आजका समाचार : सतारूढ नै गर्दैछन् बजेटको आलोचना, जेलबाटै समर्थन बटुल्दै रवि र इजरायलको पछि लागेर इरानमा अमेरिकी आक्रमण | Khabarhub Khabarhub

आजका समाचार : सतारूढ नै गर्दैछन् बजेटको आलोचना, जेलबाटै समर्थन बटुल्दै रवि र इजरायलको पछि लागेर इरानमा अमेरिकी आक्रमण


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चार सय बेडको बनाइँदै, दुई अर्ब ७४ करोडको बजेट पारित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख रुपैयाँ बजेट पारित गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४०० शय्याको (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो ।

बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानहरूमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायतका निर्णय गरेको छ ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गरे ।

उनले नेपाल सरकारको निरोगी नेपालको सोचलाई आत्मसात् गर्दै आरोग्यताका लागि आमसञ्चार र सामाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालिन हुनुपर्नेमा जोड दिए ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

प्रधानमन्त्रीले भेटे सुर्खेतबाट खाली खुट्टै आएका नवराजलाई

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौं आइपुगेका थिए ।

सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आज भेट पाएका हुन् । बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे ।

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत थुनामै राख्न आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यतिबेला ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्ने ध्याउन्नमा छन्।

रास्वपा स्थापना दिवसका अवसरमा लामो लिखित सम्बोधन सार्वजनिक गरेका उनले आफूलाई अदालतले पनि अन्याय गरेको जिकिर गरेका थिए । त्यसयता लगातार जनमानसको संवेदना खिच्न लागेका उनले सेलिब्रिटीलाई पनि आफूतिर तान्न सफल भएका छन् ।

उनको यो योजना केही हदसम्म सफल भएको उदाहरण बन्न पुगेका छन् नायक विपिन कार्की । उनै विपिन सर्वोच्चलेसमेत गम्भीर आरोपी ठहर गरेर छाड्न नमानेका लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका हुन् ।

कार्की आइतबार रविको पक्षमा हस्ताक्षर गर्न पार्टी मुख्यालय वनस्थली च:मति पुगेको पार्टीका कोषाध्यक्ष दीपक बोहराले बताएका छन् ।

पार्टीको तेस्रो स्थापना दिवसमा रास्वपाले असार ७ गतेदेखि पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन थालेको छ।

प्रकाशमानलाई प्रभु साहको व्यंग्य- गणेशमानको बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ

आमजनता पार्टीका अध्यक्ष प्रमु साहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बजेट कनिकासरी छरेको भन्दै व्यंग्य गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा उनले सिंहमाथि कटाक्ष गरेका हुन् ।

‘हामीले कसरी जनतालाई आश्ववस्त गर्ने यो सरकारले समृद्धि ल्याउँछ भनेर ? यो सरकारले अहिले स्वीकार्नुपर्छ, उहाँहरूले गरेको प्रतिबद्धता पूरा हुँदैन’, उनले भने, ‘सहरी विकास मन्त्रालयको बारे त बोलिसक्नु छैन । भोजपुरीमा एउटा उखान छ नि, ‘ना मुछ कान बुच’, अहिले त्यस्तै भएको छ यो मन्त्रालयमा ।’

उनले प्रकाशनमानलाई गठबन्धन सरकारको प्रमुख व्यक्तित्व भन्दै कटाक्ष गरेका छन् । ‘उहाँ गठबन्धन सरकारको प्रमुख व्यक्ति हुनुहुन्छ । तर उहाँको बजेट हेर्दा हात्ती आयो, हात्ती आयो फुस्स ! जस्तो भएको छ’, उनले भने, ‘उहाँले आफ्नै स्वर्गीय पिता (गणेशमान सिंह)को अपमान गरिरहनु भएको छ । उहाँले गणेशमानलाई बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ ।’

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

वृद्धभत्ता पाउने उमेर ६८ वर्ष नै बनाउनुपर्छ : सांसद खतिवडा 

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही

भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्नुपर्छ : हितराज पाण्डे

रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दा कहाँ हराए सत्तापक्षका सांसद ? (तस्बिरहरू)

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजी राप्रपाको बहिष्कारकाबीच चलेको बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन् । तर, सांसदहरूका अधिकांश कुर्सी खाली छन् ।

