साप्ताहिक अर्थसंक्षेप : साताभर नै नेप्सेमा हरियाली, चुनावले चलायमान होला अर्थतन्त्र ? र एक सय दरको नयाँ नोट बजारमा « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : साताभर नै नेप्सेमा हरियाली, चुनावले चलायमान होला अर्थतन्त्र ? र एक सय दरको नयाँ नोट बजारमा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

साताको शेयर : पाँचै दिन बढ्यो नेप्से, सबैभन्दा कम कारोबार मंगलबार

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता शेयर रु ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबरमा कारोबार भएको छ ।

मंगलबारबाहेक सबै दिन कारोबार रकम रु छ अर्बभन्दा बढी रह्यो भने मंगलबारको कारोबार रु पाँच अर्बमा सीमित रह्यो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ विन्दुमा पुगेको थियो ।

टीसीएलले सार्वजनिक गर्‍यो क्रिकेट प्रेमीका लागि साउन्डबार

नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच सम्झौता

‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण’

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ढकालले औपचारिक रुपमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेकाले सरकार लगायत सरोकारवाला सबै गम्भीर भएर लाग्नुपर्ने बताए ।

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स ईन कमर्सियल कार्डस् बिजनेस’ अवार्ड

भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’

सडक बनाउन स्थानीयको दश लाख सहयोग

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले आज एक सूचना जारी गर्दै नयाँ विशेषतासहितको नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।

नयाँ नोटमा यसअघिकै जस्तो ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ ।

नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यस्तै, नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ । साथै, दृष्टिविहीनलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र ‘सिल्भर मेटालिक’ मा मायादेवीको चित्र रहेको छ ।

सप्तकोसी सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

नबिल बैंक र नेपाल इन बिजनेश-ग्रोथ अड्भाइजर्सबीच साझेदारी

निर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल

तरकारी खेतीबाट वार्षिक १० लाख बचत

नेपाल बैंकर्स संघको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट को–अपरेसनसँगको सहकार्यमा आरईईएफपी–ग्रिन परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको बारे छलफल भयो । बैंकहरुको ऊर्जा दक्षतामा भएको लगानी मार्फत उद्योगहरूलाई ऊर्जा खपत तथा सञ्चालन लागतमा कमी गर्न सहयोग पुग्ने र यसले नेपालको दिगो आर्थिक विकासलाई सहयोग पुग्नुका साथै यसबाट नेपाललाई प्रतिस्पर्धी औद्योगिक अर्थतन्त्र तर्फ उन्मुख गराउन सकिने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेतालाई पुरस्कार हस्तान्तरण गर्‍यो

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक

पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा

म्याग्दी नदीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण सुरु

सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनहरूको खरिद अनुमति प्राप्त भई प्रक्रियासमेत अघि बढेको छ।

गृह मन्त्रालयको सक्रियता पछि अर्थ मन्त्रालयले पनि हालैको जेन-जी प्रदर्शनपछि पूर्णरुपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारी साधनहरूको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

चुनावको वातावरण निर्माण गर्नका लागि पनि तीनै सुरक्षा निकायका लागि अत्यावश्यक सवारी साधन खरिद हुन जरुरी भएकाले चुनाव अगाडी नै सवारी साधनहरूको खरिद भइसक्ने विश्वास गृह मन्त्रालयले लिएको छ।

जंगल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

भोजपुरको सुक्खा क्षेत्रमा तीनवटा पोखरी निर्माण

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग

चुनाव भए अर्थतन्त्र कति चलायमान होला ?

जेनजी ‘विद्रोह’ पश्चात सुशीला कार्की नेतृत्वमा बनेको वर्तमान सरकारले प्राप्त गरेको मुख्य म्यान्डेट नै आगामी फागुन २१ गते निर्वाचन गर्ने हो । अहिलेसम्म तोकिएको मितिमा हुने निर्वाचनमा सहभागी हुने विषयमा अधिकांश दलले सहमति जनाएका छन् ।

जेनजी ‘विद्रोह’को क्रममा मुलुकमा ठूलो क्षति भए पनि अर्थतन्त्रको बाह्य सूचक भने राम्रो देखिएको अवस्था छ । फागुनमा चुनाव हुँदा आन्तरिक अर्थतन्त्र थप चलायमान हुने देखिएको छ ।

वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड तीन लाख राजस्व संकलन

पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 

घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ०७ बजे

एनपीएल : बसिर अहमद बने अर्धशतक बनाउने १३औँ खेलाडी

काठमाडौं – विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर

प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज जेन-जी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल

बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका