गृहमन्त्री र सचिवसहितलाई कारबाही गर्न उजुरी

गृहमन्त्री लेखककै नाम जोडिन थालेपछि अध्यागमनबाट नौ नायब सुब्बासहित १४ कर्मचारीको सरूवा

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै डा. विश्वनाथ पौडेल, दिनेश भट्टराई र कायममुकायम गभर्नर नीलम ढुंगानको नाम सिफारिस गरेको थियो ।

जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमति अनुसार राष्ट्रिय योजना आयोका पूर्वउपाध्यक्ष पौडेललाई गभर्नर नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले बताए ।

गत चैत २२ गतेदेखि रिक्त गभर्नर चयनमा नेपाली कांग्रेस र नेकपा एमालेले जारी राखेको उल्टो अभ्यास बल्ल टुंगोमा पुर्‍याएका छन् ।

कांग्रेसलाई नफापेको गृह मन्त्रालय

दलको कार्यकर्ता भन्दै गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट

गभर्नर पौडेलको पहिलो निर्णय- पाँच सय र एक हजार दरका नयाँ नोट छाप्ने

प्रचण्डको चेतावनी- सरकार उल्टो बाटोमा हिँड्यो, अब ठूलो जनविद्रोह गर्छौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताएका छन् ।

माओवादी केन्द्रको ‘मध्यपहाडी लोकमार्ग जागर कार्यक्रम’ अन्तर्गत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जाँदा पनि सरकार उल्टो बाटोमा हिँडिरहेको बताए ।

उनले सरकारप्रतिको आक्रोशलाई समयमै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताए ।

दाहालले प्रतिपक्षी दलको हैसियतले सरकारलाई खबरदारीमात्रै गरेको बताए । उनले जनतामा आन्दोलनको अपिल गरिनसकेको भन्दै सरकार यही रूपमा अघि बढे बर्खापछि ठूलो जनविद्रोह गर्ने चेतावनी दिए ।

एमालेका गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादीमा प्रवेश

सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ : अध्यक्ष दाहाल

प्रचण्डलाई ‘गाउँले एमफएम दाइ’को काँक्रो उपहार !

सशस्त्र द्वन्द्वमा थोरै मान्छे मारिएको भनेपछि घेरिए बाबुराम, कार्यक्रमकै बीचमा मञ्च छाडेर हिँड्नुपर्‍यो

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन : कुशवाहा र यादवले लिए शपथ

प्रचण्डले पार्टीभित्र उत्तराधिकारीको शृङ्खला तयार पार्नुभएको छः वर्षमान

विद्यालय शिक्षा विधेयकबारे यस्तो छ उपसमितिको प्रतिवेदन, के के दियो सुझाव ? (पूर्णपाठ)

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न बनाइएको उपसमितिले प्रतिवेदन बुझाएको छ ।

गत चैत ८ गते नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमिति करिब २ महिना लामो छलफलपछि विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाएको हो ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न उपसमिति बनाएको थियो ।

उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिइए पनि करिब दुई महिनामा काम सकिएको हो ।

उपसमितिले प्रतिवेदनमा दिएको सुझावअनुसार विद्यालय शिक्षा विधेययकमा कक्षा ४ देखि विषयगत शिक्षक राख्नुपर्ने उल्लेख गरेको छ ।

यसअघि कक्षा ६ देखि मात्रै विषयत शिक्षकको व्यवस्था भएकोमा अब ४ देखि नै राख्नुपर्ने सुझाव आएको हो । सरकारले पनि ४ कक्षादेखि नै विषयगत शिक्षकको प्रस्ताव गरेको छ ।

बालेनले तोकेको नयाँ जिम्मेवारी अस्वीकार गरे वडाध्यक्षले, पहिले कार्यपालिका बैठक बोलाउन माग

नाउपामा निरीह बन्दै रञ्जिता, रेशमको बलमा रामेश्वर बने प्रदेशका वनमन्त्री

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालको हितेन्द्रलाई सुझाव- बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्छन्, ध्यान दिएर काम गर्नुस्

रविको रिटमा आदेशको प्रतीक्षा, सर्वोच्च परिसरमा समर्थकको भिड

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएपछि आदेशको प्रतिक्षा भइरहेको छ ।

आदेश आउन लामो समय लागेपछि अहिले सर्वोच्च अदालत परिसरमा बाक्लो भिड लागेको छ । भिडलाई व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मे परेको छ।

रिपोर्टिङका लागि पुगेका पत्रकारलाई पनि प्रहरीले सर्वोच्चको गेटबाट बाहिर निकालेको छ । पत्रकारहरूलाई सडकभन्दा पारी जान भनिएको छ।

सर्वोच्च परिसर र सडकमा अहिले रास्वपाका सयौँ कार्यकर्ता र समर्थकको भिड लागेको छ। तर अझैसम्म आदेश आइसकेको छैन ।

शुक्रबार सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।

बहसपछि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए ।

तीनकुने प्रकरण : दुर्गा प्रसाईंसहित १०८ जनालाई मुद्दा चलाउने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

जेठ १५ देखिको आन्दोलन अनुगमनका लागि तीन राजावादी दलले बोलाए मानवअधिकार आयोगलाई

भिजिट भिसा प्रकरणमा श्रम मन्त्रालयले भन्यो- त्यो हामीसँग सरोकारको विषय होइन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले भिजिट भिसामा जानेहरू श्रम मन्त्रालय तथा मातहतको विभागहरूको सरोकारको विषय नरहेको बताएका छन् ।

शुक्रवार विभाग पुगेका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भिजिट भिसा लिएर विदेश जानेसँग श्रम मन्त्रालय तथा मातहतका कुनै पनि निकायसँग कुनै पनि सरोकार नरहेको बताएका हुन् ।

उनले भने, ‘भिजिट भिसा लिएर जानेहरूसँग हाम्रो मन्त्रालय र विभागहरूको कुनै पनि सरोकार छैन । त्यो विषय विशुद्ध अध्यागमनको क्षेत्राधिकारभित्र पर्दछ । हामीले केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरूको हकमा मात्रै हाम्रो सरोकार रहन्छ ।’

महानिर्देशक भट्टराईले श्रम स्वीकृति लिएर जाने कामदारहरूले विभागबाट श्रम स्वीकृति लिन निकै सास्ती भोग्नु परेको अवस्थामा हाल आएर त्यसलाई छिटोछरितो र समस्या रहित श्रम स्वीकृति प्रदान गर्न विभागले तदारुकताका साथ काम अगाडि बढाएको बताए ।

फेसबुकबाट चिनजान बढाएर होटलमा लगेपछि ‘हनी ट्रयाप’, एक जनासँग मागेका थिए काठमाडौंमा चारआना घडेरी

सहकारी ठगी अभियोगमा एमाले नेता अर्याल पक्राउ, अदातलको आदेशअनुसार जेल पठाइँदै

विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ

विमानस्थलबाट फिर्ता गरिएलगत्तै गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा

गभर्नरपछि निर्वाचन आयोगमा भागबण्डाको तयारी, बाहिरबाटै प्रमुख आयुक्त ल्याइने
सत्तारुढ दलबीच डेढ महिनाको गलफत्ती साम्य भएलगत्तै नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नर पाएको छ । अब गभर्नरपछि कांग्रेस–एमाले नेतृत्वको ध्यान निर्वाचन आयोगको प्रमुख आयुक्त कसको भागमा पार्ने भन्नेतर्फ केन्द्रित भएको छ । कांग्रेसले गभर्नर लिएरपछि प्रमुख आयुक्त आफ्नो दलले पाउनुपर्ने एमाले नेताहरुको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गत बैशाख २३ मा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसलाई गभर्नर दिन प्रधानमन्त्री ओली तयार रहेको बताएका थिए । त्यही सहमतिअनुसार कांग्रेसको कोटाबाट डा. विश्वनाथ पौडेल मंगलबार गभर्नर बनेका हुन् ।