छलफलमा रास्वपा र राप्रपाले संसद् बहिस्कार गर्दा सत्तापक्ष सांसदहरू पनि नदेखिँदा सदनमा कुर्सीहरू खाली देखिएका हुन् ।

जब सभामुखले बोलिरहेका अमरेशलाई रोष्ट्रम छाडेर जान भने…

‘पाँच जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अमरेशको अभिव्यक्ति हटाउन सभामुखको निर्देशन

प्रतिनिधिसभाको विषयगत समितिमा सांसद हेरफेर

राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

सदन बहिष्कारबारे रास्वपाले भन्यो- हाम्रा कुरा सुनेनन्, हामीले पनि सुनेनौँ

कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिएका छन्  । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताए । 

उनले भने, ‘म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन ।’ नेता कोइरालाले २०८४ को आमनिर्वाचन अगाडि महाधिवेशन हुनुपर्नेमा जोड दिए । 

स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न नेता कोइरालाले आग्रह गरे । विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ रहे पनि अहिले त्यस्तो अवस्था नरहेकाले त्यसतर्फ सोच्न उनले सबै नेता कार्यकर्तालाई आग्रह गरे । 

गगन थापाले भने- शक्तिशाली छानबिन आयोग बनाएर सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गरौँ

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेकाे छ : उड्डयनमन्त्री पाण्डेले

बन्दाबन्दै भाँचियो तामाकोशीको मोटरेबल पुल

जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोशी नदीमा निर्माणाधीन पुल आज दिउँसो भाँचिएको हो । 

यसअघि निर्माणाधीन अवस्थामा पुल सम्पन्न गर्ने उद्देश्यले तीव्रता पाइरहेको अवस्थामा बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो ।

उक्त स्पानलाई प्राविधिकले मर्मत गरेर प्रयोगमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएपछि निर्माण कम्पनीले स्पानको मर्मत गरिरहेको थियो । 

मर्मत भइरहेको अवस्थामा आज दिउँसो पुलको स्पान एक्कासी पूरै भाँचिएको स्थानीय लेखनाथ ढुङ्गेलले बताए। गुणस्तरहीन सामग्री प्रयोग गरेर वा अन्य कारणले यसरी पटकपटक स्पान भाँचिएकाबारे खोजी हुनेपर्नेमा उनले जोड दिए  ।

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

ट्रम्पबारे रसियाको कटाक्ष- नोबेल पुरस्कार जित्न सत्ता सम्हालेका शान्तिदूतले अर्को युद्ध थाले

रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले इरननमाथि अमेरिकाले आइतबार बिहान गरेको आक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गरेका छन् ।

आइतबार एक प्रतिक्रिया दिँदै उनले अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमण गरेर अमेरिका लागि नयाँ युद्ध सुरु गरेका बताएका छन् ।

शनिबार राति राष्ट्रपति ट्रम्पले इरानका तीन वटा प्रमुख परमाणु केन्द्रहरूमा आक्रमण गरेको जानकारी दिएका थिए । उनले त्यस क्रममा चेतावनी दिँदै यदि तेहरानले शान्तिका लागि सहमति नगरे अझै विनाशकारी हमला गर्ने बताएका थिए।

उता मेदभेदेभले टेलिग्राममार्फत् व्यङ्ग्य गर्दै लेखेका छन्, ‘शान्तिदूतका रूपमा सत्ता सम्हालेका ट्रम्पले अब अमेरिकाको लागि नयाँ युद्ध सुरु गरेका छन् । यस्तो सफलताबाट त ट्रम्पले नोबेल शान्ति पुरस्कार जित्ने छैनन्।’

इरानमा अमेरिकी आक्रमणप्रति गुटेरसको चासो : संसारकै लागि खतरा रहेको संकेत

आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी

हमासको अपहरणमा परेका तीन इजरायली बन्धकको शव भेटियो

इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ

मौनता तोड्दै मोदीले गरे इरानी राष्ट्रपतिसँग फोन वार्ता

इरानी प्रत्याक्रमणबाट इजरायलको तेल अभिभमा ठूलो क्षति, अपार्टमेन्ट ढल्दा २७ जना घाइते 

इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ? 

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

अमेरिकी आक्रमणले इरानका आणविक स्थल ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

अमेरिकी हमलापछि इरानले हान्यो इजरायलका १४ सहरमा मिसाइल

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ५६ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र