Khabarhub

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ती सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । बैठकमा सभामुखले पूर्वसांसद विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव प्रस्तुत…