Khabarhub

पार्टीभित्र एकअर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातीः प्रवक्ता महत

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एकअर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाती भएको टिप्पणी गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने कुरामा नेताहरूबीच एकमत रहे पनि सहमति जुट्न नसकेको उल्लेख…