Khabarhub

४४ जिल्लामा बाढी पहिरोको खतरा, सतर्क रहन आह्वान

काठमाडौं -  मुलुकका विभिन्न भू-भागमा भइरहेको भारी वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । मनसुन सक्रिय भएसँगै भइरहेको भीषण वर्षाले तराईका कतिपय भू-भागमा डुबान सुरू भएको छ । सडकबाटै पानी बग्न थालेपछि यातायात प्रभावित भएका छन् । स-सना खोलाखोल्सीमा पनि बाढी आएपछि तटीय क्षेत्रका बस्ती डुबानको खतरामा परेका छन्…