उता निर्वाचन आयोग डेढ महिनादेखि कार्यवाहकका भरमा चलिरहेको छ । आफ्नै नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका रामप्रसाद भण्डारीले कार्यवाहक निर्वाचन आयुक्त चलाइरहेका छन् ।

एक प्रमुख निर्वाचन आयुक्त र चार जना आयुक्तहरु रहने निर्वाचन आयोगमा हाल तीनजना मात्रै पदाधिकारी कार्यरत छन् । एक प्रमुख आयुक्त र एकजना आयुक्तको पद रिक्त छ ।

‘कुलिङ पिरियड’ले सचिव-मुख्यसचिवलाई तनाव, ओली-देउवापछि सभामुखलाई भेटेर दिए दबाब

प्रस्तावित संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्न लागिएपछि निजामती क्षेत्रमा उच्च पदस्थहरू तरंगित भएका छन् ।

खासगरी सरकार मुख्यसचिव र सचिवहरू अवकाश पाउनेबित्तिकै मिल्ने राजनीतिक र अन्य नियुक्ति रोकिने चिन्ताले तरंगित भएका हुन् ।

उनीहरूले बिहीबार सभामुख देवराज घिमिरेलाई भेटेर विधेयकमा ‘कुलिङ पिरियड’ नराख्न दबाब दिएका हुन् ।

‘उहाँहरू ‘कुलिङ पिरियड’कै विषयमा सभामुखलाई ध्यानकर्षण गराउन आउनु भएको हो’, प्रेस सल्लाहकार शेखर अधिकारीले खबरहबलाई भने, ‘मुख्यसचि एकनारायण अर्यालसहितले सभामुखलाई मौखिक रुपमा ध्यानाकर्षण गराएर जानु भएको छ ।’

स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाउन आह्वान

‘कुलिङ पिरियड’को प्रावधानबाट समिति पछि हट्दैन : रामहरि खतिवडा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

बागलुङ पुगेर प्रचण्डले भने- माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ

सशस्त्र द्वन्द्वमा थोरै मान्छे मारिएको भनेपछि घेरिए बाबुराम, कार्यक्रमकै बीचमा मञ्च छाडेर हिँड्नुपर्‍यो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यपक्ष र तत्कालीन अवस्थाको सशस्त्र विद्रोहमा होमिएको पक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रिया टुङ्गोमा पुराउनुपर्ने बताएका छन् ।

नेपाल मानवअधिकार संगठनले बिहीबार काठमाडौंमा गरेको ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल’ कार्यक्रममा भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र विद्रोही सेना दुई थरी रहेको बताए ।

उनीहरू दुवै पक्षको द्वन्द्वका क्रममा १७ हजार मानिसको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले बताएका हुन् ।

उनले विश्वमा भएका द्वन्द्वमा हजारौँ लाखौँ मारिए पनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको जिकिर गरे।

मानव अधिकार आयोगको आग्रह– द्वन्द्वपीडितलाई केन्द्रमा राखेर काम गर्नू 

जोखिममा रहेको वराहक्षेत्र मन्दिर परिसरमा तटबन्ध सुरु, प्रदेश सरकारको ३० लाख विनियोजन

गहुँ भित्र्याउन व्यस्त भक्तपुरका किसान (तस्बिरहरू)

नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो गहुँ । भक्तपुरका किसान यतिखेर गहुँ भित्र्याउन व्यस्त छन् । उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन हराए पनि किसानहरू केही स्थानमा लगाएका गहुँ बाली यति बेला भित्राउँदै छन् ।

कार्तिक मंसिरमा धान भित्रिए पछि लगाएको गहुँ जेठ महिना तिर भित्राउने गरिन्छ । गहुँ क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो । यसको खेती नेपालको तराई देखि पहाडसम्म खेती गरिँदै आएको छ ।

