Live on
Your Voice, Your Power
काबुल– अफगानिस्तानको तखार प्रान्तमा विशेष सुरक्षा फौजले गरेको कारबाहीका क्रममा तालिबान लडाकूका विशेष सहयोगी सलाहुद्दीन उर्फ इब्राहिमी मारिएका स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएको छ । सलाहुद्दीन खासगरी आदिवासी नेताहरू लक्षित हमलामा संलग्न रहँदै आएको बताइएको छ । विशेष फौजले तखार प्रान्तमा गरेको एक अर्को छुट्टै कारबाहीका क्रममा नौ जना तालिबानी लडाकूलाई गिरफ्तार गरेको छ…