Khabarhub

‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूका विरोधीहरूबारे तिखो टिप्पणी गरेका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा बोल्दै उनले एमालेविरोधीहरूले मनपरी गरे पनि आफूहरू सम्यमसहित अघि बढेको बताए । ‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’, उनले भने, ‘हामी हाम्रो सुरक्षा आफैं गरेर हिँडिरहेका छौँ । हामी जनताको घरको सुरक्षा पनि गर्न तयार…