नेपालमा आ.ब २०७९।८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेत्रफलमा गहुँ खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मे.ट. उत्पादन गरिएको छ। हाल नेपालमा गहुँको औषध उत्पादकत्व २.९९ मे.ट./हे. रहेको छ।

गाजामा नरसंहारविरुद्ध बोलेपछि बेलायत, फ्रान्स र क्यानडामाथि खनियो इजरायल

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजा युद्धसम्बन्धी टिप्पणीलाई लिएर बेलायत, फ्रान्स र क्यानडाका नेताहरूमाथि आक्रोश पोखेका छन् ।

नेतन्याहुले यी तीन देशका नेताहरूका अभिव्यक्तिबाट उनीहरू हमासलाई सत्तामा राख्न चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘उनीहरू (बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन् र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी) हत्यारा, बलात्कारी, बालहत्यारा र अपहरणकारीहरूको साथ दिइरहेका छन्’, उनले भनेका छन् ।

केही दिनअघि बेलायत, फ्रान्स र क्यानडाले गाजामा इजरायलद्वारा भइरहेको आक्रमणलाई ‘अत्यधिक’ निन्दा गरेका थिए। ती देशहरूले गाजाको मानवीय स्थितिलाई ‘असहनीय’ भनेर इजरायलको चर्को आलोचना गरेका थिए ।

फक्सकनले भारतमा १ अर्ब ५० करोड डलर लगानी गर्ने

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

रूसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

भारतले ग्वाटेमालालाई ६ सय कृत्रिम हातखुट्टा प्रदान गर्ने

चीनको सिन्जियाङबाट भागेका युवालाई देश निकाला नगर्न कजाख सरकारलाई मानव अधिकारवादी संस्थाको आग्रह

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

आइफोन र युरोपेली संघमाथि एकसाथ ट्रम्पको आक्रमण, भनेको नटेरे कर थोपरिदिने चेतावनी

थाइल्याण्डको जेलमा रहेका वकिल अन्तर्राष्ट्रिय अधिकार पुरस्कारबाट सम्मानित

नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले हान्यो क्रुज क्षेप्यास्त्र

नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले बिहीबार पूर्वी सागरमा ‘धेरै वटा’ क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो ।

यसअघि बुधबार उत्तर कोरियाले सञ्चालनमा ल्याउन लागेको युद्धपोत ‘गम्भीर’ दुर्घटनामा परेको थियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले यस दुर्घटनालाई ‘आपराधिक कार्य’ को संज्ञा दिँदै यो असह्य भएको टिप्पणी गरेका छन् ।

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार उत्तरले बिहीबार बिहान ९ बजे दक्षिणी हाम्ग्योङ प्रान्तको सिन्डोक क्षेत्रबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाली गतिविधिको नजिकैबाट निगरानी भइरहेको दक्षिण कोरियाली सेनाले उल्लेख गरेको छ ।

फिलिपिन्समा शक्ति संघर्ष उत्कर्षमा, सबै मन्त्रीलाई राजीनामा दिन राष्ट्रपतिको उर्दी

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पले लगाए ‘नरसंहार’ को आरोप

राजस्थान पुगेर मोदीले भने- भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

भारतीय दूतावासका एक कर्मचारीलाई देश छाड्न पाकिस्तानको आदेश

पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआईमा त्रिपक्षीय सहमति, आर्थिक करिडोरलाई काबुलसम्म लगिने

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ८ : ०७ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ १० गते शनिबार। जेठ

आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १० गते शनिबार। जेठ

हैदराबादले आरसीबीलाई ४२ रनले हरायो, ईशान किशनले ४८ बलमा बनाए ९४ रन

नयाँदिल्ली– प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको

सहकारी ठगीका ‘मुख्य योजनाकार’ नै रवि, यसकारण छाड्न अस्वीकार गर्‍यो सर्वोच्चले

काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा

किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरी नियन्त्रणमा

दार्चुला – महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल