Khabarhub

माओवादी नेता पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार भएको छ। तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा जिल्ला नेता पाण्डेमाथि राति ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको एसपी नवराज अधिकारीले जानकारी दिए । पाण्डेको पेट र कम्मरमा गोली लागेको छ । पाण्डेसँगै मोटरसाईकलमा सवार भारतीय नागरिक ईराज अख्तर मुलसमानको पनि पाखुरामा गोली लागेको छ…