Khabarhub

माओवादी पदाधिकारी बैठक बालुवाटार जारी

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।  केन्द्रीय समिति बैठक समापन गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका हुन् ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ । केन्द्रीय समिति बैठकमा उठेका विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन् ।  १७ साउनदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ ।