Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । काठमाडौँ उपत्यकामा हाल उपचारारत अवस्थाका अर्थात सक्रिय संक्रमितको संख्या ६ सय ४६ छ ।…