Khabarhub

युरोपा लिग फुटबल– युनाइटेडद्वारा सर्बियन क्लब पराजित

एजेन्सी– युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जीत निकालेको छ । विहीवार राति भएको समूह चरणको खेलमा युनाइटेडले सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । बेलग्रेडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका मार्सियलको पेनाल्टि गोल नै निर्णायक बनेको थियो । खेलको ४३ औं मिनेटमा पाएको पेनाल्टीमा मार्सियलले गोल गरेका थिए…